×

NMB BANK
NIC ASIA

राजनीति

देउवासँग ‘निर्णायक वार्ता’का लागि प्रचण्ड बालुवाटारमा

पुस ७, २०७९

NTC
Premier Steels

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । गठबन्धनको भविष्य र नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘निर्णायक वार्ताࡆ’ गर्न उनी बालुवाटार पुगेका हुन् । 

Muktinath Bank

आज साँझ देउवासँग निर्णायक वार्ता गर्ने प्रचण्डले दिउँसो बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा जानकारी गराएका थिए । ‘सरकार गठनका लागि छलफल चलिरहेको छ, कुरा सकारात्मक नै छ । संसदीय दलको नेता चयनपछि आजै (बिहीवार साँझ) देउवाजीसँग कुरा गर्दैछु’, प्रचण्डको भनाइ उदृत गर्दै माओवादीका एक सचिवले लोकान्तरसँग भने, ‘सकेसम्म माधवजी र मसँगै कुरा गर्न जान्छौँ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले एमालेसँग मिलेर सरकार गठनको सम्भावनाबारे भने केही बताएका थिएनन् । प्रचण्ड बिहीवार बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन् । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दाबी पेश गर्न पुस १० गतेसम्मको समयससीमा दिएपछि दलहरूबीच सरकार गठनका बारेमा छलफल हुन थालेको छ । सबै दलले संसदीय दलको नेता चयन गरिसकेपछि सरकार गठनको छलफलले अझै तीव्रता पाउने अपेक्षा गरिएको छ । 

Vianet communication

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पहिलो कार्यकालमै प्रधानमन्त्री बन्ने कसरतमा लागेका छन् । माओवादी केन्द्रका नेताहरूले प्रचण्ड प्रधानमन्त्री बन्ने बताइरहेका छन् । यता संसदको सबैभन्दा ठूलो दल कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गरिरहेको छ । 

सत्ता गठबन्धनका अधिकांश नेताहरूले गठबन्धनकै सरकार बन्ने बताइरहेका छन् । यद्यपि, कसको नेतृत्वमा, कसरी सरकार गठन हुन्छ भन्ने बारेमा भने ठोस निर्णय भइसकेको छैन । 

एमालेले पनि सरकार गठनको कसरत गरिरहेको छ । सत्ता गठबन्धनमा फुट ल्याएर सरकार गठन गर्ने कसरतमा एमाले नेताहरू लागिरहेको बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x