×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

सन्दर्भ : राष्ट्रपतिको चुनाव

राष्ट्रपतिमा प्रचण्डले खोजेको समझदारीको अन्तर्य– एमालेबाटै सहज पात्र !

काठमाडाैं | माघ ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दैनिकजसो भेटवार्ता भइरहेको छ । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई ‘अनपेक्षित’ ढंगले  विश्वासको मत दिएपछि यी दुई नेताबीच भेटघाटको रफ्तार अझै बढ्यो । एकातिर आशंका र अर्कातिर सम्बन्ध सुमधुर राखिरहने प्रयास स्वरूप कहिले प्रचण्ड बालकोट (एमाले अध्यक्ष ओलीको निवास) पुग्ने त कहिले ओली बालुवाटार (प्रधानमन्त्रीको सरकारी निवास) पुग्ने क्रम चल्यो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

विश्वासको मत लिएको एक सातामा प्रचण्ड दुईपटक बालकोट पुगे । विश्वासको मत लिएको भोलिपल्ट पुस २७ गते गोरखा पुगेका प्रचण्ड काठमाडौं फर्केर विमानस्थलबाट सिधै बालकोट गएका थिए ।

बजारमा उत्पन्न अविश्वास हटाउन प्रचण्ड र ओली एउटै सोफामा कसिएर बसेको तस्वीर सार्वजनिक भयो । ‘लन्च मिटिङ’का लागि माघ २ गते प्रचण्ड फेरि बालकोट पुगेर बरन्डामा घाम तापेको तस्वीर सार्वजनिक भयो ।


Advertisment
cg elex island
Saurya island

पुस २७ पछि ओलीपनि पटक–पटक बालुवाटार पुगे । क्याबिनेट विस्तारपछि यी दुई नेताको भेटवार्ता अघिल्लो साताजत्तिको बाक्लो त छैन, तर संवाद चलिरहेकै छ ।

Vianet communication
IME BANK INNEWS

‘कांग्रेसले विश्वासको मत दिएपछि बाहिर प्रचण्डले एमालेलाई धोका दिन्छन् भन्ने एक खालको हल्ला फैलियो, त्यो अविश्वास हटाउन बाक्लो भेटघाट भएको देखिन्छ,’ माओवादी केन्द्रका एक प्रभावशाली नेताले लोकान्तरसँग भने, ‘राष्ट्रपति, सभामुखको निर्वाचन र मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल भएका थिए ।’

मन्त्रिपरिषद्ले मंगलवार लगभग पूर्णता पाएको छ । बिहीवार सभामुख पनि चुनिएका छन् । एमालेका देवराज घिमिरेलाई सभामुख बनाउने प्रस्तावको समर्थन माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले गरेका थिए । प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्दा हस्ताक्षर गरेका दल र सांसद एकजुट हुँदा एमालेका घिमिरे सहजै सभामुख चुनिए ।

सभामुखको निर्वाचनसँगै अब राष्ट्रपतिको निर्वाचनबारे चासो शुरू भएको छ । संविधानतः यही माघको २८ गतेभित्र राष्ट्रपतिको निर्वाचन हुनुपर्छ । वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ मा समापन हुँदैछ । कार्यकाल सकिनुभन्दा १ महिना अगावै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सत्ता गठबन्धनमा राष्ट्रपति एमालेलाई दिने सहमति भएको छ । अहिले सत्ता गठबन्धनमा रहेका दलहरू एक ठाउँमा रहँदा राष्ट्रपतिमा सहज बहुमत पुग्छ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य मतदाता रहने राष्ट्रपति निर्वाचनमा मुलुकको तेस्रो र सत्तारुढ दल माओवादीको मत निर्णायक हुने देखिन्छ ।

वर्तमान सत्ता गठबन्धन तोड्ने मिसनमा रहेको कांग्रेसले आफ्ना सम्पूर्ण रणनीति राष्ट्रपति निर्वाचनका लागि केन्द्रित गरेको छ । सत्ताबाट बाहिर रहेका दललाई एकजुट बनाउँदै अगाडि बढेको कांग्रेसले सत्ता गठबन्धनबाट माओवादीको भोट तान्न सके राष्ट्रपति चुनाव जित्ने र गठबन्धन पनि टुट्ने आशा राखेको छ ।

त्यसो त आफूलाई कांग्रेसले विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डले पनि सकेसम्म सहमतिमै राष्ट्रपति चयन गर्ने बताउँदै आएका छन् । सोही भनाइबाट कांग्रेस आशावादी भएको देखिन्छ ।

कांग्रेसको पैँचो केले तिर्ने ? 

