माघ १३, २०७९
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रयोग गर्दै आएको नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर गरेको छ । यससँगै उनको सांसद पद गएको छ । नेपाली नागरिक नरहेको...
काठमाडाैं | माघ ९, २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखामा कार्यरत एक हाकिमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ । पदको दुरुपयोग गरेर घुस माग्ने कार्यमा संलग्न व्यवस्थापन शाखा प्रमुख (प्रबन्धक) पूर्ण प्रसाद चुडाललाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
नवौं तहका कर्मचारी उनले एयरपोर्ट (आन्तरिक टर्मिनल) सम्म आवातजावत गर्नका लागि पास उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।
त्यसका लागि उनले एकमुष्ट १ लाख ५० हजार रुपैयाँ माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोबारेको उजुरी अख्तियारसम्म पुगेपछि सोमबार अख्तियारको केन्द्रीय कार्यालयबाट टोली विमानस्थलमा पुगेको थियो ।
टोलीले सुरुमा उनलाई कार्यकक्षबाट एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । त्यसपछि खानतलासी गर्दा कार्यकक्षभित्र रहेको स्टिलको दराजबाट थप आठ लाख रुपैयाँ बरामद भएको उनको भनाइ छ । अख्तियारको टोलीसमक्ष चुडालले ८ लाखको स्रोत खुलाउन नसकेको बताइएको छ ।
यस्तै उनको साथबाट विभिन्न ब्रान्डका ९ बोतल मदिरा, ४ थान मोबाइलसमेत बरामद भएको छ । अख्तियारका अनुसार उनले पास बनाउन सेवाग्राहीबाट १० हजारका दरले १५ महिना बराबरको रकम दिनुपर्ने भन्दै घुस माग गरेका थिए । पक्राउपछि थप चुडालमाथि अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रयोग गर्दै आएको नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर गरेको छ । यससँगै उनको सांसद पद गएको छ । नेपाली नागरिक नरहेको...
सर्वाेच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थीले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको नेता सम्बन्धी विषयमा परेको रिट दरपीठ गरेका छन् । विपक्षी दलको मान्यता दिने विषय संसदको आन्तरिक कारवाहीको विषय भएकाले रिट ...
‘कुमारी आमा’ भनिने निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनीहरुले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) ब...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतलगायत ३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। उनीहरूले गाउँपालिकाको वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौरमा फिल्ड निर्माण गर्ने क्...
सर्वोच्च अदालतको फैसलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका ‘सभापति’ रवि लामिछाने नागरिकताविहीन भएका छन् । सर्वोच्च अदालतले उनले निर्वाचनका समयमा प्रयोग गरेको नागरिकतालाई मान्यता नदिएपछि उनी अना...
चितवन कालिका नगरपालिका वडा नम्बर ५ को भीमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद कँडेलले किर्ते शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै अख्तियारले आरोप पत्र दायर गरेको छ। कँडेलले निमावि तृतीय त...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...