×

NIC ASIA

विधुत प्रसारण लाइनको निर्माण कार्य तीव्र

पुस ११, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

रसुवा तथा नुवाकोट जिल्लामा उत्पादन हुने विधुत राष्ट्रिय प्रसारणको केन्द्रीय भण्डारणमा पु¥याउन प्रसारण लाइनको निर्माण तीव्र रुपमा भैरहेको छ । सुस्तगतिमा निर्माण अगाडि बढिरहेको चिलिमे हवदेखि त्रिशूली हवसम्मको २७ किलोमिटर राष्ट्रिय प्रसारण लाइनका बाँकी निर्माण छिटो सम्पन्न गर्न  नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । उनले ती दुई जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका जलविद्युत् आयोजनाको कार्य प्रगतिको आइतबार स्थलगत निरीक्षण एवं जानकारी लिँदै सो निर्देशन दिए ।   

रसुवागढी र साङ्जेन जलविद्युत् आयोजनाले आगामी वैशाख महिनाबाट परीक्षण उत्पादन गर्ने लक्ष्य लिइसकेको छ । ती दुवै आयोजनाका लागि चिलिमेको थाम्वुचेतमा एउटै हव बनाई गतलाङको बोम्जोडाँडा, ग्रे, हाकु, डाँडागाउँ, ठूलोगाउँ हुँदै नुवाकोटको सलाखु दोभानमा रहने विद्युत् सङ्कलन केन्द्रबाट राष्ट्रिय प्रसारणमा पठाउन आवश्यक संरचनाको निर्माण तीब्र अगाडि बढिरहेको प्राधिरकणले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नुवाकोटको सलाखु खोला दोभान अक्करेमा निर्माण भइरहेको हवबाट  तादी र त्रिशूली थ्रि बि, रसुवाको रसुवागढी तथा साञ्जेन फलाखुखोला, अपर त्रिशूली वान, लाङटाङ खोला, सुपर मैलुङ, अपर मैलुङ, लाङटाङ भोटेकोसीसमेतका स्थानबाट उत्पादन हुने करिब छ सय मेगावाट विद्युत् एकत्रित गरी राष्ट्रिय प्रसारणमा पठाइने प्राधिकरणले तयारी  छ । 


Advertisment
Rupse Holidays
Nabil box

प्राधिकरणले भविष्यमा उत्पादन हुने बिजुलीसमेत अक्करे हवबाटै एकीकृतरूपले राष्ट्रिय प्रसारणमा पठाइने जनाएको छ । पहिलो चरणमा भने उक्त हवबाट रसुवागढी तथा साञ्जेनको मात्र विद्युत्  राष्ट्रिय प्रसारणमा जाने छ ।

Vianet communication

निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत्  आयोजनाको अधिकांश निर्माण  सम्पन्न भई  समग्रको उपकरण जडान कार्य ७५ प्रतिशतभन्दा माथि गइसकेको छ । अन्य विद्युत् आयोजना धमाधम निमाणाधीन अवस्थामा रहेका छन् । सन् २०१३ बाट निर्माण चरणमा अगाडि बढेको सो आयोजनामध्ये रसुवागढीले एक सय ११ मेगावाट, तल्लो माथिल्लो साञ्जेनले ४२ दशमलव पाँच एवं माथिल्लो साञ्जेनले १४ दशमलव आठ मेगावाट विद्युत्  ऊर्जा उत्पादन दिने प्राविधिकले बताएका छन् । 

चिलिमे जलविद्युत् केन्द्रको भगेनी संस्थाको रूपमा रहेको रसुवागढी जलविद्युत् आयोजनाको पूरै संरचना भूमिगत र साङ्जेनको भने अर्धभूमिगत रहेको रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख सत्यराम ज्याख्वले जानकारी दिए ।  चिलिमे कम्पनीले सुरूआत गराएको रसुवागढी, साञ्जेन तथा सिन्धुपाल्चोक जिल्लाका एक सय तीन मेगावाटमध्ये भोटेकोसी जलविद्युत् आयोजना सफलतापूर्वक आगाडि बढिरहेको चिलिमे जलविद्युत् केन्द्र स्याफ्रुबेँसीले जनाएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x