×

NMB BANK
NIC ASIA

डलर सञ्चिति १५ करोडले बढ्यो, आयात धान्ने क्षमता ८ महिनालाई नाघ्यो

मंसिर २९, २०७९

NTC
Premier Steels

सरकारले आयातमा कडाइ गरेर विदेशी मुद्रा सञ्चिति बढाउन गरेको प्रयास सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैैंकले जारी गरेको गत कात्तिकसम्मको तथ्यांकअनुसार विदेशी मुद्रा सञ्चिति ९ अर्ब ६३ करोड डलर पुगेको छ । यस्तो विदेशी मुद्रा सञ्चिति गत असोज महिनासम्म भने ९ अर्ब ४८ करोड डलर रहेको थियो । अघिल्लो महिनाको तुलनामा १५ करोड डलरले विदेशी मुद्रा सञ्चिति थपिएको छ ।

Muktinath Bank

विदेशी मुद्रा सञ्चिति थपिएसँगै आयात धान्न सक्ने क्षमता पनि बढेको छ । यस्तो डलर सञ्चितिले ८.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न सकिने भएको छ । यस्तो आयात धान्न सक्ने क्षमता अघिल्लो महिना असोजसम्ममा ८.३ महिनाको लागि पुग्ने थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल राष्ट्र बैैंककले बिहीवार जारी गरेको तथ्यांकअनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति अहिलेसम्ममा २.५ प्रतिशतले वृद्धि भएको छ । कात्तिक २०७९ मा आइपुग्दा यस्तो विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।


Advertisment
Nabil box
Kumari

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १ प्रतिशतले वृद्धि भएर ९ अर्ब ६३ करोड कायम भएको तथ्यांकले देखाएको छ । 

Vianet communication

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १० खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ बराबर छ । विभिन्न बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग भने यस्तो डलर सञ्चिति १ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ बराबर मात्रै रहेको छ । केन्द्रीय बैंकसँग रहेको कुल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x