×

NMB BANK
NIC ASIA

पश्चिम एसियामा नयाँ राजनीतिक विकास

इजरायलको सत्तामा उग्रदक्षिणपन्थीको ‘इन्ट्री’– अरबीहरूसँग तनाव चर्किने चिन्ता

पुस २२, २०७९

NTC
Sarbottam
बायाँबाट क्रमशः बेन ग्विर, नेताहन्याहु र स्मोट्रिच
Premier Steels
Marvel

इजरायलमा दक्षिणपन्थी नेता बेन्जामिन नेतान्याहु पुनः एकपटक प्रधानमन्त्री बनेका छन् र यसपालि उनले उग्रदक्षिणपन्थीहरूलाई सत्ता साझेदार बनाएका छन् । 

Muktinath Bank

प्यालेस्टाइनीहरूलाई निमिट्यान्न पार्नका लागि अन्तिम युद्ध लड्नुपर्ने भनी उत्तेजनात्मक अभिव्यक्ति दिने उग्रदक्षिणपन्थी नेताहरूले सत्ता चलाउन थाल्दा छिमेकका अरब मुलुकहरूसँग इजरायलको सम्बन्ध कस्तो बन्ला भनी अनुमान गर्न थालिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०२० मा अमेरिकाको तत्कालीन ट्रम्प प्रशासनले इजरायल र अरबी मुलुकहरूबीच अब्राहम एकर्ड्स नामक सम्झौता गराएको थियो । उक्त सम्झौताले अरबीहरूलाई इजरायलसँग कूटनीतिक सम्बन्ध कायम गर्न सघाउनुका साथै आर्थिक तथा सुरक्षा साझेदारीको ढोका पनि खोलिदिएको थियो । सम्झौतापछि इजरायलले व्यापक संख्यामा अरबीहरूलाई हातहतियार बेचेको थियो ।


Advertisment
Nabil box
Kumari

शुरूमा संयुक्त अबर इमिरेट्स (यूएई) र बहराइनले उक्त सम्झौतामा हस्ताक्षर गरेकोमा पछि सुडान र मोरक्को पनि थपिएका थिए । बाइडन प्रशासनले अब्राहम एकर्ड्सलाई नर्मलाइजेसन अग्रीमेन्ट भन्ने गरेको छ ।

Vianet communication
Laxmi Bank

तर रिलिजियस जायनिजम र जुइस पावर जस्ता उग्रदक्षिणपन्थी दलहरूले नेतान्याहुको मध्यमार्गी दक्षिणपन्थी दलसँगको सहकार्यमा सरकार बनाएपछि मुसलमानहरूप्रति कठोर नीति अपनाउने संकेत देखाएको छ । 

जुइस पावरका नेता इटामार बेन–ग्विर राष्ट्रिय सुरक्षामन्त्री बनेलगत्तै मंगलवार विवादास्पद अल–अक्सा मस्जिदको भ्रमण गरेका थिए । यहुदीहरूले टेम्पल माउन्ट भन्ने गरेको उक्त मस्जिदमा गैरमुसलमानहरूले अनुमतिविना प्रवेश पाउँदैनन् जबकि बेन–ग्विरले कसैसँग अनुमति लिएका थिएनन् ।

सन् १९९४ मा भएको सम्झौताबमोजिम जोर्डनले इजरायलमा रहेका यहुदी, मुसलमान र क्रिस्चियन धार्मिक स्थलहरूको अभिभावकत्व ग्रहण गरेको छ । जोर्डनलाई जानकारी नदिइकन बेन–ग्विर अल–अक्सा पुगेकाले अरबीहरू आक्रोशित भएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) ले यस विषयमा चर्चाका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई आह्वान गरेको छ । 

बेन–ग्विरले यसअघि पनि धेरैपटक अरबीहरूलाई चिढ्याउने काम गरिसकेका छन् । उनलाई अरबीहरूका विरुद्ध जातिद्वेषी कुरा गरेको अनि आतंकको समर्थन गरेको अभियोग छ । उनले सन् १९९४ मा २९ जना प्यालेस्टाइनीहरूको सामूहिक हत्या गर्ने एक इजरायली व्यक्तिको तस्वीर आफ्नो घरमा झुण्ड्याएको पाइएपछि विवाद उठेको थियो । 

