×

NMB BANK
NIC ASIA

ब्यक्तित्व

‘ह्याट्रिक’ गर्दै ३ पटक सांसद जितेका हर्कमानको सादा जीवन

पुस २३, २०७९

NTC
Premier Steels

हर्कमान तामाङ ३ पटक निर्वाचित सांसद हुन् । २०४८, २०५६ सालको आम निर्वाचन र २०५१ सालको उपनिर्वाचनमा तामाङले मोरङको साविक ४ नम्बर क्षेत्रबाट चुनाव जिते ।

Muktinath Bank

उनले २०४८ सालको आम निर्वाचनमा कांग्रेसका चिरन्जीवि रिजाललाई पराजित गरेका थिए । २०५१ र २०५६ सालको २ वटै चुनावमा कांग्रेसका दिलीप सापकोटालाई पराजित गरेर उनले संसदीय यात्रामा ‘ह्याट्रिक’ गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३ वटै चुनाव जितेका तामाङ पैदल हिँडेर नै संसद् भवन पुग्थे । चाबहिलबाट हिँड्दै संसद जाने गरेको उनले सम्झिए । ३ वटै कार्यकालमा कोठाबाट आउँदा १ दिन पनि गाडी चढेको अनुभव आफूलाई नभएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘पाउने सुविधाको आधा जति तलब पार्टीलाई लेबी तिर्नुपथ्र्याे,’ उनले भने, ‘पाटीका भातृ संगठनहरू कार्यक्रम गर्ने भनेर आउँथे, चन्दा पनि दिनुपथ्र्याे ।’ रहरले नभई बाध्यताले हिँड्ने गरेको तामाङ बताउँछन् ।

Vianet communication

उनी ३ वटै कार्यकालमा काठमाडौंमा एक्लै कोठा भाडामा बसे । सांसद हुँदा आउने सेवा सुविधाले परिवारका सदस्यलाई सँगै राखेर खान नपुग्ने गरेकाले एक्लै बस्ने गरेको उनले बताए । भानुभक्त ढकाल, विनोद ढकाल लगायत तत्कालीन विद्यार्थी नेताहरू ‘कोठा भाडा तिर्न सकेनौं’ भनेर आफूकहाँ आउने गरेको उनले बताए । उनी घर भाडा तिर्नु नपर्ने गरी धेरै वर्ष बसेका थिए । ‘लेन्डलाइन फोन पाउनका लागि २०४८ सालमा काठमाडौंमा निकै मरिहत्ते गर्नुपथ्र्याे । पहुँचवालाका घरमा मात्रै लेन्डलाइन फोन हुने गरेको थियो । सांसद बस्ने घरमा फोन चाहिन्छ भन्ने हुन्थ्यो । धेरै घरधनीहरूले सांसद बस्ने भनेपछि कोठा भाडा लिँदैन्थे । टेलिफोन जोड्न सजिलो हुन्छ भनेर घर भाडा लिँदैन्थे, म पनि त्यसरी नै बसें,’ उनले भने ।

तीनै कार्यकालमा उनीमाथि कुनै पनि अनियमितको आरोप लागेन । बरु उनलाई काम गर्न नसकेको आरोप लाग्यो । अहिलेका सांसदले जति आरोप उनले खेप्नुपरेन । ‘गाउँमा बजेट ल्याउनका लागि आफूले जितेकै पार्टीको नेतृत्वमा सरकार हुनुपथ्र्याे । मनमोहन अधिकारीले नेतृत्व गरेको ९ महिने सरकारभन्दा अन्य सबै सरकार कांग्रेसले नै बनाएको थियो । अहिले जस्तो करोडौं खर्च गर्ने गरीको त्यतिबेलाका सांसदले बजेट चलाउन पाउँदैन्थे । जनताको अपेक्षा भए पनि हातमा केही नभएका कारण अपेक्षा पूरा गर्न समस्या हुन्थ्यो,’ उनले भने, ‘अधिकांश समय कांग्रेसकै सरकार थियो । अहिले जस्तो कांग्रेस थिएन, कम्युनिस्टलाई सिध्याउनका लागि जस्तोसुकै काम पनि उनीहरूले गर्थे । सांसद भएकै बेलामा मलाई फसाउन ज्यान मुद्दा पनि लगाइयो । लेटाङमा १ जनाको हत्या भएको रहेछ, त्यहाँ हर्कमानको पनि सहभागिता थियो भनेर भनेका रहेछ तर न्यायाधीशहरू सच्चा हुन्थे । अहिलेका जस्ता हुँदैन्थे । अदालतले संलग्नता छैन, झूटा आरोप भनिदियो ।’
 
