मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
काठमाडाैं | जेठ ११, २०८१
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने केन्द्रित संसदीय छानबिन समिति गठनको अडानबाट पछाडि हट्ने संकेत गरेको छ । कार्यदलस्तर र शीर्ष तहको छलफलपछि कांग्रेसले लामिछानेकेन्द्रित छानबिन समिति बनाउनैपर्ने अडानबाट केही लचक हुने संकेत देखाएको हो ।
समिति बन्नुअघिदेखि नै कांग्रेसले सहकारीका पैसा गोर्खा मिडियामा ल्याएर अपचलन गर्नेमा गृहमन्त्रीको संलग्नता रहेको दाबी गर्दै आएको थियो । सुप्रिप, सूर्यदर्शन, स्वर्णलक्ष्मीको करोडौं रुपैयाँ गोर्खा मिडियामा ल्याएर अपचालनमा गृहमन्त्री लामिछाने दोषी रहेको दाबी रहँदै आएको छ । यसैले उनको नाम नै उल्लेख गरेर छानबिन गर्नुपर्ने बताउँदै आएको थियो । तर विपक्षीको मत समिति गठनमा लामिछानेको नाम नै उल्लेख गर्न नहुने रहँदै आयो । यी दुई बटमलाइनको बीचबाट दलहरूले स्थिति सकारात्मक बन्दै गएको सन्देश दिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको प्रमुख दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति गठनमा दलहहरू सकारात्मक भएको जानकारी दिए ।
‘व्यक्तिको नाम राख्ने भन्दा पनि मूलभूत कुरा लाखौंको अर्बौ रकम बचत कतिपयबाट दुरुपयोग, अपचलन र ठगी भएको छ । कतिपय सहकारीबाट प्राइभेट कम्पनीमा रकम गएको छ,’ लेखकले भने, ‘सुप्रिम र स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया हाउसमा रकम गएको छ । कुन सहकारीबाट संस्थामा गयो ? व्यक्तिको होइन संस्थाको कुरा हो । अपचलन भएको कुन सहकारीबाट कहाँ गयो भन्ने हो ।’
लेखकले यसरी अपचलनमा गृहमन्त्री लामिछानेको नाम जोडिएकोले उनको संलग्नताको विषयलाई सम्बोधन गर्ने विषय प्रमुख रहेको बताए । तर कुन भाषाशैली राख्ने भनेर छलफल गर्न सकिने उनले बताए ।
‘सहकारीका यस्ता प्रकरणमा गृहमन्त्रीको नाम जोडिएको छ । संलग्नता देखिएको छ । उहाँको संलग्नता रहेको विषय विषयलाई सम्बोधन गर्ने विषय मुख्य हो,’ लेखकले भने, ‘कुन भाषाशैली प्रयोग गर्ने भन्ने बसेर छलफल गर्न सकिने विषय हो ।’
कांग्रेसले गृहमन्त्रीको नाम हाल्नैपर्ने र सत्तापक्षले समग्र सहकारीको छानबिन गर्नुपर्ने तर व्यक्ति विशेषको नाम उल्लेख गर्न नहुने अडान लिँदै आएपनि शुक्रवार भने प्रतिपक्षी दल नरम देखिएको लेखकको भनाइले पनि देखाउँछ ।
कार्यदलका नाममा दशौंपटकसम्म बैठक बसेपनि टुंगो लाग्न सकेको छैन । तर शुक्रबारको कार्यदलपछि बसेको शीर्ष नेताको बैठकपछि कांग्रेस नरम हुने देखिएको हो ।
कांग्रेसको निरन्तरको अडानपछि सत्तापक्ष लामिछानेको नाम लिएर समिति गठनमा लचक बनेन । बरु उनी जोडिएको भनिएका सहकारी र गोर्खा मिडियाको नाम उल्लेख गरेर छानबिन समिति गठन गर्न सकिने प्रस्ताव सत्तापक्षले केही समयदेखि ल्याएको छ ।
कांग्रेसले पछिल्लोपटक लामिछानेको नाम उल्लेख नै नगर्ने भए ठगी गर्ने सहकारी नाम तोक्नुपर्ने, यसका सञ्चालक, प्रबन्ध निर्देशकसहितका कर्मचारीमाथि छानबिन गर्ने र कानूनी दायरामा ल्याउने ‘ग्यारेन्टी’ सत्तापक्षबाट खोजेको छ ।
यस प्रस्तावअनुसार समिति गठन गरिए लामिछाने तानिने बुझाइ कांग्रेसको छ । किनकि प्रबन्ध निर्देशकले सञ्चालक जीबी राईसँग मिलेर करोडौं रुपैयाँ गोर्खा मिडियामा सारेको र लिएको विषयमा उनी तानिने कांग्रेसको विश्वास देखिन्छ ।
कार्यदलका नेकपा (एमाले)का सदस्य महेश बर्तौलाले धेरै विषय मिल्नेतर्फ गएको जानकारी दिए ।
‘कांग्रेस पनि केही नरम बन्नेतिर गएको छ । सहमतिका लागि सधैं कडा बनिरहन हुँदैन भन्नेमा छौं । बीचको प्रस्ताव पनि आएका छन्,’ बर्तौलाले लोकान्तरसँग भने ।
कांग्रेसले गृहमन्त्रीको नाम नलेख्दा उनी संलग्न भएका विषयमा कसरी प्रस्तुत हुनुहुन्छ भनेर प्रश्न गरेपछि आन्तरिक छलफलमा दलहरू जुटेको बर्तौला बताउँछन् । कांग्रेसबाट नयाँ प्रस्ताव आएपछि रास्वपा कार्यदलका सदस्य शिखिर खनालले पनि पार्टीमा छलफल गर्नुपर्ने भन्दै समय मागेका थिए ।
प्रधानमन्त्री प्रचण्डले बोलाएको छलफलमा समेत कांग्रेसले लामिछानेको नामबिना पनि सकारात्मक हुने संकेत गरेपछि सत्तारुढ दल पुनः छलफलमा जुटेका हुन् । संसदमा नीति कार्यक्रममा छलफल भएर बजेट आउने दिन नजिएिको छ । यसैले सत्तापक्षलाई पनि कांग्रेसलाई मिलाएर समिति गठन गर्नैपर्ने बाध्यता छ । किनकि छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
बालुवाटार बैठकपछि सत्तापक्षले के भन्यो ?
