कात्तिक १५, २०८०
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
लुम्बिनीका गुम्बामा बस्न आउने बौद्ध भिक्षुहरूले पाउँदै आएको निःशुल्क भिसा सुविधा रोकिएको छ । लुम्बिनी विकास कोषको सिफारिसमा गुम्बाभित्र बस्न आउने भिक्षुले एक वर्षको लागि निःशुल्क भिसा पाउँदै आएका थिए । यस्तो भिसा दुई सातादेखि रोकिएको भन्दै भिक्षुहरूले गुनासो गरेका कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।
शाक्यका अनुसार लुम्बिनीभित्र विभिन्न देशले बनाएका गुम्बामा बस्न आउने भिक्षुहरू १० जनासम्मले निःशुल्क भिसा पाउँदै आएका थिए । ‘यस्तो भिसा पछिल्लो दुई सातादेखि रोकिएको र नयाँ नवीकरणसमेत भएको छैन’, श्रेष्ठले लोकान्तरसँग भने । भिसा रोकिएको विषयमा तालुक निकाय हुँदै परराष्ट्र मन्त्रालयसम्मलाई जानकारी गराएको कोषले जनाएको छ । कोषले तत्काल समस्याको समाधान गर्न पनि माग गरेको छ ।
भिसा रोकिएको विषयमा भिक्षुहरूबाट आएको गुनासोलाई के र कति कारणले हो भन्दै स्पष्ट पारिदिन शाक्यले आइतवार कोषको तालुक निकाय संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गतको संस्कृति महाशाखालाई आग्रह गरेका छन् । कोषका अनुसार नेपाल आउने यस्ता भिक्षुहरू एउटा गुम्बामा १० जनासम्मलाई निःशुल्क भिसा दिने गरिएको भए पनि सबैमा सोही संख्यामा आएका हुँदैनन् ।
‘यहाँ बस्न आउने भिक्षु कामको लागि नआउने र बाहिर निस्किएर काम पनि नगर्ने भएकोले निःशुल्क भिसा दिइँदै आएको छ । यस्तो भिसा कोषको सिफारिसमा पर्यटन मन्त्रालय, गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागको सिफारिसमा परराष्ट्रले जारी गर्दै आएको छ’, शाक्यले भने ।
यस्तो भिसा लिएर आउने भिक्षु करीब १७ वटा गुम्बाको लागि आउने कोषले जानकारी दिएको छ । कोषले यस्तो भिसा ३ दशकदेखि दिँदै आएको उल्लेख गरेको छ ।
नेपालमा बौद्ध धर्मावलम्बी तथा धार्मिक पर्यटक प्रबद्र्धन गर्न भिक्षुहरूको महत्वपूर्ण भूमिका हुने गरेको कोषको भनाइ छ । लुम्बिनी विकास कोषले पर्यटन पबवद्र्धनमा सहयोग पुर्याउने भिक्षुलाई रोक्न नहुने र यसले अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जानसक्ने भन्दै छिटो समस्याका समाधन गर्न माग गरेको छ ।
पर्यटन मन्त्रालयअन्तर्गत संस्कृति महाशाखाका प्रमुख तथा सहसचिव डा. सुरेश सुरस श्रेष्ठले यो विषयमा देखिएको समस्या र समाधानको उपायमा छलफल भइरहेको बताए । उनले दुई÷चार दिनभित्रै समस्या सल्टिने बताए । श्रेष्ठले यो विषयमा थप जानकारी दिन भने चाहेनन् ।
अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले भने भिक्षुहरूले पाउने निःशुल्क भिसा रोकिएको विषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने ‘औपचारिक रूपमा कुनै जानकारी र लुम्बिनी विकास कोषबाट गुनासोसमेत आएको छैन । यदि समस्या भएको, कुनै कारणले रोकिएको हो भने औपचारिक रूपमा लुम्बिनी विकास कोषले सम्बन्धित मन्त्रालयमार्फत जानकारी दिनुपर्छ’, पाण्डेले भने, ‘समस्या भएको हो भने आवश्यक छलफलबाट समाधान गर्न अध्यागमन विभाग तयार छ ।’
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानवसेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घसंस्थाको आयोजनामा कोटीहोम महायज्ञ सञ्चालन हुने भएको हो ।&nb...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...