×

NMB BANK
NIC ASIA

सामाजिक सुरक्षा कोषमा नयाँ व्यवस्था, ८२ लाख श्रमिक लाभान्वित

पुस ५, २०७९

NTC
Premier Steels

सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई पनि समेट्ने भएको छ । कोषले मंगलवार तीनवटै क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराउने गरी सामाजिक सुरक्षा योजना कार्यविधि ल्याएको छ । यस्तो कार्यविधिअनुसार अनौपचारिक क्षेत्रमा रहेका ४२ लाख, स्वरोजगारीमा रहेको १८ लाख र वैदेशिक रोजगारीमा रहेका २२ लाख गरी करीव ८२ लाख श्रमिककलाई कोषमा आबद्ध गराउने योजना कोषको छ । 

Muktinath Bank

कोषमा आबद्ध हुन न्यूनतम श्रमिकको तीन गुणासम्म योगदान गर्न सकिने छ । कोषमा आबद्ध हुन अनौपचारिक क्षेत्रका श्रमिकले न्यूनतम आधारभूत तलब ९ हजार ३८५ बाटै योगदान गर्न सक्ने सुविधा कोषले दिएको छ । यसरी योगदान गर्ने श्रमिकले औषधि उपचार, स्वास्थ्य र मातृत्व, दुर्घटना तथा अशक्त सुरक्षा, आश्रित परिवार तथा वृद्धावस्था सुरक्षा योजनामा तोकिएअनुसारको सुविधा पाउने छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोषमा योगदान गर्ने अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकले वार्षिक १ लाखसम्मको औषधि उपचार, ९८ दिनसम्मलाई मासिक ९ हजार ३८५ का दरले मातृत्व सुविधा र ९ हजार ३९५ रुपैयाँ शिशु स्याहार सुविधा पाउने छन् ।


Advertisment
Nabil box
Kumari

७ लाख रुपैयाँसम्म उपचार खर्च व्यवहोर्ने दुर्घटना बीमा तथा न्यूनतम तलबमान ९ हजार ३८५ को ६० प्रतिशतले हुन आउने ५ हजार ६३१ रुपैयाँ अशक्तता पेन्सन सुविधा कोषले दिने भएको छ । आश्रित परिवार सुरक्षामा २५ हजार रुपैयाँ काजकिरिया खर्च, आश्रित परिवारको लागि ४० प्रतिशत र स्वरोजगारीको हकमा ४० प्रतिशत औसत तलबबाट आजीवन पेन्सन दिने छ । यस्तो योजनामा सन्ततिको लागि २१ वर्षसम्म ४० प्रतिशतका दरले शैक्षिक वृत्ति दिइने छ । 

Vianet communication

अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकले कोषमा आबद्ध हुन स्थानीय तहको सिफारिस लिनुपर्ने छ । अग्रिम रूपमा योगदानको सुविधा पनि दिइएको छ । यसका लागि १० प्रतिशत छुट दिइएको कोषले जानकारी दिएको छ । यो सुविधा आगामी वैशाखदेखि मात्रै पाइने भएको छ ।

वैदेशिक रोजगारीमा रहेका मजदुरले भने मासिक २ हजारदेखि २८ हजार १५५ रुपैयाँसम्म योगदान गर्न पाउने छन् । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम योगदान गर्नुपर्ने भएको छ । सामाजिक सुरक्षा कोषका अनुसार वैदेशिक रोजगारीका श्रमिकलाई भने तीन महिनाभित्र यसले दिने सेवा सुविधा र योगदान शुरु गर्ने भएको छ । वैदेशिक रोजगारीमा जानेले श्रम स्वीकृति लिँदा र गइसकेकाले अनलाइनमार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

कोषले हालसम्म कोषमा योगदान गर्नेलाई मात्रै दिँदै आएको १ लाख रुपैयाँसम्मको औषधि उपचार सुविधा अब उसको जीवनसाथीलाई पनि दिने भएको छ । श्रीमान वा श्रीमतीले पाउने यस्तो सुविधा योगदानकर्ताले अनलाइनबाट केवाईसी अपडेट गरेर तुरुन्तै लिन सक्नेछ । यो सुविधा तत्कालै पाइने छ । यो सुविधा लिन तोकिएको अस्पतालमा गएर सुविधा लिन सकिन्छ भने उपचार गरेर कोषमा दाबी पनि गर्न पाइने कोषका प्रवक्ता विवेक पन्थीले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x