२००८ साउन २५ गते भोजपुरको बोखिममा जन्मेका तामाङको बाल्यकाल भारतमा बित्यो । उनले पढ्दै राजनीति शुरू गरेका थिए । दार्जिलिङमा बसेर राजनीतिक चासो लिएर उनले विद्यार्थी राजनीति गरेका थिए । गणतान्त्रिक युवा संगठनको सदस्य हुँदै किसान संगठन र ट्रेड युनियनको राजनीति गरेका थिए उनले । त्यतिबेला अहिलेको जस्तो राजनीति गर्न सजिलो थिएन ।

दार्जिलिङमा बस्ने नेपालीलाई संगठित गर्नका लागि नेपालबाट पनि नेताहरू भारत जाने गरेका थिए । सबैभन्दा बढी मोदनाथ प्रश्रितले भारतमा गएर संगठित गर्ने गरेका थिए । राजनीतिक प्रशिक्षण पनि उनले दिने गरेका थिए । ३–३ महिनामा जाने र राजनीतिक प्रशिक्षण दिने गरेका थिए । प्रश्रितले दिएका प्रशिक्षणका कारण धेरै नेपालीहरू कम्युनिस्टप्रति आस्थावान् भएका थिए ।

‘कम्युनिस्टहरूभित्र अहिले जस्तै गुटको राजनीति त्यतिबेलादेखि नै चल्ने गरेको थियो । त्यसको ४ दिनपछि लगत्तै नन्दकुमार प्रसाईंले पनि गएर प्रशिक्षण दिन्थे । उनीहरूले अलग–अलग गुटको अभ्यास त्यतिबेलादेखि नै गरेका थिए । उनको भारतमा आनन्दप्रसाद पाठकसँग संगत हुने गरेको थियो । नेपालमा पुष्पलाल श्रेष्ठले गठन गरेको कम्युनिस्ट पार्टीको घोषणापत्र पनि पाठकले नै लेखेका थिए,’ उनले भने, ‘दार्जिलिङमा संगठनमा खटेको देखेपछि प्रश्रितले मलाई नेपाल आउन आग्रह गरेका थिए । राधा ज्ञवालीसहित ४–५ जना नेतालाई प्रश्रितले नै नेपाल ल्याएका थिए ।’

‘नेपालबाहिर बसोबास गरेका नेपालीलाई नेपालप्रतिको मोह धेरै हुँदो रहेछ,’ उनले भने, ‘त्यहीमाथि नेपाल आउन प्रेरित गर्ने नेता भेटेपछि झन् जाउँजाउँ लाग्यो ।’ त्यसपछि उनी धरान आएर बस्न थाले ।

पञ्चायती व्यवस्था भएकाले राजनीति गर्न सजिलो थिएन । कम्युनिस्ट कार्यकर्ता खोज्न नै समस्या पथ्र्याे, तामाङले जीविकोपार्जन गर्नका लागि ट्यूसन पढाउने गर्थे । ‘शुरूशुरूमा संगठन बनाउन निकै मेहनत गर्नुपरेको थियो । नेपालमा खुला राजनीति प्रतिबन्ध थियो,’ उनले भने । उनको राजनीति चिया पसलबाट हुने गरेको थियो । चिया पसलमा चिया खाने क्रममा राजनीतिक चर्चा हुने गरेको उनले बताए ।

को कसको कार्यकर्ता भनेर त्यही चिया पसलमै चर्चा हुने गरेकाले उनलाई संगठन गर्न मद्दत पुगेको थियो । उनी त्यहाँ कम्युनिस्ट भनेर चिनिएका कार्यकर्ता खोज्न थाले । त्यतिबेला नेपाल सरकारको गुप्तचर सक्रिय थियो, उसले छिट्टै सूचना बटुल्थ्यो । गुप्तचरको नजरमा तामाङ परिसकेका थिए । तत्कालीन अञ्चलाधीशले खटाएका धरान तामाङ भन्ने गुप्तचरका कर्मचारी थिए, धरान हर्कमानसँगै ट्यूसन पढ्थे ।

धरानले एक्कासि भेटेर आफ्नो परिचय दिँदै धरान छाड्न भनेका थिए । उनको नाममा पक्राउ पुर्जी बनिसकेको थियो । आफ्नो समूहका साथीहरूलाई उनले धरान छाड्न सुझाव आएको सुनाए । साथीहरूले आज दिनभरमा केही गर्नुपर्छ भनेर धरानमै राखेको उनले बताए । उनलाई भने कहाँ जाने के खाने के गर्ने चिन्ताले पिरोल्न थालेको थियो ।

