×

NMB BANK
NIC ASIA

व्यक्तित्व

पहिचानको पहिरन !

जो संसदमा सधैं देखिनेछन् कछौटी र पौवाको टकटक आवाजमा

पुस २३, २०७९

NTC
Premier Steels

लुम्बिनी प्रदेश सभामा युवा सांसदको उपस्थिति बलियो छ । ८७ सदस्यीय प्रदेशसभामा २६ सांसद ४० वर्षमुनिका छन् ।

Muktinath Bank

तिनैमध्ये पर्छन् बर्दियाका धर्मबहादुर चौधरी र राजकुमार चौधरी । नागरिक उन्मुक्ति पार्टी बर्दिया २(२) बाट निर्वाचित ३६ वर्षीय धर्मबहादुर र बर्दिया १(२) बाट विजयी भएका ३१ वर्षीया राजकुमारले प्रदेश सभामा पहिलो दिन प्रवेश गर्दा सबैको ध्यान खिचे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थारू विद्रोहको रापतापबाट उदाएको उन्मुक्ति पार्टीका सांसदद्वय पद तथा गोपनियताको शपथ लिन प्रदेशसभा भवन दाङको राप्ती उपत्यका पुग्दा अन्यभन्दा रोचक र भिन्न देखिएका थिए । सुनिन र देखिन छाडेको थारू समुदायको पहिचानको पहिरन काठको चप्पल (थारु भाषामा काठको चप्पललाई पौवा भनिन्छ), कछौटी, थारू टोपी, भोटो अनि गलब्दीसहित हातमा रेकर्ड फाइल बोकेर उनीहरू देखिएका थिए । थारू समुदायको मौलिक पहिचान झल्किने भेषभूषामा सजिएर संसद छिर्दा उनीहरू आकर्षणको केन्द्र नै बने, उनीहरूसँग धेरैले फोटो खिचाए ।


Advertisment
Nabil box
Kumari

उन्मुक्तिका ३ सांसदले मातृभाषा थारूमा शपथ लिए । उन्मुक्तिकी सांसद निर्मलादेवी थारूले पनि मातृभाषामै शपथ लिएकी थिइन् । 

Vianet communication

‘हाम्रो पहिचानकै लागि स्थापना गरिएको पार्टी हो,’ राजकुमारले लोकान्तरसँग भने, ‘हाम्रो पहिरन ‘ठेट’ थारू पहिरन हो । म संसदमा सधैं यहीँ पोशाकमा देखिनेछु । म संसदमा बोल्दा यहीँ पोशाक लगाएर बोल्नेछु । त्यसका साथै संसदमा मेरो सम्बोधन पनि सधैं थारू भाषामै हुनेछ । किनकि हाम्रो क्षेत्रका जनताले थारू भाषा बुझ्छन् ।’ हरेक मातृभाषालाई राष्ट्रभाषा संविधानले नै मानेको छ ।

सांसदहरूले लगाएका कपडा अहिले दुर्लभ भइसकेका छन् । थारूको कला संस्कृति बचाउन सधैं संसदमा आवाज उठाउने राजकुमार बताउँछन् । आफूले लगाएको पहिरन विशुद्ध थारू पहिरन भएको बताउँदै पार्टी संसदीय दलको प्रमुख सचेतक समेत रहेका राजकुमारले जनतासमक्ष आफूले गरेका वाचा नभुल्ने बताए । 

बारबर्दिया नगरपालिका–१० का उनी राजनीतिमा लागेको ४ महिनामै सांसद बन्ने युवा हुन् । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा ५ वर्ष बिताएर गत असारमा उनी घर फर्किएका थिए । 

‘यसअघि म कुनै पनि पार्टीमा थिइनँ । विदेशबाट फर्किएर नागरिक उन्मुक्ति पार्टीमा जोडिए । पार्टीमा जोडिएको छोटो समयमै सांसद भएँ,’ राजकुमार भन्छन्, ‘हाम्रो मुख्य माग टिकापुर घटनाका दर्जनभन्दा बढी राजबन्दीहरूलाई रिहाइ गर्नुपर्ने हो । यो आवाज हामी प्रदेश सभामा पनि सशक्त रूपमा उठाउँछौं । हाम्रो आवाज सुनुवाइ नभए आवश्यक परे संसद अवरुद्ध गर्न पनि पछि पर्ने छैनौं ।’

