×

NMB BANK
NIC ASIA

समन्वय, सहकार्यबाटै सङ्घीयता मजबुत : मुख्यमन्त्री पोखरेल

मंसिर २७, २०७९

NTC
Premier Steels

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समन्वय, सहकार्यबाट नै सङ्घीयता मजबुद हुने विश्वास व्यक्त गरेका छन् । आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशद्वारा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, स्थानीय तथा आमनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेवापत प्रदेश र जिल्लास्तरीय सुरक्षा प्रमुखहरूको सम्मानमा आयोजित कार्यक्रममा उनले स्थानीय र सङ्घीय र प्रदेशस्तरका चुनाव एकै चरणमा सम्पन्न गरेर नेपालले उदाहरण पेस गरेको बताए । 

Muktinath Bank

सुरक्षा निकायको प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले नवौँ राष्ट्रिय खेलकुद गराउने जिम्मा पोखराले पाएको र त्यसलाई पनि सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकार र जिल्लाले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे । नागरिकस्तरबाट भएका आन्दोलनबाट प्राप्त व्यवस्थालाई सुदृढ बनाउने जिम्मा  कर्मचारीतन्त्र र सुरक्षा निकायको रहेको बताउँदै उनले प्राप्त जिम्मेवारी उत्कृष्टरुपमा कार्यसम्पादन गरेको भन्दै प्रशंसा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सङ्घीयता प्राप्तिपछि नागरिकले अभिमतमार्फत सरकार निर्माणका लागि प्रयोग गरेको यो दोस्रो अवसर हो भन्दै उनले लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष नै आवधिक निर्वाचन रहेको उल्लेख गरे । सो अवसरमा मुख्यमन्त्रीले नेपाली सेनाको पश्चिम पृतनापति, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुखलाई सम्मान गरे । त्यस्तै ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखलाई कदरपत्र प्रदान गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

 प्रदेश भित्रका सुरक्षा निकायका अन्य कार्यालयका प्रमुखलाई पनि कदरपत्र प्रदान गरिएको आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले जानकारी दिए । 
    
कार्यक्रममा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले नागरिकको मतदान गर्ने अधिकार प्रयोग गर्न सुरक्षा निकायले सहज वातावरण मिलाएको भन्दै प्रशंसा गरे । आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले सीमित स्रोत साधनका बीच पनि सुरक्षा निकायले प्रभावकारी कार्यसम्पादन गरेको बताए । प्रदेशसँग समन्वय गरी तीन ठूला राष्ट्रिय महाअभियान सम्पन्न गरेकामा प्रदेश सरकारले सम्मानस्वरुप कदरपत्र प्रदान गरेको उनले बताए । 

Vianet communication

प्रदेश प्रमुख सचिव रवीलाल पन्थले चाडबाडमा समेत बिदा नलिइकन निरन्तर सेवामा खटिएर सुरक्षा निकायले जिम्मेवारी निर्वाह गरेको बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले प्रदेश सरकारबाट आवश्यक निर्देशन, सल्लाह, सुझाव प्राप्त भएअनुसार कार्यसम्पादन गर्दै आएको बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x