×

NIC ASIA

कर्णालीको सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित

माघ १, २०७९

Prabhu Bank
NTC
Premier Steels

कर्णाली प्रदेशसभाको सभामुख पदमा नेकपा (एमाले) की नन्दा गुरुङ निर्वाचित भएकी छन् ।

Muktinath Bank

प्रदेशसभाको आइतबार बसेको बैठकमा सत्तारुढ गठबन्धनकी उम्मेदवार गुरुङले २४ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुरुङलाई माओवादी केन्द्रका १३, एमालेका १० र राप्रपाका १ गरी २४ सांसदले मतदान गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा ३८ जना सांसदहरू मत विभाजन प्रक्रियामा सहभागी भएका थिए ।


Advertisment
Nabil box
Kumari

सभामुखको रुपमा बैठक सञ्चालन गरिरहेका ज्येष्ठ सदस्य हिक्मतबहादुर विष्ट र स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही मत विभाजन प्रक्रियामा सहभागी भएनन् ।

Vianet communication

प्रदेशसभा सदस्य गुरुङलाई कर्णाली प्रदेशसभाको सभामुख पदमा निर्वाचन गरियोस् भन्ने एमालेका यामलाल कँडेलको प्रस्तावमा माओवादी केन्द्रका नेता राजकुमार शर्माले समर्थन गरेका थिए । प्रदेशसभाका बहुमत सदस्यको मत परेकाले ज्येष्ठ सदस्य विष्टले गुरुङलाई प्रदेशसभाको सभामुख पदमा निर्वाचित भएको घोषणा गरेका थिए । 

नेपाली कांग्रेसले खड्गबहादुर पोखरेललाई सभामुखको रुपमा अघि सारेको थियो । पोखरेललाई कांग्रेसका १३ र नेकपा (एकीकृत समाजवादी) १ गरी १४ सांसदले मतदान गरेका थिए । पोखरेललाई सभामुख पदमा निर्वाचित भएको प्रस्ताव अस्वीकृत भएको थियो । उनलाई कांग्रेसका सांसद पूर्णबहादुर खत्री प्रस्ताव र विजया बुढाले समर्थन गरेका थिए ।

एमालेकी प्रदेश कमिटी सदस्य गुरुङ सुर्खेत वीरेन्द्रनगर २ निवासी हुन् । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभा सदस्य बनेकी हुन् । प्रदेशसभामा महिला सभामुख निर्वाचित हुने उनी पहिलो हुन् । प्रदेशसभाको अघिल्लो कार्यकालमा सात वटै प्रदेशमा पुरुष सभामुख थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x