बेन–ग्विरले यसअघि पनि धेरैपटक अरबीहरूलाई चिढ्याउने काम गरिसकेका छन् । उनलाई अरबीहरूका विरुद्ध जातिद्वेषी कुरा गरेको अनि आतंकको समर्थन गरेको अभियोग छ । उनले सन् १९९४ मा २९ जना प्यालेस्टाइनीहरूको सामूहिक हत्या गर्ने एक इजरायली व्यक्तिको तस्वीर आफ्नो घरमा झुण्ड्याएको पाइएपछि विवाद उठेको थियो । 

अनि गत अक्टोबर महिनामा जेरुसेलमको शेख जर्रा टोलमा इजरायली र प्यालेस्टाइनीहरूबीच तनाव बढेको बेलामा बेन–ग्विरले बन्दूक निकालेर माहोल थप खराब बनाएका थिए । यहुदीहरूमाथि ढुंगा फ्याँक्ने अरबीहरूलाई गोली हान्नका लागि उनले चिच्याउँदै प्रहरीलाई भड्काएका थिए । 

अनि नयाँ अर्थमन्त्री बेजालेल स्मोट्रिच रिलिजियस जायनिस्ट पार्टीका नेता हुन् र उनी प्यालेस्टाइनलाई छुट्टै राज्य दिन नहुने धारणा राख्छन् । जोर्डन नदीको पश्चिमी किनारमा बसिरहेका प्यालेस्टानीहरूलाई लखेटेर त्यहाँ यहुदी बस्ती बसाउनुपर्ने पक्षमा उनी उभिएका छन् । 

यस्ता उग्रवादी व्यक्तिहरू सत्तामा आउँदा इजरायलसँग सुमधुर सम्बन्ध बनाउँदै लगेका अरब मुलुकहरूलाई असहज स्थितिको सामना गर्नुपरेको छ । 

तर विगतमा अब्राहम एकर्ड्सपछि यूएई र बहराइनले आयोजना गरेको राष्ट्रिय दिवस समारोहमा बेन–ग्विरलाई आमन्त्रित गरिएको थियो र अरबीहरूले उनीसँग आत्मीय व्यवहार गरेका थिए । त्यसो त बेन–ग्विरले सत्तामा रहुन्जेल प्यालेस्टाइनीहरूका विरुद्ध अनेकौं कदम चाल्न सक्ने भए पनि अरबीहरूले इजरायलसँगको सम्बन्ध कायम राख्नुपर्ने बाध्यता छ । 

विशेषगरी अमेरिकाले खाडी तथा पश्चिम एसियाको सुरक्षामा चासो घटाउँदै लगेपछि इजरायलसँगको सम्झौताका लागि उत्प्रेरित भएका अरबीहरूले प्यालेस्टाइनीहरूको हितका खातिर इजरायलसँगको सम्बन्धलाई दाउमा नराख्ने देखिन्छ । 

तर लोकलाजका लागि भए पनि अरबीहरूले प्यालेस्टाइनीहरूप्रति सहानुभूति देखाइरहेको सीएनएन डट्कममा अब्बास अल–लावती लेख्छन् । अघिल्लो शुक्रवार (३० डिसेम्बर) अब्राहम एकर्ड्समा जोडिएका चार अरब राष्ट्रहरूले संयुक्त राष्ट्रसंघको साधारणसभामा प्यालेस्टाइनीहरूलाई समर्थन गर्ने पक्षमा मतदान गरेका थिए । प्यालेस्टाइनी भूभागमा इजरायलले गरेको कब्जाका विषयमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको राय लिने विषयमा उक्त मतदान गराइएको थियो । इजरायली प्रधानमन्त्री नेतान्याहुले उक्त मतदानलाई निन्दनीय भनेका थिए । 