तराईका भूमिपुत्र थारू समुदायको मौलिक पहिचान र संरक्षणका लागि आफ्नै पहिरनमा प्रदेश सभामा ‘इन्ट्री’ गरिएको धर्मबहादुर बताउँछन् । ‘पहिरन पहिचानसँग र मातृ अधिकारसँग जोडिन्छ,’ उनी भन्छन्, ‘जाति विशेषको पहिचान पहिरनमार्फत जोगाउनुपर्नेछ । मौलिक पहिरन आफैंमा सुन्दर पनि छ । आफ््नो संस्कृति अँगालेपछि नै व्यक्तिको पहिचान स्पष्ट बन्छ ।’

समयको विकाससँगै संस्कृति र पहिचान हराउँदै/मासिँदै गएका छन् । पहिचानलाई जीवन्त र समृद्ध बनाउन जोडदार आवाज उठाउँदै जाने धर्मको भनाइ छ । 

पहिचानको राजनीतिले जहिले पनि उत्पीडित समुदाय, जो पहिचान गुमाउन बाध्य भएको हुन्छ, उसले राज्यमा आफ्नो अपनत्व खोज्छ, त्यसैले यो जातीय होइन, सहअस्तित्वको राजनीति रहेको धर्मले दाबी गरे ।

धर्मबहादुरको संसद यात्रा पनि झनै रोचक छ । उनी गत भदौमा मात्र नागरिक उनमुक्ति पार्टीमा जोडिएका हुन् । ‘भदौ २४ गते पार्टी प्रवेश गरें, कार्तिक १४ गते टिकट पाएँ, मंसिरको निर्वाचनबाट विजयी भएँ,’ धर्मबहादुरले लोकान्तरसँग भने, ‘हाम्रो मुख्य माग नै पहिचान हो । पहिचान भनेको भाषा, कला, संस्कृति र पहिरन सबै जोडिन्छ । नेपालका २५ लाख थारूको पहिचान स्थापित गर्नुछ ।’ 

आफूहरूले उठाएका पहिचानकै मुद्दाका कारण छोटो समयमै पार्टीप्रति जनलहर उर्लिएको धर्मको बुझाइ छ । ‘नागरिकले विकल्प खोजेका थिए,’ उनी भन्छन्, ‘त्यसको सेन्टिमेट हामीसँग आयो । युवाहरू हाम्रो पार्टीमा जोडिने क्रम अझै जारी छ ।’

धर्मबहादुर प्रदेशतर्फ देशभरबाट सबैभन्दा बढी दोब्बर मतान्तरले विजयी हुने नेता हुन् । उनले २० हजारभन्दा बढी मतले विजयी हुँदा उनका प्रतिस्पर्धीको मत १० हजार थियो । 

धर्मबहादुरले विगत लामो समयदेखि सुर्खेतको सुर्खेत मोडल कलेजमा स्नातकोत्तरसम्म अंग्रेजी विषयमा प्राध्यापन गर्थे । उनी पूर्णरूपमा प्राध्यापन पेशा छाडेर भदौदेखि राजनीतिमा लागे । अहिले प्रदेशसभा सदस्य भएपछि अब उनले दाङमै फेरि प्राध्यापन पेशामा जोडिन खोजेका छन् ।

उनी भन्छन्, ‘राजनीतिलाई पूर्ण रूपमा पेशा बनाउन हुँदैन । हाम्रो मुख्य मुद्दा न्यायको लडाइँ हो । संसदसँग यहीँ दाङमा डेरा लिएर ‘पार्ट टाइम’ पढाउने सोचमा छु ।’ थारूको उद्गम थलो दाङ हो । थारुका पूर्खाहरू दाङबाट कैलाली पुगे, कैलालीलाई पहिला मनहरा भनिथ्यो । त्यसपछि थारूहरू बर्दियामा पनि बसाइँ गर्न थाले । बर्दियालाई पहिला बुरना भनिथ्यो ।

दाङ, कैलाली, बर्दिया हुँदै अहिले थारु जाति देशका धेरैजसो जिल्लामा बसोबास गरिरहेका राजकुमारको भनाइ छ । महामानव गौतमबुद्धको जन्मभूमिमा शान्ति र न्याय दिन सक्नुपर्ने नागरिक उन्मुक्तिले बताउँदै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x