×

NMB BANK
NIC ASIA

यातायातमा बेहाल : स्मार्टकार्ड नै नेदेखी नवीकारण गर्न बाध्य छन् सेवाग्राही

माघ ८, २०७९

NTC
Premier Steels

मोरङबका रामबाबु महतले २०७३ सालमा सवारी चालक अनुमति पत्र बनाउन फारम भरे।

Muktinath Bank

उनले १ वर्षपछि २०७४ सालमा मोटरसाइकलको लाइसेन्स लिन लिखित तथा ट्रायल परीक्षा दिए । उनी पास पनि भए । तर उनले अहिलेसम्म सवारी चालक अनुमति पत्र पाएका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कर भने तिरिरहेका छन् । पास भएपछि लाइसेन्स छपाइमा पठाउनुभन्दा अगाडि राजश्व अनिवार्य बझाउनुपर्छ ।


Advertisment
Nabil box
Kumari

स्मार्ट कार्ड २०७४ वाट शुरू भएको थियो । स्मार्ट कार्डको पहिलो लटमा पास गरेका रामबाबुले आफ्नो कार्ड हातमा नपरे पनि सरकारलाई कर भने बुझाएका छन् ।

Vianet communication

स्मार्ट कार्ड पाँच वर्षमा नवीकरण गर्नुपर्छ । उनले लाइसेन्स लिएको पाँच वर्ष २०७९ कात्तिक ५ गते पुगेको छ ।

महतले पुरानो राजश्व तिरेको कागज ल्याएर नवीकरण पनि गरे। सवारी साधन लाइसेन्स नपाए पनि पाउने आशामा नवीकरण भने गरिरहेका छन् ।

ट्राफिक प्रहरीले चेक जाँच गर्दा उनले त्यही कागज देखाइदिने गरेका छन् । उनलाई त्यति बेला कर्मचारीले एक वर्षमा स्मार्ट कार्ड आउने बताएका थिए ।

तर अहिलेसम्म उनको हातमा सवारी चालक अनुमति पत्र भने परेको छैन ।

रामबाबुको मात्र होइन, यस्ता समस्या धेरैको छ ।

यातायात कार्यालय इटहरीमा लाइसेन्स नै नदेखी नवीकरण गर्नेहरू दैनिक आउने गरेका छन् । दैनिक १० देखि १५ जना आउने गरेका यातायात व्यवस्था कार्यालय इटहरीका सूचना अधिकारी रामप्रसाद दाहालले बताए ।

स्मार्ट कार्ड छपाइका लागि १३ लट पठाइसकिएको उनले बताए । १ लटमा १० हजारको पठाउने गरेको दाहालले बताए । तर स्मार्टकार्ड भने तेस्रो लटको पनि पूरा आएको  छैन ।

उनले भने, ‘पहिला भारतबाट छपाइ हुँदा धेरै रद्द पनि भए, अहिले नेपालबाटै छपाइ गर्दा पहिलाभन्दा छिटो आउन थालेको छ ।’

यातायात कार्यालयहरू प्रदेश सरकारमातहत रहे पनि छपाइको काम भने विभागले गर्ने गरेको छ । 'बैंकहरूको एटीएम हप्ता दिनभित्रमा आउँछ,' एक कर्मचारीले भने, 'तर हाम्रोमा लाइसेन्स लिन एक वर्ष कुर्नुपर्छ ।' स्मार्ट कार्ड लाइसेन्स ६ महिनादेखि १ वर्ष सम्ममा सेवाग्राहीले पाउने गरेका छन्।

प्रधानमन्त्रीको निर्देशनले हटेन लाइन

गत पुस १९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवहरूलाई लाइनमा बस्नुपर्ने सास्ती एक महिनाभित्र हटाउन निर्देशन दिएका थिए । तर यातायात कार्यालयमा लाइनसमेत हटेको छैन ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहदानी, सवारीचालक अनुमति पत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत कर दस्तुर बुझाउने जस्ता सेवा लिन नागरिकले व्यहोरेका सास्ती हटाउन निर्देशन दिएको एक महिना बित्न लागे पनि पहिलाभन्दा सुधार भएको देखिएको छैन।