अब्राहम एकर्ड्सका कारण इजरायलसँग आर्थिक सम्बन्ध राखेर राम्रो व्यापारको मौका पाएकाले अरबी सरकारहरू यसलाई कायम राख्ने पक्षमा छन् । द वाशिङटन इन्स्टिच्युट फर नीयर ईस्ट पोलिसी नामक संस्थाले सन् २०२२ को जुलाई महिनामा गरेको सर्वेक्षणमा साउदी अरब (उसले अब्राहम एकर्ड्समा हस्ताक्षर गरेको छैन), यूएई र बहराइनका ४० प्रतिशत जनताले इजरायलसँग व्यापारिक र खेलकुद सम्बन्ध कायम राख्नुपर्ने अभिमत जाहेर गरेका थिए । यसको अर्थ सबै अरबी जनता यसको पक्षमा छन् भन्ने हैन जसको चर्चा तल गरिनेछ । 

हुन त अरबीहरूलाई इजरायलीहरूसँग गरेका अब्राहम एकर्ड्स पाच्य बनाउनका लागि नेतान्याहुले जोर्डन नदीको पश्चिमी किनारालाई इजरायलमा नमिसाउने प्रतिज्ञा गरेका थिए । तर अहिले नेतान्याहुले सरकार बनाउनका लागि सत्ता साझेदारी गरेका बेन–ग्विर र स्मोट्रिच जस्ता उग्रदक्षिणपन्थीहरू पश्चिमी किनारालाई इजरायलमा मिसाउनुपर्छ भनिरहेका छन् । 

नेतान्याहुलाई उग्रदक्षिणपन्थीहरूसँग सहकार्य गराउनका लागि मध्यस्थता गर्ने येशा काउन्सिलले जुडिया र समारिया (पश्चिमी किनारको इजरायली नाम) मा पूर्वाधार निर्माणको काम अघि बढाउन ईश्वरको कृपाका साथ नयाँ सरकारले काम थाल्ने आशा व्यक्त गरेको छ । पश्चिमी किनारमा अहिले प्यालेस्टाइनियन अथोरिटीले शासन चलाउने गरेको छ र अब त्यहाँ इजरायली कानून लागू गर्नुपर्ने अर्को यहुदी समूह कार्नेई शोमरोनले सुझाव दिएको पत्रकार रे हानानिया लेख्छन् । 

त्यसैले अब्राहम एकर्ड्समा प्रश्न उठ्ने सम्भावना देखिएको छ । हुन पनि यो सम्झौता अरबी शासकहरूले गरेका हुन् र यसमा सबै अरबी जनता सहमत भएका पनि हैनन् । 

अरबी जनतामा इजरायलप्रति कति असन्तुष्टि छ भन्ने कुरा कतारमा आयोजित विश्वकप फूटबल प्रतियोगितामै देखियो । इजरायली पत्रकारहरूले आफूहरूमाथि कतारमा चिसो व्यवहारको गुनासो गरेको सीएनएन डट्कममा हदास गोल्ड लेख्छिन् । 

मोआव भार्डी नामक पत्रकारलाई ‘स्वागत छैन, जाऊ, प्यालेस्टाइन मात्र छ, इजरायल भन्ने देशै छैन, इजरायलको अस्तित्व छैन’ भनी कतारमा अरबी फूटबल प्रशंसकहरूले दिनदिनै भनेको गोल्डले उद्धृत गरेकी छन् । अनि इजरायलसँग अब्राहम एकर्ड्सअन्तर्गत सम्झौता गरेको मोरक्कोका खेलाडीहरूले विश्वकपमा खेल जितेपिच्छे प्यालेस्टाइनको झण्डा फहर्‍याउने गरेका थिए । 

माथि उल्लेख गरिएको सर्वेक्षणले पनि खाडी मुलुकमा अब्राहम एकर्ड्सप्रति आम जनताको धारणा नकारात्मक रहेको देखाएको छ । यस सम्झौतामा सबभन्दा पहिले हस्ताक्षर गर्ने यूएई र बहराइनमा समेत ७० प्रतिशत जनताले आफ्नो समर्थन नरहेको अभिव्यक्ति दिएबाटै यसको अलोकप्रियता देखिएको छ । इजरायलको नयाँ सरकारमा भएका उग्रदक्षिणपन्थीहरूको क्रियाकलापले अरबीहरूको त्यस धारणालाई थप बलियो बनाउने देखिन्छ । 