संसदीय राजनीतिमा दुर्लभै हुने घटना जो प्रचण्डले व्यहोरे, परन्तु संसदीय अभ्यासमा १५ वर्ष बिताए पनि प्रचण्ड आफूलाई संसदवादी भन्न रुचाउँदैनन् ।

प्रमुख प्रतिपक्षी दलको असली हैसियत बिर्सेर पुस २६ गते कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो । कांग्रेसको मत प्रचण्डलाई बोझ सावित भएको छ । शनिवार सम्पादकहरूसँगको भेटमा प्रचण्डले पुस २६ पछि कांग्रेसप्रति पनि आफ्नो दायित्व बढेको बताएका थिए ।  

प्रचण्डले काम गरुन्, देशको विकास होस्, देशमा राजनीतिक स्थिरता कायम होस् भनेर कांग्रेसले प्रचण्डलाई भोट दिएको होइन । कांग्रेसको एउटै मक्सद हो– एमाले र माओवादीको गठबन्धन भत्काउनु र तत्काल सत्ता फेरबदल सम्भव नभए पनि सम्भावनाको ढोका खुलै राख्नु । भविष्यमा सत्तामा पुग्ने सम्भावना जीवित राख्न कांग्रेसले राजनीतिक मूल्यमान्यता बिर्सेर सरकारलाई समर्थन थोपर्‍यो । प्रचण्डलाई बोझको भारी बोकाइदियो । 

विश्वासको मत लिने अघिल्लो दिन सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका प्रचण्डसामु कांग्रेसले कुनै बाध्यकारी शर्त राखेको थिएन, न त प्रचण्डले कांग्रेसलाई कुनै आश्वासन दिएका थिए ।

‘विगतमा माओवादीको समर्थनमा सरकार सञ्चालन गरेको र भविष्यमा पनि सहकार्यको बाटो खुला राख्नका लागि विश्वासको मत दिइएको हो,’ त्यो भेटबारे भित्री सूचना राख्ने संस्थापननिकट एक नेताले लोकान्तरसँग भने, ‘हामी बसेर चिया खाँदा ओलीजी (केपी ओली)लाई तनाव हुन्छ भने हामी एकदुईफेर फेरि बस्छौं ।’

‘शीतल निवासमा बालकोटको 'रबर स्ट्याम्प'भन्दा ओली कमरेड र आफू दुवैलाई राखेर कुरा गर्न सक्ने अनि दुवैलाई स्वेच्छाचारी बन्न नदिने खालको पात्र आओस् भन्ने उहाँको चाहना हो,’ ती नेताले भने, ‘नेकपाकालको तीतो अनुभवका कारण पनि प्रचण्ड कमरेडले सहज पात्रका लागि दबाब बढाउनुभएको बुझ्न सकिन्छ ।’

विश्वासको मत दिनका लागि कुनै शर्त नराखिएको भए पनि कांग्रेसका कतिपय नेताले राष्ट्रपति निर्वाचनमा माओवादीले आफ्नो उम्मेदवारलाई समर्थन गर्ने विश्वास गरेका छन् । संस्थापनइतरको नेतृत्व गरेका डा. शेखर कोइरालाले पुस २८ गते विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डलाई विश्वासको मत दिनुको कारण खुल्दै जाने बताएका थिए । उनको संकेत राष्ट्रपति निर्वाचनमा माओवादीले कांग्रेसलाई समर्थन गर्छ भन्ने थियो । 

प्रधानमन्त्रीलाई विश्वासको मतबारे कांग्रेस तटस्थ बस्नुपर्छ भन्ने मान्यता राखेका कोइरालाले पछि पार्टी निर्णयानुसार प्रचण्डलाई विश्वासको मत दिए । पार्टीमा फरक मत राखेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि विश्वासको मत दिए, दलीय ह्वीपका कारण । 

परिस्थिति अनुकूल नभएपनि कांग्रेसका अन्य नेताहरू समेत राष्ट्रपति निर्वाचनमा माओवादीको समर्थन जुटाउन सकिने आशामा छन् । मंगलवार बालुवाटारमा भएको सर्वदलीय बैठकमा पनि कांग्रेस नेताहरूले कुनै संवैधानिक पद आफूहरूले पाउनुपर्ने आशय व्यक्त गरेका थिए ।

