×

NIC ASIA

संसदको पहिलो दिनको दृश्य नै सरकार नटिक्ने देखियो : गगन थापा

पुस २५, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतीको विषय भएको बताएका छन्। 

Muktinath Bank

सोमबार प्रतिनिधि सभा बैठकमा भाग लिन नयाँबानेश्वरस्थित संसद भवन पुगेका महामन्त्री थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारको स्थिरता चुनौतीको विषय भएको बताए। उनले अघिल्लो पटक वर्तमान सत्तारुढ गठबन्धनले गठबन्धन जोगाउन नसकेको भन्दै यसपटक पनि गठबन्धन टिक्नेमा आशंका व्यक्त गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन अगाडि एउटा गठबन्धन पछि अर्को गठबन्धनस्वरूप भएकाले पनि सरकारको स्थिरतामा चुनौती भएको उनको भनाइ छ। महामन्त्री थापाले अहिलेको निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछि सरकार बन्ने र बदलिने कुरालाई सामान्य रुपमा लिनुपर्ने पनि बताए। महामन्त्री थापाले संसदको पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सम्बोधनले उनीहरूबीच विग्रहको बीजारोपण भएको टिप्पणी गरे।


Advertisment
Nabil box
Kumari

ओलीले अघिल्लो प्रतिनिधि सभा विघटनलाई प्रतिगामी भन्नेहरू नै प्रतिगामी हुन भनेको भन्दै सो कुरा नै विग्रहको कारण बन्न सक्ने उनको भनाइ छ । उनले भने, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालको प्रधानमन्त्रीलाई एउटा अवस्थामा भने बडो अफ्ठ्यारोमा पार्नुभएको मैले याद गरें। प्रतिनिधि सभा विघटन गरेको कुरा सोह्रैआना सत्य थियो । त्यो जनताको पक्षमा थियो । त्यसलाई प्रतिगामी भन्नेहरू नै प्रतिगामी हुन् भन्दैगर्दा हालका प्रधानमन्त्रीले टेबुल ठोकौँ कि नठोकौँ भनेर अलमलमा परेको देख्दै गर्दा मलाई अलिकति सहानुभूति प्रकट गर्न मन लाग्यो ।

Vianet communication

यसमा सामान्य अलमल देखिए पनि यसलाई आफूले सामान्य नमानेको उनले बताए। 'किनकि यो विषयको हल नगरीकन, यो विषयबारे एकपटक पनि छलफल नगरीकन, सामान्य शुभेच्छा पनि नगरीकन दुई वटा पार्टी एकठाउँ जोडिनुभएको छ । आजको पहिलो बैठकमा उहाँहरूले गरेको सम्बोधनले के संकेत गर्छ भने योभन्दा अघिल्लो प्रतिनिधि सभामा उहाँहरूबीच बिग्रहको कारक बन्यो । यो विषयको बीजारोपण आज फेरि भयो । यो नै उहाँहरूबीच बिग्रहको कारक बन्छ।

महामन्त्री थापाले सरकारले सरकारको भूमिका र प्रतिपक्षले प्रतिपक्षको मूमिका इमानदारीतापूर्वक निर्वाह गरे संसदमा कुनै पनि समस्या नआउने बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x