सत्तारुढ दल एमालेका प्रमुख सचेतकसमेत रहेका कार्यदलका सदस्य महेश बर्तौलाले सकारात्मक छलफल भएको बताउँदै व्यक्तिको नाममा छानबिन बन्ने सम्भावना नभएको स्पष्ट पारे । सत्तापक्ष आवश्यक मात्रामा लचिलो भइसकेकाले अब बल कांग्रेसको कोर्टमा गएको बताए ।
‘हामी लचिलो भएर यहाँसम्म आएका हौं । व्यक्तिको नाममा छानबिन समिति बन्ने त सम्भावना छैन । संसदको समेत गरिमा कायम राख्नेगरी उहाँहरू पनि लचक बन्नुहुन्छ भन्ने आशा छ’, बैठकपछि प्रतिक्रिया दिँदै उनले भने ।
यसअघि के–के भयो ?
कांग्रेसले पटक–पटक संसद चल्न नदिएपछि ५ जेठमा प्रमुख राजनीतिक दलबीच सहकारी ठगीमा भएको छानबिनको लागि संसदीय छानबिन समिति गठन गर्ने सहमति भयो । सोही बैठकले समितिको कार्यादेश (टीओआर) बनाउन कार्यदल पनि गठन गर्यो ।
कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलका कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल सदस्य थिए । पछि कांग्रेसले ज्ञानेन्द्रबहादुर कार्कीलाई सदस्य बनाएर पठायो । तर कार्यदलका सदस्यले दर्जनभन्दा बढी पटक छलफल गरिसकेका छन् । यसअघि टीओआरको विषयमा सहमतिनजिक पुगिएको दाबी दलहरूले गरेका थिए । तर कांग्रेसले फेरि गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्नैपर्ने अडान लिएको थियो ।
छानबिन समिति गठनमा सहमति भएपछि कांग्रेसले गृहमन्त्रीलाई पनि संसदमा बोल्न दियो । तर उनले आफ्ना नेताविरुद्ध हिंस्रक र अफवाह फैलाउने अभिव्यक्ति दिएको आरोप कांग्रेसले लगायो । यसपछि एक–दुई दिन बैठक नै प्रभावित हुन पुग्यो । गृहमन्त्री लामिछानेले नामै तोकेर आफ्नाबारे व्यक्तिगत तहमा पुगेर समिति गठन गर्ने हो भने कांग्रेसका महामन्त्री गगन थापा, धनराज गुरुङ, आरजु राणा, रामहरि खतिवडामाथि पनि छानबिन हुनुपर्ने जिकिर गरे ।
छानबिन समिति बन्ने र गृहमन्त्री पनि बोल्ने भएपछि प्रधानमन्त्री प्रचण्डले ७ जेठमा विश्वासको मत लिने तयारी गरे । तर समितिले आकार ग्रहण नगर्दा र गृहमन्त्रीको ‘लाञ्छनायुक्त’ अभिव्यक्तिले भड्किएको कांग्रेस विश्वासको मत नलिइ नछोड्ने प्रधानमन्त्रीको ढिपीले झन् आक्रामक भयो । यसैले गर्दा, उसले ७ जेठमा प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गर्यो । तर वेलमा विरोध गर्ने कांग्रेस नेताहरूलाई घेरेर छोटो प्रक्रियामा विश्वासको मत लिइयो ।
संसदमा पेलिने र समिति गठन नहुने भएपछि झन् चिढिन पुगेको कांग्रेसले आइतबार काठमाडौंमा विरोध प्रदर्शन पनि गर्दैछ । तर पनि समिति गठनको छलफलमा भने सहभागी हुन छोडेको छैन । बरु शुक्रवारको बैठकपछि कांग्रेस आफैंले अब नरम हुन सक्ने संकेत दिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...