बुधवार सभामुखको उम्मेदवारी दर्तापछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले त शीतल निवासमा कांग्रेसले सिफारिश गरेको राष्ट्रपति आउने दाबी नै गरेका छन् ।

प्रचण्डले एमालेलाई धोका नदिने तीन कारण

बिहीवार सभामुखको निर्वाचन सकेर बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा सकेसम्म समझदारी बनाउन प्रयास गर्ने बताएका थिए । तर, एमाले अध्यक्ष ओलीले एमालेले अगाडि सार्ने उम्मेदवारमै समझदारी हुनुपर्ने बताएर कुनै खालको समझदारीको सम्भावनालाई नकारिदिएका छन् । कांग्रेस र एमाले दुवैले राष्ट्रपतिको उम्मेदवार अगाडि सार्ने अवस्थामा माओवादीको मत नै राष्ट्रपति चयनका लागि निर्णायक हुने देखिन्छ ।

पुस १० गते ‘रणनीतिक मुभ’ नचालेको भए प्रचण्डलाई तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न थप केही समय कुनुपर्ने थियो । रहर पूरा नहुन पनि सक्थ्यो । चतुर राजनीतिक खेलाडी प्रचण्ड विगतको कटुता बिर्सेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगे । 

प्रचण्ड बालकोट पुग्न एक घण्टामात्र ढिला गरेको भए या ओलीसँग इगो पालेर बसेको भए प्रचण्डले पाएको एमालेको समर्थन कांग्रेस सभापति शेरबहादुर देउवाले पाउने सम्भावना थियो । एमालेको समर्थन नपाए पनि संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने र एमाले–माओवादीबाहेक अरूलाई जोडजाड पारेर विश्वासको मत पाउने देउवाको रणनीति थियो ।

प्रचण्ड बालकोट पुगिसकेपछि पनि देउवाले ओलीलाई फोन गरेर दुई पार्टीले सत्ता साझेदारी गरौं भन्ने प्रस्ताव राखेका थिए । तर, त्यतिबेला ओलीले देउवाको कुरा सुनेनन् । त्यो दिनको बैठकमा सहभागी एमालेका एक नेताका अनुसार शुरूमा प्रचण्डले मलाई प्रधानमन्त्रीमा समर्थन गर्नुस् भन्न सकेका थिएनन् । ओलीले नै ‘तपाईं प्रधानमन्त्रीमा समर्थन खोज्न आउनुभएको होइन ?’ भनेर प्रचण्डको भावना बोलिदिएका थिए । ८९ र ७८ सांसद भएको दललाई पन्छाएर ३२ सीट पाएको दललाई प्रधानमन्त्रीको ढोका खोल्दिएकोमा प्रचण्ड ओलीप्रति ऋणी बनेका छन् । 

लगभग आफ्नो हातबाट गुमिसकेको प्रधानमन्त्री बन्ने सम्भावना ओलीकै कारण सम्भव भएकाले प्रचण्ड तत्काल यसलाई भत्काउने पक्षमा नरहेको माओवादीकै नेताहरू बताउँछन् । एमालेको समर्थनकै कारण उनी संसद्मा लगभग शत प्रतिशत समर्थन प्राप्त गरी प्रधानमन्त्री बन्न सफल भएका छन् । विश्वासको मत माग्ने क्रममा प्रचण्डले विगतको कमजोरी नदोहोर्‍याउने वाचा समेत गरेका थिए ।

एमाले र ओलीलाई प्रचण्डले धोका नदिने अर्को कारण हो– सैद्धान्तिक निकटता । चुनावमा कांग्रेससँग बाध्यात्मक तालमेल गरेपनि ‘भोट ट्रान्सफर’ नभएकोमा प्रचण्ड चिन्तित थिए । २०७४ सालमा एमालेबाट भोट ट्रान्सफर हुँदा माओवादीले प्रत्यक्षतर्फ ३६ सीट जितेको थियो । तर, कांग्रेससँगको तालमेलको नतिजा त्यसको आधा अर्थात् जम्मा १८ सीटमा सीमित भयो ।

