×

NMB BANK
NIC ASIA

किसानलाई जहिल्यै सास्ती : न धान रोप्दा मल पाइन्छ, न बेच्दा मूल्य !

मंसिर २९, २०७९

NTC
Premier Steels

मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ज्ञानबहादुर बस्नेतले ८ बिगाहा जमिनमा रञ्जित जातको धान रोपे । धान फलेपछि उनले पहिलो चरणमा २८ क्वीन्टल धान बेचे । उनले क्वीन्टलको २ हजार ७५० रुपैयाँका दरले मूल्य पाए तर सरकारले तोकेअनुसार मूल्य पाएनन् ।

Muktinath Bank

सरकारले धानको समर्थन मूल्य बढाउँदा उनी खुशी भएका थिए तर समर्थन मूल्यभन्दा कममा उनले धान बेचे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत कात्तिक १६ गते बसेको बैठकले चालू आर्थिक वर्ष २०७९/०८० का लागि मोटो धान प्रतिक्वीन्टल २ हजार ९६७ र मध्यम धान प्रतिक्वीन्टल ३ हजार १२८ रुपैयाँ तोकेको थियो । रञ्जित धानलाई मध्यम धानका रूपमा वर्गीकरण गरिएको छ ।


Advertisment
Nabil box
Kumari

बस्नेतले प्रतिक्वीन्टल २ हजार ७५० रुपैयाँका दरले धान बेचे । सरकारले तोकेको मूल्यभन्दा उनले ३७८ रुपैयाँ कममा धान बेचे । २८ क्वीन्टल धान बेच्दा बस्नेतलाई २६ हजार ४६० रुपैयाँ घाटा लाग्यो । अझै त्योभन्दा बढी धान बेच्न बाँकी रहेको उनले बताए । 

Vianet communication

धान बेच्दा मात्रै होइन, किसानले धान रोप्दा पनि उत्तिकै सास्ती भोग्नुपर्छ । धानखेतमा छर्न समयमा मल नपाएपछि उनले चोरीपैठारी गरेर भारतबाट ल्याएको रासायनिक मल प्रयोग गरेका थिए ।

मोरङको रतुवामाइ–९ मा वैदेशिक रोजगारीबाट फर्केका युवाको समूहले सामूहिक खेती गरिरहेको छ । वैदेशिक रोजगार समन्वय समिति नाम दिएर सामूहिक खेती गरिएको छ । यसपटक उनीहरूले २८ बिगाहा जमिनमा धानखेती गरेका थिए । समूहले २८० क्वीन्टल शर्ण जातको धान बेचिसकेको छ । समूहले २ हजार ५०० रुपैयाँ क्वीन्टलका दरले शर्ण जातको धान बेचेको छ । शर्ना धानलाई मोटो धानका रूपमा चिन्ने गरिन्छ । मोटो धानको मूल्य सरकारले २ हजार ९६७ रुपैयाँ तोकेको छ । धान २ हजार ५०० रुपैयाँ प्रतिक्वीन्टलमा बिक्री गरिएको वैदेशिक रोजगार समन्वय समितिका अध्यक्ष ठगेन्द्र न्यौपानेले बताए । यसरी समूहले ४६७ रुपैयाँ प्रतिक्वीन्टल घाटा व्यहोर्नुपरेको छ । 

सरकारले तोकेको मूल्यमा बिक्री नहुँदा ३ लाख २६ हजार ९०० रुपैयाँ घाटा लागेको उनले बताए । रञ्जित जातको धान मूल्य पनि कम भएको उनले बताए ।

‘सरकारले तोकेको मूल्यमा निजी क्षेत्रले किन्दैन,’ उनले भने, ‘सरकारी संस्थानसँग हाम्रो पहुँच नै पुग्दैन ।’ नेताहरूले मात्रै सरकारले तोकेको मूल्यमा लिनसक्ने उनको आरोप रहेको छ ।

मल बिउ तथा सिँचाइमा समेत राज्यले ध्यान नदिने गरेको कृषकहरू बताउँछन् । ‘महंगोमा मल किन्नुपर्छ । काम गर्ने जनशक्ति पनि अभाव छ । डिजेल पेट्रोलको मूल्य बढेकाले जोत्न प्रयोग गरिने गाडीहरूले पनि गत वर्षभन्दा रेट बढाएका छन् । आफैंले खानका लागि खेती गर्दा पनि यस वर्ष गत वर्षको भन्दा खर्च दोब्बरले बढी आयो,’ बेलबारीका किसान माधव पोख्रेलले भने । 

राज्यले तोकेको मूल्यमा धान किन्ने सरकारी स्वामितोमा रहेको संस्थानले पहुँचवालाको मात्रै धान खरिद गर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले १ नम्बर प्रदेशका २ जिल्लाका केही किसानको मात्रै धान खरिद गर्ने गरेको छ ।

नेताका नजिक भएका तथा किसानका नाममा राजनीति गर्नेहरूको मात्रै कम्पनी लिमिटेडसँग पहुँच पुग्ने किसानहरू बताउँछन् । संस्थानले पनि १० हजार क्वीन्टल मात्रै धान खरिद गर्ने गरेको छ । कम्पनीले सोना मन्सुली जातको धान मात्रै खरिद गर्ने गरेको छ । सोना मन्सुली मध्यम जात मन्त्रालयले वर्गीकरण गरेको छ । 

‘हामीलाई कुन जात र कति खरिद गर्ने भनेर मन्त्रालयले नै तोकेर पठाउँछ,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरका प्रमुख महेन्द्र सिटौलाले भने, ‘सरकारले तोकेको मूल्यमा हामी १० हजार क्वीन्टल सोना मन्सुली जातको धान खरिद गर्छाैं ।’ 

१ नम्बर प्रदेशमा विगतका वर्षको तुलनामा १.२७ प्रतिशतले धान उत्पादन वृद्धि भएको सरकारी तथ्यांक छ । प्रदेशको कृषि मन्त्रालयको तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा यस वर्ष १ दशमलव २७ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ । 

प्रदेशमा ३ लाख ३१ हजार ८८ हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो भने १२ लाख ९८ हजार ८५५ दशमलव १५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा धान उत्पादन १२ लाख ८२ हजार ५७३ मेट्रिक टन भएको थियो । यस वर्ष १६ हजार २८२ मेट्रिक टन धान बढी उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
 
कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको थियो । सरकारले मूल्य तोकेको ४२ दिनपछि किसान संघसंगठनले विरोध जनाएका छन् । नेकपा एमालेको अखिल नेपाल किसान महासंघ र  कांग्रेसको  नेपाल किसान महासंघले संयुक्त पत्रकार सम्मेलन गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २ दिनभित्र देशैभर धान खरिद प्रक्रिया शुरू नगरे आन्दोलन गर्ने जनाएका छन् । २ दिनभित्र प्रक्रिया शुरू नगरे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा कार्यालयमा ताला लगाउने संघसंगठनले जनाएका छन् ।

बुधवार नेकपा एमाले पार्टी कार्यालयमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलन गर्ने जनाएका छन् । कृषकहरूले ८० प्रतिशत धान बिक्री गरेको जनाएका छन् । संघसंगठनले ‘आन्दोलन गर्छाैं’ भनेर यतिबेला घोषणा गर्नु बिचौलिया पोस्ने काम मात्रै भएको किसानको भनाइ छ । 

कम्पनीले धान खरिद प्रक्रिया अगाडि बढाएको जनाएको छ । प्राथमिक खरिद बिक्री समितिको बैठक बसेर प्रक्रिया अगाडि बढाएको जनाइएको छ । समिति प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयोजकत्वमा हुने गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x