×

NMB BANK
NIC ASIA

उद्यम

खोल्साको ‘कालो सुन’ले पोलेका विश्वलाई जंगलको अल्लोले न्यानो !

पुस ९, २०७९

NTC
Premier Steels

बुवा उत्तरकुमार लिम्बुले छोरा विश्व लिम्बुलाई पढाउन भनेर संखुवासभाको सदरमुकाम खाँदवारी ल्याए । संखुवासभाकै विकट मानिने सभापोखरीबाट छोरालाई पढाउन भनेर उत्तरकुमारले खादवारी ल्याएका थिए । विश्वलाई उच्च शिक्षा पढाएर सरकारी जागिरे बनाउने लक्ष्य बुवा उत्तरकुमारको थियो ।

Muktinath Bank

सरकारी जागिरे बन्ने र बनाउने लक्ष्य दुवै जनाको अहिलेसम्म पूरा भएको छैन । बुवा उत्तरको २०६४ सालमा निधन भयो । खोल्साको ‘कालो सुन’ भनेर चिनिने अलैंचीको खेती र व्यापार गर्ने उत्तरकुमार जेठा छोरा विश्वलाई खाँदवारीमै छाडेर दशैैंतिहार मनाउन घर सभापोखरी गएका थिए । घर गएको २ दिनमै बुवा बितेको खबर आएको विश्व बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुवाको निधन भएपछि सबै जिम्मेवारी उनको काँधमा थपियो । बुवाले गरेको खेतीदेखि भाइबहिनीको पठनपाठनको जिम्मा समेत उनको काँधमा आयो । उनी त्यतिबेला १६ वर्षका थिए । पढ्ने र आफ्नो ‘करिअर’ बनाउने उमेरमा घरव्यवहारको बोझ थाम्नुपर्ने भएपछि उनले बुवाले गरेको व्यापारलाई निरन्तरता दिने सोच बनाए ।


Advertisment
Nabil box
Kumari

उनले लगातार १२ वर्षसम्म अलैंचीको व्यापार गरे । अन्तिमका ३ वर्ष अलैंचीको व्यापारले उनलाई घाटा लगायो । करीब ५० लाखभन्दा बढी घाटा लागेको उनले बताए । अलैंचीको व्यापार लगातार ओरालो लाग्न थालेपछि विश्वले खाँदवारीस्थित आफ्नै घरमा होटल सञ्चालन गर्न थाले । होटल पत्नी सविनाले चलाउँथिन् । विश्वलाई व्यापार गर्न साथीभाइले ऋण पनि पत्याउन गाह्रो मान्न थालिसकेका थिए । उनलाई अलैंचीको व्यापार गर्ने जोश हराएको थिएन ।

Vianet communication

खाँदवारीको घरनजिकै १ जना महिलाले सञ्चालन गरेको अल्लोका कपडाको घर थियो । त्यो नन्दा राईले सञ्चालन गरेको कपडा पसल थियो । तिनै नन्दाले विश्वलाई भदा भन्थिन् । ‘अलैंचीको व्यापारमा घाटा भएपछि फुपूले मलाई सँगै मिलाएर यही व्यापार गरौं भनेर कर गर्नुभयो,’ विश्वले भने, ‘तर मेरो अलैंचीको व्यापार गर्ने रहर हटेको थिएन । पैसा अभाव भएपछि विकल्प नभएर उहाँसँगै मिलेर व्यापार शुरू गरें ।’
 
अल्लोको व्यापारमा लागेका विश्वले ३०– ३५ जना महिलालाई रोजगारी दिएका छन् । तिनै महिलाले बुनेको कपडा उनले बेच्छन् । महिलाहरूले घरघरमै तान राखेर कपडा बुनेर विश्वलाई दिने गरेका छन् । ‘कच्चा पदार्थ म उहाँहरूलाई दिन्छु,’ उनले भने, ‘उहाँहरूले कपडा बुनेर मलाई दिनुहुन्छ ।’ अल्लोको कपडा बुन्ने महिलाले २५ हजार रुपैयाँसम्म मासिक कमाउने गरेका उनले बताए । पति विदेश हुनेहरूले घरमै कपडा बुनेर घर खर्च पुर्‍याउने गरेको विश्वले बताए । 

विश्वको कोसेली घरमा हस्तकलाका सामग्रीहरू, अल्लोका कपडा, अल्लोबाट निर्मित सामग्रीहरू जुत्ता, चप्पल, झोला, थैली, कोट, चैन पुरे करुवा, बाँसबाट निर्मित सामग्रीहरू बिनायो, काइँयो, चमर, राडी, ढाका टोपी, रुद्राक्षको माला, खाडीका कपडाहरू पाइन्छन् । 

घरेलु तथा साना उद्योग विकास समिति संखुवासभाले ३ लाख र डिभिजन वन कार्यालय संखुवासभाले २ लाख रुपैयाँ ऋण  उपलब्ध गराएका थिए । उनले अल्लोको पसल शुरू गर्दा २० हजार रुपैयाँ लगानी गरेका थिए । उनले उत्पादन गरेका अल्लोको कपडा भने तेस्रो देशमा निर्यात हुने गरेको छ । अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशमा कपडा जाने गरेको छ । भारतमा बढी बिक्री हुने गरेको छ ।

नेपालमै माग बढी भए पनि पुर्‍याउन समस्या भएको उनले बताए । अल्लोको कपडालाई सोखी कपडा भनेर पनि चिन्ने गरिन्छ । सोखिन भएकाले पनि बजारमा माग बढी रहेको विश्वको भनाइ छ । कोसेली घरमा राखिएका सामग्रीहरू अन्य जिल्ला र विदेशी पर्यटकहरूले संखुवासभाको चिनो स्वरूप लैजाने गरेका छन् ।

जंगलको कोलाने सुनले आफूलाई पाले पनि अल्लोले न्यानो दिइरहको उनले बताए । चिसोमा न्यानो र गर्मीमा चिसो हुने विशेषताका कारणले पनि अल्लोको माग बढी रहेको उनले बताए । जंगलबाट संकलन गरेर ल्याएको काँचो अल्लोलाई सुकाउने, खरानी पानीमा पकाउने, कुट्ने, सफा तरिकाले धुने, कमेरो लगाएर घाममा सुकाउने र सुकेको अल्लोबाट भुवा निकालेर बनाइएको धागोको प्रयोग गरी कपडा बनाउने गरिन्छ । संखुवासभा अल्लोको कपडाका लागि प्रख्यात समेत रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x