माओवादी पार्टी संगठनमा भइरहेको निरन्तर क्षयीकरणका कारण प्रचण्डले एमालेसँगै पार्टी एकतासम्मको रोडम्याप बनाएको निकटस्तहरू बताउँछन् । भलै एमाले नेताहरूले तत्काल माओवादीसँग एकता भनिराखेका किन नहोउन् । कांग्रेसको एउटा पंक्ति नै आफूहरूलाई हराउन लागेको रिपोर्ट माओवादीका तल्ला कमिटीबाट पेरिसडाँडा र खुमलटारमा थुप्रिएको थियो । तिक्तता भुलेर बालकोट जानका लागि प्रचण्डलाई यही कारणले पनि बल दिएको थियो ।

अर्को आमनिर्वाचनअगावै प्रचण्डले माओवादको भारी बिसाउने चौतारो खोजिरहेको माओवादीकै नेताहरू स्वीकार्छन् । जनयुद्धको रापतापबाट आएको माओवादीप्रति शहरी जनमतको अनुदार व्यवहार र अन्य कम्युनिस्ट दलहरूसँग खासै ठूलो वैचारिक मतभेद नभएकाले पनि प्रचण्डले कि त समाजवादी केन्द्र बनाउने कि एमालेसँगै सहकार्य गरेर नेकपाकालीन बाटोमा फर्किने विषयलाई विकल्पमा राखेको माओवादी नेताहरू बताउँछन् । 

‘प्रचण्डजीलाई अहिले प्रधानमन्त्री बन्नुजत्तिकै भविष्यमा पार्टी संगठनको भारी बिसाउनु पनि छ । कांग्रेससँग चुनावी तालमेल गर्दा पनि उहाँको मन एमालेतिरै थियो, मात्र ओली कमरेडको तत्कालीन दम्भका कारण तालमेल सम्भव भएको थिएन,’ कांग्रेससँग चुनावी तालमेलको लबिङ गरेका माओवादीका एक प्रभावशाली नेताले लोकान्तरसँग भने ।    

प्रचण्डले एमालेसँगको सम्बन्ध नतोड्ने तेस्रो कारण हो– आफ्नै विश्वसनीयता कायम राख्नु । धेरै जनालाई प्रधानमन्त्री बनाएर रेकर्ड कायम गरेको दाबी गर्ने प्रचण्डको धैर्यता र अडानलाई लिएर बेलाबखत टिप्पणी हुने गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमा बिजुक्छेंले कुनै बेला टिप्पणी गरेका थिए, ‘प्रचण्ड बिहान एकथोक कुरा गर्छन्, दिउँसो अर्को र साँझ बेग्लै कुरा गर्छन्, उनको बोलीको के भर ?’

कहिलेकाहीँ व्यवहार पनि त्यस्तै देखिन्छ । २०७४ सालमा पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा छँदाछँदै प्रचण्डले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय लिए । २०७९ मा कांग्रेससँग चुनावी तालमेल गरेका प्रचण्डले सत्ता साझेदारी एमालेसँग गरे ।

‘क्रमभंगता’ गर्ने प्रचण्डको यही शैलीलाई कांग्रेस–एमालेका नेताहरूले प्रचण्डको अस्थिर र अवसरवादी चरित्रका रूपमा व्याख्या गर्ने गरेका छन् । 

तर, प्रचण्डको तर्क भने आफूले कांग्रेस र एमालेका नेतालाई पालैपालो प्रधानमन्त्री बनाए पनि आफूलाई अघि सार्नुपर्ने बेला धोका हुँदै आएको भन्ने थियो । आफूले कसैलाई धोका नदिएको उनको बुझाइ रहेको निकटस्थहरूको दाबी छ । त्यसो त प्रचण्ड कांग्रेससँगको गठबन्धन जोगियोस् भन्नेमा अन्तिमसम्म अडिग थिए । 

पूर्व सहमतिबाट पछाडि हटेर देउवाले अन्तिम समयमा धोका दिएको बुझाइले मात्र प्रचण्ड बालकोट जाने वातावरण बनेको स्वयं कांग्रेसका कतिपय नेता स्वीकार्छन् ।

सोही कारण आफूलाई प्रधानमन्त्री बनाउने एमालेलाई तत्काल प्रचण्डले धोका दिइहाल्नेमा कांग्रेसलाई पनि त्यति ठूलो विश्वास भने छैन ।

आफूमाथि लागेको अस्थिरताको आरोप खण्डन गर्न पनि प्रचण्डले यसपटक एमालेलाई धोका नदिने कांग्रेसका एक नेताको बुझाइ छ ।

आखिर के चाहन्छन् प्रचण्ड ?

