×

NMB BANK
NIC ASIA

लुम्बिनीको नेतृत्वमा पुनः एमाले हाबी

लीला गिरी तेस्रो मुख्यमन्त्री बन्ने तयारीमा

पुस २५, २०७९

NTC
Premier Steels

लुम्बिनी प्रदेशमा नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने भएको छ । यसअघि यहाँ पहिलो कार्यकाल पनि एमालेले नै गरेको थियो । एमालेको नेतृत्वमा नेकपा माओवादी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

Muktinath Bank

नेता गिरी एमाले पोलिटब्युरो सदस्य हुन् । लुम्बिनी प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल हो । एमालेका मात्रै २९ जना सांसद छन् । ८७ सदस्य प्रदेश सभामा सरकार गठनका लागि ४४ जना सांसद भए बहुमत पुग्छ । एमाले नेतृत्वको समीकरणमा स्वतन्त्रका दुई जना सांसदसमेत जोड्दा कुल ५४ जना हुन्छ। यो सुविधाजनक संख्या हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले संसदीय दलका नेता गिरीको नेतृत्वमा सरकार गठनका लागि मंगलबार पुस २६ गते मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी छ । त्यसको लागि अहिले सत्ता गठबन्धन दलको बैठक चलिरहेको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश प्रमुख शेरचनले तोकेको समयभित्रै बहुमत सांसदको समर्थनसहित सरकार गठनका लागि दाबी पेश गर्नेगरी तयारी भइरहेको एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमीश्वर ढकालले जानकारी दिए । उनले सत्ता समीकरणमा रहेका सबै दल र स्वतन्त्र समेतको समर्थनमा सरकार गठन र मन्त्रालयको भागबण्डालगायत आन्तरिक छलफल जारी रहेको बताए । 

Vianet communication

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) २९, नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ४, जसपा ३, लोसपा ३, एकीकृत समाजवादी पार्टी १, जनमोर्चा १ र अन्य (स्वतन्त्र) २ जना छन् । 

लुम्बिनीमा एमाले नेतृत्वको समीकरणविरुद्ध कांग्रेस, लोसपा, एकीकृत समाजवादी र जनमोर्चा छन् । कांग्रेसका २७, लोसपाका ३ तथा जनमोर्चा र समाजवादीका एक/एक जना सांसद छन् । समाजवादीले यहाँ प्रत्यक्षमा एउटा पनि सिट जितेको छैन । समानुपातिकबाट एक जना मात्र सांसद छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x