×

NMB BANK
NIC ASIA

संसदको पहिलो बैठकमा सम्हालिए नेताहरू, रवि लामिछाने र सीके राउतको उत्साहपूर्ण सम्बोधन

पुस २५, २०७९

NTC
Premier Steels

मंसिर ४ को निर्वाचनपछि सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरु अपवादबाहेक शालीन ढंगले प्रस्तुत भएका छन् । यस्तै नयाँ पार्टीका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सीके राउतले उत्साहपूर्ण सम्बोधन गरे । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने सामान्य घोचपेचमा उत्रिए । 

Muktinath Bank

प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय प्रतिनिधित्वको आधारमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले शीर्ष नेताहरूलाई बोल्न समय दिएका थिए । सो क्रममा नेताहरु सम्हालिँदै शालीन ढंगले प्रस्तुत भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकको सुरुवातमा बोल्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा नयाँ दल र अनुहार संसदको पुँजी रहेको भन्दै जनताको परिवर्तनको आशाप्रति ऐक्यबद्धता जनाए ।  
‘जनताको हामीमाथि सशर्त जिम्मेवारी छ । निःशर्त छैन । सुशासन दिन सक्छौं । जनताको जीवनलाई सार्थक बनाउन सक्छौँ कि सक्दैछौ । हामीमाथि असाधारण अपेक्षा छ भन्ने बिर्सन हुँदैन । हामी निरन्तर जनताको निगरानीमा छौं ’ प्रचण्डले भने, ‘संसदमा नयाँ दल र अनुहार थपिनुभएको छ । नयाँ दल र अनुहारको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभुताको जित हो । केही नयाँ गर्ने हुटहुटी हुनु यो संसदको पूँजी हो । केही हुँदैन भन्ने हीन भावनाको ठाउँमा आशा र उत्साह जगाउने काम भएको छ ।’ 


Advertisment
Nabil box
Kumari

प्रचण्डले नयाँ संसदसँग राष्ट्र र जनताका असाधारण अपेक्षा रहेको भन्दै कसैप्रति पनि असन्तुष्टि र अरुचिको संकेत गरेनन् । बरु नयाँ संसद परीक्षाको केन्द्र भएको भन्दै नसच्चिए नयाँ वेगले परम्परागत दललाई अप्ठ्यारो पार्ने संकेत उनले गरे । 

Vianet communication

मुखैमा आएको सत्ता गुमाउनुपरेको पीडा संसदको सबैभन्दा ठूलो दलका रुपमा रहेको कांग्रेस सभापति शेरबहादुर देउवाले देखाएनन् । लोकतन्त्र र विकासका लागि संविधानको रक्षाका साथसाथै नैतिक आचरणले देश र जनतालाई बलियो बनाउने टिप्पणी गरे । 

देउवाले संसदलाई धेरै अभिभारा भएको भन्दै रचनात्मक बन्नुपर्ने जिम्मेवारी भएको आएको समेत बताए । ‘नयाँ संसदले संविधानको रक्षा, कार्यान्वयन र गणतन्त्रको  सवलीकरणको योगदान गर्न सक्नुपर्छ’ देउवाले भने, ‘हामी सबै सफल हुन सकौं ।’ देउवाको यो अभिव्यक्ति दुईपटक प्रतिनिधिसभा विघटन गर्ने एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित थियो  । 

देउवापछि बोलेका ओलीले यसप्रति तत्काल प्रतिक्रिया नदिने तर पछि बोल्ने बताए । देउवाले आफू १८ महिनाअघि अप्रत्याशित रुपमा प्रधानमन्त्री बन्नुपरेको प्रसंगप्रति भने ओलीले फरक मतको संकेत गरे । शुभकामना दिने पहिलो बैठक जवाफ फर्काउने थलो नभएको भन्दै ओली पन्छिन खोजेका थिए । तर पनि उनले नयाँ गठबन्धनको पक्षपोषण गर्दै प्रतिनिधिसभा भंग गर्ने कदमको बचाउमा समय खर्चिए ।

‘प्रतिनिधिभसा भंग गरिनु प्रतिगमन होइन बरु जनताको अधिकार खोनिुचाहिँ प्रतिगमन हो’ ओलीले भने, ‘जनताको अभिमत लिन जनतामा जानु र सार्वभौमसत्ताबाट आदेश पाउनु प्रतिगमन होइन’ ओलीले थपे, ‘संसदबाट सरकार बन्नु र ढल्नुलाई प्रतिगमन भनिँदैन । बरु अन्तैबाट सरकार ढाल्न खोजिन्छ भने त्यसलाई प्रतिगमन भन्छन् ।’ अहिलेको सरकारले विश्वासको मत पाउनेमा कुनै शंका नरहेको पनि उनले दाबी गरे । तर जनतालाई परिवर्तनको बोध गराउन सक्नु सबैभन्दा ठूलो चुनौती देखिएको उनको भनाइ थियो । 

