माघ १८, २०७९
पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा रक्सीले मातेका एक श्रीमानले आफ्नो श्रीमतीमाथि कुकर प्रहार गरेर घाइते बनाएका छन् । पृथ्वीचोक बसपार्कमा रहेको कृष्ण टोलका विरबहादुर विकले श्रीमती हरिमाया विकलाई निर्घात कुटपिट गर...
काठमाडाैं | माघ ८, २०७९
सामाजिक सञ्जालबाट सम्पर्कमा आइ ‘लोभ’ देखाएर नागरिकता र राहदानी लिने तथा नगद माग गर्ने व्यक्तिदेखि विशेष सावधानी रहन प्रहरीले सबैमा अनुरोध गरेको छ ।
पछिल्लो समयमा बैंकिङ कसुर मुद्दामा वृद्धि भएको तथा वैदेशिक रोजगार, अध्ययनमा जानुपूर्व बैंक ब्यालेन्स, नेपाली राहदानी, नागरिकता प्रमाणपत्रलगायतका कागजात आवश्यक पर्ने भनी ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यसतर्फ सचेत हुन काठमाडौँ प्रहरीले सबैमा सूचित गरेको छ ।
सामाजिक सञ्जालकोे प्रयोग गरी विदेश पठाउनेलगायत उल्लेख गरी विज्ञापन प्रकाशित गर्ने पैसा माग्ने, नागरिकता र राहदानी लिने र ठगी गर्ने गरेको उजुरी प्राप्त भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले छ बुँदे अनुरोध सार्वजनिक गरेको छ ।
परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्की यस्ता गिरोहले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी प्रलोभन देखाएर विदेश जाँदा खातामा रकम जम्मा गर्नुपर्ने भनी व्यक्तिको खातामा रकम जम्मा गर्न लगाउने र त्यसपछि प्रक्रिया अघि बढाउने भन्दै नागरिकता र राहदानीसमेत लिने गरेको बताए ।
उनका अनुसार त्यसरी सक्कल नागरिकताका आधारमा पीडितले प्रयोग गर्दै आएको मोबाइल नम्बर हराएको बहानामा अर्काे सिम निकाली बैंकिङ एप आफ्नो मोबाइलमा प्रयोग गरी ओटिपी कोडमा पहुँच बनाइ पीडितलाई थाहै नदिई मोबाइल बैंकिङमार्फत पैसा सार्ने गरेको पाइएको छ ।
त्यसैले यस्त गिरोहलाई निरुत्साहित गरी आफू जोगिन प्रहरीले छ बुँदे अनुरोध नै सार्वजनिक गरी नागरिकलाई सचेत गराएको छ । “घटना घट्नु अघि नै नागरिक सूचित भए भने त्यसबाट जोगिन सकिन्छ भन्ने उद्देश्यले उक्त सूचना जारी गरेका छौँ”, एसएसपी कार्कीले भने, “१० वर्षअघि यस्ता घटना नै थिएन, पछिल्ला समयमा सूचना र प्रविधिको प्रयोग गरी घटना हुन थाले प्रहरीमा पनि उजुरीहरु आइरहेका छन्, त्यसैले नागरिकलाई ध्यानाकर्षण गराएका छौँ ।”
प्रहरीले जारी गरेको सूचनामा आफ्नो मोबाइलमा आएका जुन पायो त्यही एप्स क्लिक नगर्न, वाट्स एप, भाइबर, म्यासेन्जरलगायतका सामाजिक सञ्जालमार्फत सम्पर्कमा आउने व्यक्तिको वास्तविक पहिचान खुल्न नआएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राहदानी नदिन, इ–बैंकिङ, मोबाइल बैंकिङ, सञ्चालनमा रहेका नम्बर असम्बन्धित व्यक्तिलाई शेयर नगर्न भनिएको छ ।
वैदेशिक रोजगार या अध्ययनमा जाँदा नेपाल सरकारबाट इजाजतप्राप्त निकायबाट मात्रै प्रक्रिया अघि बढाउन, आफ्नो चेकबुक सुरक्षित तबरले राख्न तथा खातामा रकम नभएको अवस्थामा चेक काटी अन्य व्यक्तिलाई नदिन तथा समय समयमा नेपाल प्रहरीको वेब साइट हेरेर आवश्यक जानकारी लिइ ठगी हुनबाट जोगिन पनि अनुरोध गरिएको छ । रासस
पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा रक्सीले मातेका एक श्रीमानले आफ्नो श्रीमतीमाथि कुकर प्रहार गरेर घाइते बनाएका छन् । पृथ्वीचोक बसपार्कमा रहेको कृष्ण टोलका विरबहादुर विकले श्रीमती हरिमाया विकलाई निर्घात कुटपिट गर...
काठमाडौं महानगरपालिका –१४ टेकुस्थित सडकबाट नियन्त्रित लागूऔषधसहति एक जना पक्राउ परेका छन् । उनको साथबाट बुप्रेनोर्फिन २ हजार २ सय एम्पुल, डाईजेपाम २ हजार २ सय एम्पुल र फेनारगन २ हजार २ सय एम्पुल प्रहरील...
कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको जनाएको छ। ...
कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म.२ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बेलौरी नगरपालिका–५ बस्ने ५० वर्षीय महात्मा चौधरीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भी...
घर नजिकै प्रहरी कार्यालय छ भने हामी ढुक्कले सुत्न पाउँछौं । छिमेकीको जग्गासाँधमा समस्या आयो भने प्रहरीलाई गुहार्छाैं । बाढी पहिरोमा उद्धारका लागि पनि प्रहरी नै गुहार्छौं । तपाईंहरूले शहर बजारमा प्रहरी...
दार्चुला नौँगाड गाउँपालिका –२ घर भई कैलाली धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित गौरीशंकर अल्लो कपडा उद्योगका संचालक ३४ वर्षीय नरेन्द्रसिंह धामीसहित ४ जनालाई अवैध लागूऔषध चरेश ११ केजी ९ सय ग्रामसह...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...