×

NMB BANK
NIC ASIA

युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ रूसी आक्रमण तीब्र

माघ ८, २०७९

NTC
Premier Steels

केही समयदेखि जारी गतिरोधपछि युक्रेनको जापोरिजिया क्षेत्रमा यसै साता लडाइँ तीव्र भएको रूसी सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । मस्कोको सेना जापोरिजियाका दुई शहरतर्फ अघि बढिरहेको छ रूसले दावी गरेको हो ।

Muktinath Bank

रूसी अधिकारी भ्लादिमिर रोगोभका अनुसार युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रीय राजधानी जापोरिजियाबाट करिब ५० किलोमिटर दक्षिणमा पर्ने ओरिखिभ र पूर्वतर्फको हुल्याइपोल गरी दुई सहरमा आक्रामक गतिविधि केन्द्रित गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोगोभलाई उद्धृत गर्दै रिया नोभोस्ती समाचार एजेन्सीले भनेको छ, “दस्ता विशेष गरी ओरिखिभ र हुल्यापोलेतर्फ दुई दिशामा अघि बढिरहेको छ । 


Advertisment
Nabil box
Kumari

युक्रेनी सेनाले आइतबार आफ्नो दैनिक रिपोर्टमा जापोरिजियामा ‘१५ भन्दा बढी बस्तीहरू गोलाबारीबाट प्रभावित भएको’ बताएको छ ।

Vianet communication

यसै हप्ताको सुरुमा रोगोभले ओरिखिभ वरपर ‘आक्रमण’ को घोषणा गर्दै रुसी सेनाले निप्रो नदी नजिकैको लोबकोभ गाउँलाई नियन्त्रणमा लिएको बताएका थिए ।  

यो हप्ता दक्षिणी क्षेत्रमा युद्ध ‘तीव्र रूपमा बढेको’ उनले बताएका छन् ।  शनिबार रूसी सेनाले जापोरिजिया क्षेत्रमा ‘आक्रामक कदम’ चालेको र ‘थप लाभप्रद अवस्थामा पुगेको दाबी गरेको थियो ।

गत नोभेम्बरमा मस्कोले प्रमुख शहर खेर्सनबाट हात झिकेपछि दक्षिणी युक्रेनको मोर्चा पछिल्लो समय पूर्वको तुलनामा निकै शान्त भएको छ ।

रुसले जापोरिजिया क्षेत्र र अन्य तीन युक्रेनी क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गरे पनि यसलाई पूर्णरुपमा नियन्त्रण गर्न सकेको छैन ।

यस क्षेत्रको दक्षिणी भागको ठूलो भाग मस्कोले नियन्त्रण गरेपनि यसको मुख्य शहर जापोरिजिया र उत्तरी भाग रूसी सेनाको अधीनमा परेको छैन ।

रुसले युक्रेनी सेनालाई त्यहाँबाट बाहिर निकाल्ने प्रतिबद्धता जनाएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x