‘शुरू शुरूमा जस्तो लाइन नभए पनि बैंकमै पुगेर राजश्व बुझाउनुपर्ने कानुनी बाध्यताका कारण थप असहज भएको कर्मचारीहरू बताउँछन् ।

दिनको दुई घण्टाभित्र लाइसेन्ससम्बन्धी सबै काम हामी सक्छौं । बैंकमा ढिलो हुने गरेकाले लाइन लामो हुन्छ ।

'राहदानी लिन अनलाइन फारम भरेजस्तै अनलाइनबाटै राहदानीको व्यवस्था पूरा हुने हो भने लाइनमा बस्ने अन्त हुन्छ नत्र लाइन अन्त्य हुँदैन’, सूचना अधिकारी दाहालले भने ।

यातायात व्यवस्था विभागले सफ्टवेयर विकास गरेको भने पनि प्रभावकारी नहुँदा सेवाग्राही आफैं उपस्थित हुनुपर्ने बाध्यता अझै छ ।

फोटो खिचाउने, आँखाको परीक्षण गर्नेलगायत काम लागि सेवाग्राहीले कार्यालयमा अनिवार्य उपस्थित भएर गराउनुपर्छ।

यातायात व्यवस्था कार्यालय इटहरीका अनुसार दैनिक १ हजार सेवाग्राही कार्यालयमा आउने गरेका छन् ।

नयाँ दर्ता, नवीकरण कार्ड लिने, ट्रायल पास गरेपछि राजश्व बुझाउने तथा अन्य प्रशासनिक काम लिएर दैनिक १ हजार आउने गरेका कार्यालय प्रशासनले जनाएको छ। 

कागजको लाइसेन्सको नवीकरण गर्न आउनेलाई धेरै समय लाग्ने गरेको छ ।

लिखित र प्रयोगात्मक परीक्षा बाहेकका सबै काम गर्नुपर्ने भएकाले २ घण्टा लाग्ने कर्मचारीहरू बताउँछन् ।

लाइन नबसी काम गर्छौ भन्नका लागि सफ्टवेयरदेखि नै सुधार गरेर व्यवहारमा सुधार गर्नुपर्ने सूचना अधिकारी दाहालले बताए ।

लाइन नबस्ने अन्त्य गर्न लोकसेवाको जस्तो गर्नुपर्ने उनी बताउँछन् । ‘परीक्षा दिन मात्रै कार्यालयमा आउने व्यवस्था लोकसेवाले मिलाएको छ,’ उनले भने, ‘यातायात कार्यालयहरूमा सफ्टवेयर विकास गर्‍यो भने मात्रै विकास हुने दाहाल बताउँछन् ।’

कागजबाट बनेका लाइसेन्स नवीकरण गर्न साबिकका कोशी अञ्चलका जिल्लाहरूबाट इटहरी नै आउनुपर्ने बाध्यता छ ।

प्रदेश सरकारले अन्यत्र यातायात कार्यालय खोले पनि त्यसको कागजात भएको ढड्डा भने इटहरी यातायात कार्यालय मात्रै छ ।

मोरङ, सुनसरी धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर जिल्ला साविकको कोशी अञ्चलमा पर्थे । ६ वटै जिल्लाका सेवाग्राहीले सवारीसाधन लाइसेन्ससम्बन्धी काम भने इटहरीबाट मात्रै गर्थे ।

मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले छुट्टै मन्त्रालयको व्यवस्था गरेर धनकुटा उदयपुर ओखलढुङ्गा इलाम जिल्लामा यातायात कार्यालय राखेको थियो ।

त्यसअघि प्रत्येक अञ्चलमा एक एक वटा कार्यालय रहेका थिए । साविकको मेचीको झापामा कोशीको इटहरी र सगरमाथाको यातायात कार्यालय लहानमा थियो । लहान भने मधेस प्रदेशमा पर्छ ।

भर्खरै वहाल भएका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले मन्त्रालयको संख्या घटाउँदा यातायात तथा सञ्चार मन्त्रालय अन्य मन्त्रालयमा गाभिएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x