×

NMB BANK
NIC ASIA

बागमती प्रदेशको बिदाको निर्णय अपरिपक्व, ​सेवाग्राही अलमलमा

काठमाडाैं | बैशाख २३, २०८१

NTC
Premier Steels

​​बागमती प्रदेश सरकारले सोमवार (भोलि) बिदा दिने निर्णय गरेको छ ।

Muktinath Bank

प्रदेश सरकार मन्त्रीपरिषद्ले यही वैशाख १२ गते गरेको निर्णयअनुसार बिदा दिन लागिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको थियो ।


Advertisment
Nabil box
Kumari

तर यो बिदाको निर्णय अपरिपक्व हुँदा सेवाग्राही अलमलमा पर्ने देखिएको छ । प्रदेशका दुई कार्यालयका प्रवक्ताहरू नै कुन–कुन सरकारी कार्यालय बिदामा हुन्छन् भन्नेतर्फ प्रष्ट छैनन् 

Vianet communication

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रबहादुर अर्यालले प्रदेश अन्तर्गत नलेखेकाले प्रदेशका मन्त्रालय र ती मातहतका कार्यालय मात्रै बिदा हुने बताए ।

उनले भने, ‘प्रदेश अन्तर्गतका नलेखेकाले सूचना अलि स्पष्ट भएन । बरु आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको निर्णय हुँदा उतै बुझ्नुहोला ।’

उक्त मन्त्रालयकी प्रवक्ता एवं उपसचिव मनुका घिमिरेले प्रदेश अन्तर्गतका सरकारी कार्यालय बिदा हुने बताइन् । ‘संघ अन्तर्गतका कार्यालयहरू सीडीओ कार्यालय, कारागार, अदालतजस्ता अड्डाहरू बिदा हुँदैनन् । तर, उनीहरूले बिदा बस्न खोजे मिल्छ’, उनले भनिन् ।

तर घिमिरेको जवाफले सेवाग्राही झन् अलमलमा पर्ने देखिएको छ ।

संघमा रहेको गृह मन्त्रालयले भने उपत्यका बाहिरको हकमा मात्रै प्रदेशले बिदा गरेमा बिदा हुने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले प्रदेशले गर्ने ६ वटा बिदाहरूमा उपत्यकामा रहेका प्रदेश मातहतका कार्यालयबाहेक बाहिरका बिदा हुने बताए ।

उनले भने, ‘कतिपय प्रदेश मातहतका कार्यालयहरू संघ वा उपत्यकामा पनि छन्, तर यि कार्यालयहरू बिदा हुँदैनन् । उपत्यका बाहिरका कार्यालयहरू भने बिदा हुन्छ ।’

उनले उपत्यका बाहिरको हकमा प्रदेशले बिदा निर्णय गरेका संघका सबै कार्यालयहरू पनि बिदा हुन्छन् ।

यस्तो छ बिदाको सूचना

null

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x