ओलीपछि बोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि पहिलो सम्बोधनमा उत्तिकै विनम्र र संयमित देखिए । नयाँ पार्टीलाई विश्वास गरेको भन्दै आम मतदातालाई धन्यवाद दिएका लामिछानेले आफूहरूले पाएको मतलाई निराशा मात्रैको मत भनेर नबुझ्न आग्रह गरे ।  ‘कतिपयले तपाईंहरुको प्राप्त गर्नुभएको मत निराशाको मत हो भन्नुभएको छ । तर म जनताले दिएको मतलाई आशाको मत हो भन्छु । यो हाम्रो दलको लागि मात्रै होइन’, उनले भने, ‘सम्पूर्ण दलमाथि गरिएको आशाको मत हो । योपटक जनताले जानेर वा नजानेर जसरी मत दिएका छन् । यसमा हामी जस्ता दललाई नमात्तिने गरी र पुरानालाई सच्चिने गरी मत दिनुभएको छ । यसलाई स्वीकार गरेर जानुपर्छ ।’ 

घण्टीको ध्वनीलाई संसदले सुन्ने भन्दै गृहमन्त्रसमेत रहेका लामिछानेले भ्रष्टाचारविरोधी अभियान चलाउने उद्घोष गरे । आफ्नो मिसन उत्साही जनतालाई नतिजा दिएर अघि बढ्ने रहेको भन्दै  लामिछानेले काम गर्न नदिए एमाले र माओवादीको गठबन्धनमा टाँसिएर बसिरहने पक्षमा आफू नभएको पनि बताए । 

यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी अस्थिरताको कारक नबन्ने बरु आफूहरूले पाएको मतलाई पनि स्वीकार्न अन्य दलहरुलाई आह्वान गरे । 
‘हामी कसैले कसैलाई निषेध गरेर मात्रै अगाडि बढ्छु भन्ने अवस्था छैन । देशलाई शिरमा राखेर समस्या सामूहिक रुपमा समाधान गर्न अग्रसर हुन सकौं,’ उनले भने, ‘राप्रपा संसदमा यही जनादेश बमोजिम राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहका मुद्दामा विगतमा झैं दृढताका साथ उभिनेछ । राप्रपा मुलुकमा अस्थिरताको कारक बन्ने छैन ।’ 

जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले नागरिकताको सवालमा मधेसले अझै विभेद सिकार हुनुपरेको भन्दै यसको सम्बोधन गर्न आग्रह गरे । नागरिकता विधेयक तुरुन्तै पारित गरेर वातावरण बनाउनुपर्ने उनको मत थियो । 

चुनावबाट राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने आफूहरू छिनछिनका सरकार परिवर्तनको खेलमा नलाग्ने बताए । उनको अभिव्यक्तिले एकीकृत समाजवादीले मंगलबार प्रचण्डलाई विश्वासको मत दिन खोजेको हो कि भन्ने भान दिन्थ्यो । बरु उनी केपी ओलीले पटकपटक गरेको संसद विघटनविरुद्ध बोले । 

यस्तै संसदमा पहिलो पटकको प्रस्तुतिमा जनमत पार्टीका सिके राउत संयमित देखिए । कुनै समय स्वतन्त्र मधेसको नाममा अभियान चलाएका राउतले गणतन्त्र, संघीयता र लोकतन्त्रले देश र नागरिकलाई बलियो बनाउने बताए । 

‘मेरो नाम लिनै निषेध गरिएको ठाउँमा म आज आउन सफल भएको छु । हामीभित्र देखिएको आवेग जनताभित्र रहेको परिवर्तनको आकांक्षा हो । यसलाई ऊर्जाको रुपमा परिमार्जन गर्न सकौँ । सकारात्मक परिवर्तन गरौं भन्ने आशा र विश्वासले म यहाँ आएको छु’ राउतले भने, ‘विश्वकै उत्कृष्ट व्यवस्था गणतन्त्रलाई संस्थागत गर्न जनमत सधैं तत्पर छु । मधेसमा पहिले नै गणतन्त्र थियो तर खोसियो । खोसिएको गणतन्त्र फेरि प्राप्त हुँदा नागरिकको छोरा पनि आज उच्च पदमा पुग्न सक्छ । यसैले गणतन्त्र, संघीय र लोकतन्त्रप्रति हाम्रो उच्च सम्मान छ ।’

राउतपछि बोलेकी नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले टीकापुर घटना बन्द कोठामा नघटाइएको भन्दै रेशम चौधरीलगायतविरुद्ध झुठा मुद्दा लगाइएको आरोप लगाइन् । टीकापुर घटनामा सहभागी नभएका चौधरीलाई मुद्दा लगाएर जेल हाल्नु प्रतिशोध भएको उनले बताइन् । कांग्रेस, एमाले र माओवादी जस्ता ठूलो दलको नेता नहुँदाको कारण चौधरी जेलमा रहेको भन्दै उनको रिहाई आफ्नो बटमलाइन भएकोसमेत प्रष्ट्याइन् । 

यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले गणतन्त्र, संघीयता जस्त मुद्दा अघि सारे पनि दलका नेताले भ्रष्ट मानसिकता अझै नगएको आरोप लगाए । नेताहरूले सत्ता र शक्तिको दुरुपयोग गरेकै कारण मन्त्री, नेता र सांसदप्रति नागरिकमा सम्मानभाव नरहेको उनले बताए । 

यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदलाई प्राज्ञिक थलो बनाउन माग गरे । संसदलाई सरकारको रबर स्ट्याम्प नबनाउन पनि उनले आग्रह गरे ।    

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x