फागुन १८, २०७९
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गरेका छन् । सो कृतिका सम्पादक रहेका जोशीका ...
अविरल जनसाहित्य यात्राको ७४ औं शृङ्खला सम्पन्न भएको छ । हेटौंडामा रहेर साहित्यमा कलम चलाइरहेका कवि मसान उपासकको एक दर्जन बढी साहित्यिक रचना वाचनसाथ सो शृङ्खला सम्पन्न भएको हो ।
शनिबार राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारस्थित राष्ट्रिय जनसाहित्यिक सङ्घको सभाकक्षमा आयोजित कार्यक्रममा कवि उपासकको एकल रचना वाचन भएका थिए ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष एवम् सामाजिक रूपान्तरण अभियानका सङ्घर्षशील अभियन्ता प्रेमनाथ अधिकारीको पनि विशेष उपस्थिति थियो ।
कार्यक्रममा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौला, प्रा.केशव सुवेदी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव एवम् राष्ट्रिय जनसाहित्यिक सङ्घका इन्चार्ज राममणि ढुङ्गेल, प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष नमुना शर्मा, डा. गोविन्दप्रसाद आचार्य, नर्मदेश्वरी सत्याल, मकवानपुरका स्रष्टा एवम् सामाजिक रूपान्तरण अभियानका अभियन्ता गोपाल सञ्जेल पनि सहभागी थिए ।
कार्यक्रममा अध्यक्ष राम विनयले ६ वर्ष अगाडिदेखि सञ्चालन भइरहेको ‘अविरल जनसाहित्य यात्रा’ महामारीजन्य समयकाबीचमा केही समय रोकिएको भए पनि अन्य समय निरन्तरता पाइरहेको बताए ।
साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको उनले बताए ।
कवि मसान उपासकले सामाजिक रूपान्तरण अभियानलाई सघाउनका लागि आफूले साहित्यिक सिर्जना गरिरहेको बताए । जब जब समाजमा, देशमा देखिएका बेथितिले मलाई दुखाउँछन् तब मैले सिर्जना गर्ने र त्यही सिर्जनामार्फत आपूmलाई अभिव्यक्त गर्ने गरेको छु उनले भने ।
वाचित कवितामाथि डा. रमेश शुभेच्छुकले टिप्पणी गरेका थिए । कवि उपासकको खास नाम मीनप्रसाद सञ्जेल हो । साहित्यमा मसान उपासकका नामबाट निरन्तर नेपाली साहित्यका विविध विधामा कलम चलाइरहेको उनले जानकारी दिए । साहित्यिक सिर्जनामा निरन्तर सक्रिय उपासकका सिर्जना सुन्दर र सशक्त हुनेगरेको उनले बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गरेका छन् । सो कृतिका सम्पादक रहेका जोशीका ...
कवि श्यामबहादुर भावुकद्वारा रचित ‘फेरि जन्मन्छन् जन्मदैनन्’ काव्यकृतिको लोकार्पण गरिएको छ। दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना तथा प्राध्यापक एवम् प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्यतामा स...
पूर्व दिशा फुर्रर खुल्नासाथ काल्चौरा (कालो चरा बिहानै कराउँछ) चिरचिर गर्यो । ‘ओई काले उठ् आज डाँडा कटाउनै पर्छ गोठ । सकेसम्म पुछार भेडिखर्कको खानीमा पुर्याउनुपर्छ । त्यहाँ खनेल (खानी खन्ने) मध्ये...
१० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै ३ दिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी ...
पाल्पाको तानसेनस्थित धवल पुस्तकालय प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कार वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कार कृष्ण उपन्यासका लेखक डा. शंकरप्रसाद गैरेलाई अर्पण गरिएको छ । पुरस्कारको राशी नगद २...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न २०२३‘ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास बोर्ड अफट्रष्टीका निवर्तमान सभापति खत्रीले साहित्यिक सिर्जनाका साथै अनेस...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...