कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
जनमत पार्टीको तर्फबाट समानुपातिक सांसदमा निर्वाचित अब्दुल खानले अब गठन हुने संघीय सरकारमा दुईवटा मन्त्रालयमा दाबी पेश गरेका छन् । आइतवार निर्वाचन आयोगले दिएको समानुपातिक सांसदको प्रमाणपत्र बुझ्ने क्रममा लोकान्तरलाई प्रतिक्रिया दिँदै संघीय सरकारमा दुईवटा मन्त्रालयमा आफ्नो पार्टीको दाबी रहेको बताएका हुन् । उनले संघीय सरकारमा आफ्नो पार्टीको कृषि तथा पशुपन्छि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दाबी रहेको बताए ।
सांसद खानले आफ्नो पार्टी सरकारमा जाने प्रबल संभावना रहेको पनि बताए । सरकारमा सहभागी हुने विषयमा वर्तमान प्रधानमन्त्रीसँग कुराकानी भइरहेको जानकारी दिँदै उनले आफ्नो पार्टीले उठाएको एजेण्डा सम्बोधन भएमा सरकारमा सहभागी हुने बताए ।
उनले जनमत पार्टीले प्रदेशको मुख्यमन्त्रीमा पनि दाबी गरेको बताएका छन् । मधेश प्रदेशमा जनमत पार्टीले पाएको मतका आधारमा पनि जनताले जनमत पार्टीको सरकार चाहेको भन्ने देखिने खानको दाबी छ । उनले सात वटा प्रदेशमध्ये कुनै एकमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने कुरामा आफूहरू आशावादी रहेको र त्यसमध्ये मधेश प्रदेशमा बढी संभावना रहेको बताए ।
सांसद खानले जनमत पार्टीले मुख्यतः चारवटा एजेण्डामा काम गर्ने पनि बताएका छन् । विगतदेखि नै आफूहरू रोजगारीको व्यवस्था, कृषि क्षेत्रको समस्या समाधान, नागरिकता समस्याको स्थायी समाधान र भ्रष्टाचार अन्त्यको विषयमा आवाज उठाउँदै आएकाले त्यस विषयलाई निरन्तर उठाउने बताए । सरकारमा सहभागी हुनका लागि आफूहरूको शर्त पनि त्यही हुने उनको भनाइ थियो ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...