‘सधैं चिया खाने ठाउँमा साथीहरूसहित गएँ । त्यहाँ क्षेत्रीय शिक्षा निर्देशनालयका प्रमुख पनि चिया खान आउँदा रहेछन् । साथीहरूको चिनाजान उहाँसँग रहेछ । एक जनालाई जागिर लगाइदिनुपर्‍यो भनेर उहाँहरूले आग्रह गर्नुभयो । उहाँले एकै वचनमा मलाई जागिर दिनुभयो,’ उनले भने । 

पाँचथरको अमरपुर माध्यमिक विद्यालयमा अंग्रेजी शिक्षकका रूपमा उनको नियुक्ति भयो । त्यो विद्यालय लामो समयदेखि शिक्षकविहीन थियो । 

त्यतिबेला बिर्तामोडसम्म मात्रै सवारीसाधन चल्थे । इलाम–पाँचथर पैदल नै हिँड्नुपथ्र्याे । पैदल हिँडेर साँझ इलाम पुगे उनी । बास बस्नका लागि एक होटलमा गए, त्यो होटलमा बेलुका भीडभाड हुन्थ्यो । उनी गलेर लखतरान भएका थिए । त्यो होटलमा शिक्षक कर्मचारीले खाना खाने गर्थे । ‘नयाँ देखेपछि त्यहाँ भेला भएका केही मानिसले मलाई सोधीखोजी गरे,’ उनले भने । परिचय दिएर उनले जागिर खान गइरहेको र क्षेत्रीय शिक्षा निर्देशनालयले नियुक्त गरेको बताए ।

त्यसपछि उनी पाँचथर जानबाट रोकिए, उनलाई त्यही जागिरको अफर आयो । उनले इलाम क्याम्पसमा सहायक प्रशासक भएर काम गर्न थाले । अधिकांश प्राध्यापक वामपन्थी नै रहेकाले उनलाई राजनीति गर्न थप सहज भयो । त्यहाँका वामपन्थीसँग संगत भएको थाहा पाएपछि धरान जस्तै उनले इलाम पनि छाड्नुपर्ने भयो । 

मेचीका अञ्चलाधीशले कोशी–मेची बस्न नदिनू भनेर उर्दी गरेका रहेछन् । मध्यरातमा पत्लैयाको जंगलमा  छोड्नु भनेको सूचना पार्टीलाई जानकारी भएको उनले सुनाए । त्यतिबेला इलामको इन्चार्ज प्रदीप नेपाल थिए । उनी इलाममा हुँदा सुवास नेम्वाङ काठमाडौंमा पढ्थे भने झलनाथ खनाल जेलमा थिए ।

दमकमा गएर एक पसलमा उनले काम पाए । रत्न बान्तवाले दमकमा पसल गरेका थिए । महेश ट्रेडिङ सेन्टरको नाममा पसल थियो । रत्नको भूमिगत नाम महेश रहेछ । पढ्दै राजनीति गरेका तामाङलाई कहाँ फसे जस्तो हुने गरेको थियो । उनलाई हेल्पर भनेर त्यहाँ राखिएको थियो । १ हप्तामा केही पनि नजानेपछि उर्लाबारीको एक बोर्डिङ स्कूलमा उनी काम गर्न थाले ।

स्कूलमा ३–४ महिनाजति बसेपछि पार्टीकै नेताहरूले खोजी गरेर उनलाई बेलबारी ल्याए । बेलबारीको भगवती माध्यमिक विद्यालयका तत्काल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुन्यप्रसाद सुवेदीले प्रधानाध्यापकमा नियुक्ति दिएर भगवतीमा ल्याएका थिए । उनले त्यहाँ पढाउँदै राजनीति गरेका थिए । ७ वर्ष उनी भगवतीको प्रधानाध्यापक भए ।

संसदमा ‘ह्याट्रिक’ गरेका तामाङको दिनचर्या सामान्य छ । एक पटक सांसद हुँदा नै हाईफाई देखाउने जस्तो बानी उनमा छैन । उनका छोराहरू कुखुरा पालेर बसेका छन् । सांसद, मन्त्रीका छोराहरू अमेरिका, अस्ट्रेलिया बस्ने गर्छन् तर तामाङका छोरा जीविकोपार्जनका लागि कुखुरा पाल्छन् ।

एकपटक चुनाव जितेपछि ३ पुस्तालाई पुग्ने गरी कमाउनुपर्छ भन्ने मानसिकता यतिबेला बढेको उनले बताए । ‘पहिला संसद् संसद् जस्तो थियो, अहिले संसद् भवनभित्र भएका गतिविधि देख्दा अचम्म लाग्छ ।’ उनी साहित्य लेखनमा पनि सक्रिय छन् । ७१ वर्षका तामाङले आफैं कम्प्युटरमा टाइप समेत गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x