×

NMB BANK
NIC ASIA

राजेन्द्र लिङ्देनको छलाङ, पहिलो पटकमै उपप्रधानमन्त्री

माघ ३, २०७९

NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन चौथो वरियताको उपप्रधानमन्त्री लिएर सरकारमा सहभागी भएका छन् ।

Muktinath Bank

पहिलोपटक सरकारमा सहभागी भएका लिङ्देनले शुरूमै उपप्रधानमन्त्रीको ‘पोर्टफोलियो’ पाएका छन् । गत वर्ष सम्पन्न राप्रपाको महाधिवेशनमा कमल थापालाई पराजित गरेर अध्यक्ष निर्वाचित भएपछि लिङ्देन चर्चामा आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्व पञ्चहरूको पार्टी राप्रपाको अध्यक्ष भएपछि पहिलो सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिले लिङ्देन चर्चामा आएका थिए । नेपाली कांग्रेसको महाधिवेशनमा अतिथि वक्ताको रूपमा उपस्थित लिङ्देनले देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थितिमा ‘गाउँमा राजनीतिक दलका नेतालाई चोर आयो भन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।


Advertisment
Nabil box
Kumari

लिङ्देनको अभिव्यक्तिलाई राजनीतिक दलका नेताले चर्को विरोध गरे पनि जनतामाझ छाप छाड्न सफल भए । ‘भ्रष्टाचार गर्नु आमाको खुन (रगत) खानु सरह’ भन्ने लिङ्देनको अर्को अभिव्यक्ति पूर्व पञ्चको पार्टी राप्रपालाई पुनर्जीवन दिने बुटी बन्यो । 

Vianet communication

दलहरूले प्रतिनिधि सभाको कार्यकाल लम्ब्याउने चालबाजी गरेपछि संसदबाट राजीनामा घोषणा गरेर हिँड्दा लिङ्देनले आफू संसदमा एक्लै नआउने बताएका थिए । २०७९ सालको चुनावमा लिङ्देन राप्रपाको पुरानो साख फर्काएर सत्ता समीकरणमा निर्णायक बने ।

नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई लगातार २ पटक पराजित गरेर संसदमा आएका लिङ्देन पहिलो प्रयासमै उपप्रधानमन्त्री बने । पार्टीमा कमल थापालाई विस्थापित गरेका लिङ्देन सरकारमा पनि कमल थापाको हैसियता फर्किए । 

२०७४ सालमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारमा कमल थापा उपप्रधानसहित ऊर्जामन्त्री थिए । प्रतिनिधि सभामा प्रत्यक्षमा ७ र समानुपातिकतर्फ ७ सहित १४ सिट रहेको राप्रपाले महत्त्वपूर्ण ३ मन्त्रालय हात पार्न सफल भएको छ । 

भ्रष्टाचारविरुद्ध अभिव्यक्ति दिएर चर्चामा आएका लिङ्देन आफैंले सरकारमा सहभागी हुने विषयलाई ‘अग्निपरीक्षा’ भनेका छन् । नेपालका खोला/नदीमा जलविद्युत्को लाइसेन्स हत्याउन देशबाहिरका शक्तिहरू समेत सक्रिय बनिरहेको अवस्थामा लिङ्देनले ऊर्जा मन्त्रालयको नेतृत्व लिएका छन् । 

राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिएपछि शहीदको शालिकमा माल्यार्पण गर्ने परम्परा तोडेर उनी शीतलनिवासबाट सिधै पशुपतिनाथ मन्दिर गए । लिम्बुको छोरा लिङ्देनको आदर्श भने सनातन हिन्दूराष्ट्रप्रति छ ।

शपथलगत्तै पशुपति मन्दिरमा गएर लिङ्देनले हिन्दूधर्मप्रति आस्था राख्ने जनताको मन जित्ने कोसिस गरेका छन् । संसदमा आदर्शवादी कुरा गर्ने लिङ्देनले मालदार मन्त्रालयलाई कसरी चलाउँछन् भन्ने कुरा सबैका लागि चासोको विषय बनेको छ । 

लिङ्देनका लागि एउटा चुनौती भने बाँकी छ, पार्टी जोगाउने । सत्ताकै कारण विगतमा राप्रपा पटक–पटक विभाजन हुने गरेको थियो । पार्टी विभाजनका लागि कमल थापा अहिले राप्रपामा छैनन् तर त्रिशंकु संसदमा मन्त्रीका लागि पार्टी विभाजन हुने खतरा कायम रहन्छ । 

लिङ्देनभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पहिलो पटकमै उपप्रधानमन्त्री बनेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x