एमालेलाई राष्ट्रपति दिन्छु भनेर प्रधानमन्त्रीमा समर्थन लिएका प्रचण्डले पछिल्लो समय राष्ट्रिय सहमति र समझदारीको कुरा गरिरहँदा प्रश्न उब्जिएको छ, आखिर प्रचण्ड चाहन्छन् चाहिँ के ?

प्रचण्डसँग निकट माओवादीका एक नेताको भनाइलाई विश्वास गर्ने हो भने प्रचण्डले एमालेबाट अलि सहज र समन्वयकारी पात्र राष्ट्रपतिको उम्मेदवार होस् भन्ने चाहेका छन् । ओलीसँग यो पात्र हुन्छ, यो पात्र हुँदैन भन्ने अवस्था नभएकाले पनि समझदारीको कुरा गरेर ‘प्रेसर क्रिएट’ गर्न खोजेको उनको दाबी छ ।

‘शीतल निवासमा बालकोटको 'रबर स्ट्याम्प'भन्दा ओली कमरेड र आफू दुवैलाई राखेर कुरा गर्न सक्ने अनि दुवैलाई स्वेच्छाचारी बन्न नदिने खालको पात्र आओस् भन्ने उहाँको चाहना हो,’ ती नेताले भने, ‘नेकपाकालको तीतो अनुभवका कारण पनि प्रचण्ड कमरेडले सहज पात्रका लागि दबाब बढाउनुभएको बुझ्न सकिन्छ ।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बिहीवार संसदबाटै प्रधानमन्त्रीलाई एमालेले पिंजडामा राख्न खोजेको बताएका थिए । माओवादीका ती नेता पनि आफू पिंजडामा परिन्छ कि भनेर प्रचण्ड सचेत रहेको स्वीकार्छन् ।

‘एमालेबाटै राष्ट्रपति बन्दा हामीलाई कुनै समस्या छैन । आगामी चुनावसम्मलाई हेरेर अगाडि बढाइएको सहकार्य हो । तर, आफूलाई काम गर्न असहज हुने हो कि, राष्ट्रपति तथा सभामुख दुवै एमालेबाट भएपछि आफूलाई धोका हुने हो कि भन्ने आशंका प्रचण्ड कमरेडमा देखिन्छ । उहाँको आशंकामा ओली कमरेडले कत्तिको आश्वस्त पार्नुहुन्छ, त्यसैले धेरै कुरा निर्धारण गर्नेछ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ ९, २०७९

दोस्रो विश्वयुद्धपछि संसारको आर्थिक प्रणालीमा प्रभुत्व जमाउँदै आएको अमेरिकी डलरले अहिले आएर चुनौतीको सामना गर्नुपरेको देखिन्छ । गैरपश्चिम ग्लोबल साउथमा नयाँ संगठनहरूको निर्माण हुँदै जाँदा डलरको हालीमुहाली चल्ने...

माघ ११, २०७९

विगत केही दिनयता युक्रेनमा एकपछि अर्को शीर्ष अधिकारीले पदबाट राजीनामा दिइरहेका छन् ।  मंगलवार (२४ जनवरी) मात्रै जेलेन्स्कीका एक सल्लाहकार, चारजना उपमन्त्री तथा पाँचवटा क्षेत्रका गभर्नरले राजीनामा दिएको ...

माघ ११, २०७९

प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा तेस्रो कार्यकालको कार्यभार सम्हालेको बुधवार ३० दिन पूरा भएको छ । प्रचण्डले सत्ता सम्हालेको ३० दिनमा देशमा सरकारको कामको प्रशंसाभन्दा अर्कै कु...

माघ ८, २०७९

भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी कन्याकुमारीबाट जम्मु कश्मीरसम्मको ‘भारत जोडो यात्रा’को अन्तिम चरणमा पुगेका छन् । आज १२६औं दिनमा उनी कश्मीरमा यात्रा गरिरहेका छन् ।  यस या...

माघ ८, २०७९

सभामुख तथा उपसभामुखको निर्वाचन सकिएपछि अब सबैको ध्यान राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएको छ । सभामुख तथा उपसभामुखको निर्वाचन संघीय संसद्ले गर्ने भए पनि राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव नि...

माघ ९, २०७९

अप्रत्याशित रूपमा १० पुसमा प्रधानमन्त्रीको कुर्सी मिलेदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अप्ठ्यारो र दबाबमा जेलिएका छन् । सत्ता स्वार्थको खिचातानीमा ३२ सीट जितेर पनि प्रधानमन्त्री बनेदेखि नै उनी...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x