×

NMB BANK
NIC ASIA

विश्वकप

फ्रान्सलाई पराजित गर्दै मेस्सी नेतृत्वको अर्जेन्टिना बन्यो च्याम्पियन

पुस ३, २०७९

NTC
Premier Steels

साविक विजेता फ्रान्सलाई फाइनलमा स्तब्ध पार्दै अर्जेन्टिना विश्वकप फु्टबल–२०२२ को च्याम्पियन बनेको छ । पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४-२ ले स्तब्ध पार्दै लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिना विजयी भएको हो । निकै रोमाञ्चक बनेको खेल निर्धारित ९० मिनेटमा २–२ को बराबरी तथा अतिरिक्त समयमा ३–३ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा फ्रान्सका दुई खेलाडी चुक्न पुग्दा अर्जेन्टिनाको पक्षमा नतिजा गयो । 

Muktinath Bank

कतारको लुसाइल रंगशालामा आइतबार राति भएको खेलमा सुरुवाती अग्रता अर्जेन्टिनाले लियो । डी बक्स एरियामा डी मारियालाई फ्रेन्च खेलाडीले लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । त्यसको सदुपयोग गर्दै मेस्सीले २३ औं मिनेटमा गोल गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि डी मारियाले ३६ औं मिनेटमा अर्को गोल गर्दै टीमलाई दोब्बरको अग्रता दिलाए । पहिलो हाफमा २–० ले अगाडि रहेको अर्जेन्टिनाविरुद्ध दोस्रो हाफमा नाटकीय रुपमा फ्रान्स खेलमा फर्कियो । फ्रान्सका लागि एम्बापेले ८० औं मिनेटमा गोल गरे भने त्यसको एक मिनेटपछि अर्को गोल गर्दै टीमलाई बराबरीमा ल्याए । 


Advertisment
Nabil box
Kumari

निर्धारित ९० मिनेटको खेल २–२ को बराबरी भएपछिको अतिरिक्त समयमा मेस्सीले १०८ औं मिनेटमा अर्को गोल गरे । तर, एम्बापेले ११८ औं मिनेटमा अर्को गोल गर्दै टीमलाई बराबरीको अवस्थामा पुर्याए भने व्यक्तिगत रुपमा ह्याट्रिक पुरा गरे । 

Vianet communication

जितसँगै अर्जेन्टिनालाई आफ्नो नेतृत्वमा विश्वकप जिताउने मेस्सीको सपना पुरा भएको छ । विश्वकप इतिहासमा अर्जेन्टिनाले उपाधि जितेको यो तेस्रो अवसर हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x