×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलको नेताको निर्वाचन शनिवार हुने

पुस ७, २०७९

NTC
Premier Steels

कर्णाली प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शनिवार निर्वाचन हुने भएको छ ।

Muktinath Bank

निर्वाचन समितिले शुक्रवारदेखि निर्वाचन कार्यक्रम शुरू हुने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायका अनुसार शुक्रवार मतदाता नामावली प्रकाशन, दाबीविरोध, उम्मेदवारका लागि दरखास्त, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म मतदानको समय तोकिएको जानकारी दिए । मतदान प्रदेशसभा संसदीय दलको कार्यालय परिसरमा हुनेछ ।


Advertisment
Nabil box
Kumari

दलको नेताका लागि मुख्यमन्त्री समेत रहेका पार्टीका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य जीवनबहादुर शाही र केन्द्रीय सदस्य राजीवविक्रम शाहबीच प्रतिस्पर्धा हुने देखिएको छ । ४० सदस्यीय प्रदेश सभामा कांग्रेसका १४ सांसद छन् ।

Vianet communication

वीरेन्द्रनगरमा विहीबार बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले दलको नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा महामन्त्री कृष्णबहादुर रोकाया संयोजक तथा खगिसरा आचार्य र दमन शाही सदस्य छन् ।

बैठकले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने गरी कांगे्रस नेतृत्वमा प्रदेश सरकार गठनको पहल थाल्ने निर्णय समेत गरेको छ ।

यसैबीच प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यका लागि पुस ११ गते दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तय गरेको छ । प्रदेश प्रमुखबाट ज्येष्ठ सदस्य विनोदकुमार शाहले शपथ लिएपछि प्रदेश सभाका बाँकी सदस्यलाई उनले शपथ गराउनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x