तर पश्चिम एसियामा विकसित भइरहेको नयाँ भूरणनीतिक चुनौतीको सामना गर्न इजरायल र अरब मुलुकहरूबीच सहकार्य जरूरी हुन्छ । अमेरिकाले रुसको जोखिमबाट बचाउनका लागि युरोपमा अनि चीनसँगको प्रतिस्पर्धा चर्किंदै जाँदा पूर्वी एसियामा आफ्नो ध्यान केन्द्रित गर्नुपरेको छ । त्यसैले अहिलेसम्म सुरक्षा दिँदै आएको भए पनि अबउप्रान्त पश्चिमी एसियामा दीर्घकालीन उपस्थिति कायम गर्न अमेरिकाले नसक्ने जोखिम व्यवस्थापन परामर्श समूह आरएएनई नेटवर्कका भूराजनीतिक विज्ञ लियोन हदरले द नेसनल इन्टरेस्ट पत्रिकामा प्रकाशित लेखमा तर्क गरेका छन् । 

इजरायलको नयाँ सरकारका उग्रदक्षिणपन्थी मन्त्रीहरूले अरबीहरूसँगको सम्बन्धमा तिक्तता ल्याउने अभिव्यक्ति दिएमा र गतिविधि गरेमा अब्राहम एकर्ड्सको भविष्य अन्योलमा पर्न सक्छ । त्यस्तो परिस्थिति विकसित हुँदा पश्चिम एसिया कालान्तरसम्म अस्थिर रहिरहनेछ । 

हुन त अमेरिकाका राष्ट्रपति जो बाइडनले गर्मी याममा साउदी अरबको भ्रमण गर्दा ‘अमेरिका मध्यपूर्वलाई छोडेर कतै जाँदैन’ भने तर रुस र चीनसँगको प्रतिस्पर्धामा केन्द्रित हुनुपर्ने बेलामा अमेरिका मध्यपूर्वमा अल्झेर बस्ने सम्भावना छैन । यस्तो परिस्थिति निर्माण भएको सन्दर्भमा इरानले तेर्स्याउने जोखिमबाट इजरायल र अरबीहरू दुवै त्रस्त रहेकाले अब्राहम एकर्ड्सलाई पालन गर्नुपर्ने हुन्छ । 

इरानले आणविक बम बनाएछ भने पनि अमेरिकाले उसविरुद्ध युद्ध गर्ने सम्भावना नरहेकाले अब्राहम एकर्ड्स अन्तर्गत अरब र इजरायलबीच सहकार्य जरूरी हुन्छ । 

अझ, इजरायलले त अब्राहम एकर्ड्सकै आधारमा नेटोको जस्तै द्रुत परिचालन गर्न मिल्ने सैन्यबल सिर्जना गर्न सकिन्छ भनी आशा गरेको हदर लेख्छन् । त्यस सैन्यबलमा इजरायली र अरबी दुवैथरी सैनिकहरू रहने परिकल्पना छ । अनि क्वाड जस्तै कुनै संरचना बनाउन सकिन्छ कि भनेर पनि इजरायलले सोधखोज गरिरहेको छ । 

तर इरानले तेर्स्याउन सक्ने जोखिम घटाउनका लागि साउदी अरब र अन्य खाडी मुलुकहरूले इरानसँग कूटनीतिक सम्बन्धलाई अघि बढाउन खोजेको पनि यथार्थ हो । त्यसलाई पनि मद्देनजर गर्दा इजरायलले अरबीहरूलाई चिढ्याउँदा सुरक्षा चुनौती खडा हुन सक्ने विषयमा आकलन गरेको हुनुपर्छ । 

इजरायलको नयाँ सरकारका उग्रदक्षिणपन्थी मन्त्रीहरूले अरबीहरूसँगको सम्बन्धमा तिक्तता ल्याउने अभिव्यक्ति दिएमा र गतिविधि गरेमा अब्राहम एकर्ड्सको भविष्य अन्योलमा पर्न सक्छ । त्यस्तो परिस्थिति विकसित हुँदा पश्चिम एसिया कालान्तरसम्म अस्थिर रहिरहनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x