×

NIC ASIA

सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रगति सार्वजनिक

पुस २६, २०७९

Prabhu Bank
NTC
Premier Steels

सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षे कार्यकालमा सडक, सिँचाइ, खानेपानी, कृषि र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय काम भएको जनाएको छ । 

Muktinath Bank

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री त्रिलोचन भट्टले यो अवधिमा चार सय  किलोमिटर सडक कालोपत्रे, सात सय ६९ किमी सडक ग्राभेल र एक हजार २३ किमी कच्ची सडक निर्माणमा सफलता मिलेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रगति विवरणमा प्रदेश सरकारले काम थालेपछि ५२ मोटरेबल पुल निर्माण पूरा हुनुका साथै चालु वर्षको अन्त्यसम्ममा थप दुई सय किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न हुने चरणमा रहेको जनाइएको छ । 
 
सिँचाइतर्फ ३० किलोमिटर सिँचाइ कुलो निर्माण, दुई लाख बढी नागरिकलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध र शिक्षातर्फ एक सय ३३ विद्यालयका भवन निर्माण पूरा गरिएको उल्लेख छ ।  
  
प्रगति विवरणमा सेती प्रादेशिक अस्पताललगायतका अस्पतालमा स्वास्थ्य उपकरणको व्यवस्थाका साथै भवनलगायतका पूर्वाधार जुटाइएको, कृषितर्फ भएका गतिविधिले झण्डै पाँच सय नागरिकले रोजगारी पाएको, बीउबिजन उत्पादनमा उपलब्धि हासिल भएको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

“पाँच वर्षमा प्रदेशको राजधानी घोषणा र नामकरण भयो, सङ्घीय सरकारले भूमिको स्वामित्व प्राप्तिमा सहयोग नगर्दा भने राजधानीका संरचना निर्माणको काम अगाडि बढ्न सकेन”, मुख्यमन्त्रीले थपे, “सुरुमा हामी आउँदा पूर्वाधार, कानून, कर्मचारीको अभाव भए पनि पाँच वर्षमा सङ्घीयताको आधारशीला स्थापना गर्न सफल भएका छौँ ।” 

Vianet communication

गएको पाँच वर्षमा अन्य कतिपय प्रदेशमा मुख्यमन्त्री फेरिएर राजनीतिक अस्थिरता देखिए पनि त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम सरकार पूरै अवधि काम गरेको छ ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x