×

NMB BANK
NIC ASIA

एमालेले कम सीट जितेको भए पनि उत्सव मनाइरहेको छ : केपी ओली

पुस ५, २०७९

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कम सीट जितेको भए पनि एमालेले अहिले उत्सव मनाइरहेको बताएका छन् । एमालेका नवनिर्वाचित सांसदहरूलाई बधाई दिन मंगलवार प्रज्ञा भवनमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले चुनावमा एमालेले ठूलो घेराबन्दी तोडेको बताए । 

Muktinath Bank

‘शान्तिपूर्ण महासंग्राम भएको छ । त्यसको परिणाम लिएर उल्लासपूर्ण वातावरणमा उपस्थित भएका छौँ । मनोबल उच्च भएको छ । आत्मविश्वास बढेको छ । अहिलेको सीट संख्याले होइन । सीट संख्याभन्दा पनि जस्तो खालको घेराबन्दी, षड्यन्त्र, अफवाह, धाँधली र बुथ क्याप्चरको बीचमा एमाले सर्वाधिक लोकप्रिय पार्टीकोरूपमा उदाएको छ’, ओलीले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनका बेलामा देखिएको हर्कत हेर्दा एमालेले ठूलो जित निकालेको निष्कर्षमा पार्टी रहेको उनले बताए । ‘अपेक्षा गरेको सीट ल्याउन सकेनौँ । तर, उत्सव मनाइरहेका छौँ । उल्लासमय वातावरणमा छौँ’, ओलीले भने । 


Advertisment
Nabil box
Kumari

निर्वाचनका बेला प्रतिस्पर्धीहरूले ‘धुलो चटाउँछौँ, भित्तामा टाँस्छौँ, दिउँसै टर्च बालेर खोज्नुपर्ने हुन्छ’ भनेको स्मरण गर्दै एमालेले त्यसलाई पराजित गरेको ओलीले बताए ।

Vianet communication

‘उनीहरूले धुलो चटाउँछौँ, भित्तामा टाँस्छौँ, दिउँसै टर्च बालेर खोज्नुपर्ने हुन्छ भनेको मात्रै होइन । उनीहरू यस्तो निष्कर्ष निकाल्न चाहन्थे’, ओलीले भने । 

‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा बनाएर, त्यसको गन्तव्यमा पुर्‍याउने आवाज ध्वनी मात्रै होइन, देशको आवश्यकता र समयको माग हो’, ओलीले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x