×

NMB BANK
NIC ASIA

कर्णालीको उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने निर्वाचित

माघ ४, २०७९

NTC
Premier Steels

कर्णाली प्रदेशसभा उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् ।

Muktinath Bank

प्रदेश सभाको बुधवार बसेको बैठकले मत विभाजनका आधारमा प्रदेशसभा सदस्य न्यौपानेलाई उपसभामुख पदमा निर्वाचित गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारुढ दलका साझा उम्मेदवार न्यौपानेसँग नेपाली कांग्रेसकी इन्द्राकुमारी शाहीले प्रतिस्पर्धा गरेकी थिइन् । न्यौपानेको पक्षमा २४ र शाहीको पक्षमा १४ मत खसेको थियो ।


Advertisment
Nabil box
Kumari

न्यौपानेलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने माओवादी केन्द्रका कृष्ण जिसीको प्रस्तावमा एमालेका विनोदकुमार शाहले समर्थन गरेका थिए । प्रस्तावमा एमाले, माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीले मतदान गरेका थिए । शाहीको प्रस्तावक कांगे्रसका जीवनबहादुर शाही र समर्थक जानकी सिंह थिए ।

Vianet communication

उनले कांग्रेसका १४ सांसदको मात्र मत पाइन् । स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही तटस्थ बसेका थिए । दुवै प्रस्ताव निर्णयार्थ प्रस्तुतपश्चात सभामुख नन्दा गुरुङले उपसभामुखमा न्यौपाने विजयी भएको घोषणा गरेकी थिइन् ।

कालीकोट निवासी ४० वर्षीया न्यौपाने माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनी २०५७ सालदेखि माओवादीको भूमिगत राजनीतिमा आवद्ध भएकी थिइन् । उनी २०५९ सालमा जनमुक्ति सेनाको प्लाटुन कमाण्डर, कम्पनी कमिसार हुँदै बटालियन कमिसार समेत भएकी थिइन् । सेना समायोजनपछि पार्टी राजनीति रोजेकी थिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x