×

NMB BANK
NIC ASIA

को–को छन् एमालेबाट मन्त्रीका मुख्य दाबेदार ?

पुस ३०, २०७९

NTC
Premier Steels

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारमा सत्तारूढ दलहरू जोडतोडका साथ लागिपरेका छन्।

Muktinath Bank

यसकै लागि पृथ्वीजयन्तीका दिन प्रचण्ड आफू निर्वाचित जिल्ला गोरखाबाट फर्किएलगत्तै नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै मुख्य मुद्दा सरकार विस्तारकै लागि एमाले अध्यक्ष ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।


Advertisment
Nabil box
Kumari

एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री भइसकेका छन् । ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई मन्त्री चयन भइसकेका छन् ।

Vianet communication

तर यिनीहरूलाई जिम्मेवारी तोकिएको छैन । ११ पुसमा यी ३ मन्त्रीले शपथ लिएका थिए । तर अहिलेसम्म मन्त्रालयको जिम्मेवारी भने पाएका छैनन् । यी तीन जनासँगै जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पनि मन्त्रीमा शपथ लिए पनि जिम्मेवारी पाएका छैनन् ।

एमालेले यसपटक अहिलेसम्म मन्त्री नभएका र दुईपटक जितेर पनि अवसर नपाएकालाई मन्त्री बनाउने तयारी गरेको अध्यक्ष ओलीनिकट स्रोत बताउँछ ।

लगातार दुईपटक चुनाव जितेर मन्त्री नबनेकामा कास्कीकी विद्या भट्टराई र पर्वतका पदम गिरी छन् ।

यी दुवैको भूगोल एउटै प्रदेश परेकोले दुईमध्ये एक जनाको मात्रै मन्त्री बन्ने सम्भावना रहेको बताइन्छ ।

रवीन्द्र अधिकारीको मृत्युपछि विद्याले उपचुनाव जितेकी थिइन् । यसपटक पनि चुनाव जितेपछि उनी मन्त्रीका लागि बलियो दाबेदार हुन् । तर विद्याले मन्त्रीका लगि यसपटक सुनसरीमा विजय गच्छदारलाई पराजित गरेकी भगवती चौधरीसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने बताइन्छ । यी दुईमध्ये एकलाई एमालेले मन्त्रीमा अघि सार्ने बुझिएको छ ।

टोपबहादुर र लुम्बिनीबाट सूर्य दाबेदार

लुम्बिनी प्रदेशबाट टोपबहादुर रायमाझी पहिलोपटक चुनाव जितेका सूर्य थापा मन्त्रीका लागि दाबेदार देखिएका छन् ।

अर्घाखाँचीबाट चुनाव जितेका टोपबहादुर र प्युठानबाट प्रतिनिधिसभाको चुनाव जितेका दुवै प्रचण्डका आलोचक हुन् । यसैले यी दुवैलाई प्रचण्डले एमालेले मन्त्रीका लागि सिफारिस नगरोस् भन्ने चाहना राखेको एमाले स्रोत बताउँछ ।

‘रायमाझी प्रचण्डका आलोचनक हुन् । थापाले पनि प्रचण्डलाई नै गाली गरेर राजनीतिक उचाइ प्राप्त गरे भन्ने छ’, एमाले स्रोत भन्छ, ‘यसैले यी दुवैलाई एमालेले मन्त्रीका रुपमा नपठाए हुन्थ्यो भन्ने प्रचण्डको अपेक्षा भएको बुझेका छौं ।’

तर एमालेले निर्णय गरेर पठाउँदा प्रचण्ड रोक्न सक्ने अवस्थामा छैनन् । रायमाझीले पटकपटक अवसर पाएका छन् । तर पहिलोपटक चुनाव जितेका थापा यसपटक मन्त्रीका लागि सबैभन्दा बढी इच्छुक छन् । अध्यक्ष केपी ओली र उनका विश्वासपात्र नेता विष्णु रिमालसँग थापाको राम्रो सम्बन्ध रहेको बताइन्छ । यसैले यसपटक थापाको पनि मन्त्री बन्ने सम्भावना उत्तिकै छ।

बाग्मतीमा एमाले सांसदमा जित्नेमा काभ्रेबाट गोकुल बाँस्कोटा, काठमाडौंबाट कृष्णगोपाल श्रेष्ठ, मकवानपुरबाट महेश बर्तौला र ललितपुरबाट प्रेम महर्जन छन् ।

यी चारमध्ये एक जना मन्त्री बन्ने बताइन्छ । कृष्णगोपाल पटकपटक मन्त्री भइसकेकोले फेरि पनि गोकुलको मन्त्रीमा सम्भावना बढी रहेको एमाले स्रोत बताउँछ । गोकुल मन्त्री नबन्दा मकवानपुरबाट चुनाव जित्ने बर्तौला पनि अर्का बलिया दाबेदार हुन् ।

यसपटक मन्त्रीका लागि योगेश भट्टराईले खासै रुचि देखाएका छैनन्।

तर पहिलोपटक चुनाव जितेका ठाकुर गैरे भने यसपटक मन्त्रीका लागि दाबेदार हुन् । पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री भइसकेका नेता हुन् । अन्य दुई प्रभावशाली नेता छविलाल विश्वकर्मा र गोकर्ण विष्ट छन् । विष्ट मन्त्रीका लागि दाबेदार हुन्, तर अध्यक्ष ओलीले उनलाई यसपटक अवसर दिने सम्भावना कम रहेको बताइन्छ ।

रघुवीर महासेठले सके आफू सभामुख हुने नभए श्रीमती जुलीकुमारी महतोलाई मन्त्री बनाउन खोजेका छन् । सिरहाबाट चुनाव जितेका लीलानाथ श्रेष्ठ पनि यसपटक मन्त्रीका लागि दाबेदार रहेको बताइन्छ । समानुपातिक सांसद रघुजी पन्त र एकनाथ ढकाल पनि मन्त्रीका लागि दाबेदार हुन्।

अध्यक्ष ओलीले महासचिव शंकर पोखरेल, उमहासचिव विष्णु रिमालसँग छलफल गरेर मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेका छन् । मन्त्रिपरिषद् विस्तारकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच शनिबार बिहान बालुवाटारमा छलफल भएको थियो ।

ओलीनिकट स्रोतका अनुसार आइतबारसम्म सबै मन्त्रीको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तार हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x