×

Nic Asia
Dabur
Prabhu Bank

ललितपुरबाट मौरी चराउन बागलुङ

बाग्लुङ | माघ १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

खेमराज गौतम

yONNEX
IME BANK INNEWS

मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको  ‘हब’ बन्दै गइरहेको छ ।  पहाडी क्षेत्रमा चरेका मौरीको मह अग्र्यानिक र स्वस्थकर मानिने भएकाले पछिल्लो समय जिल्लामा मौरीपालन व्यवसाय  फस्टाभएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यहाँका थुप्रै स्थानमा मौरीपालन व्यवसाय फस्टाउँदो क्रममा रहेको सन्दर्भमा बाहिरी जिल्लाबाट समेत मौरीको चरन क्षेत्रका रूपमा समेत लिन थालिएको छ । विसं २०७२ बाट मौरीपालन थाल्नुभएको म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा डिलबहादुर खत्रीले मौरीको चरन क्षेत्रका रूपमा बागलुङ –४ रमेटारलाई छानेका छन् । 

उनलेआफ्ना मौरीका घारहरू केही महिना म्याग्दी र केही महिना बागलुङ राख्दै आएका छन् । रमेटारस्थित खेतको डिलमा उहाँका एक सय १५ मौरीका घार छन् । खेतमा तोरीखेती हुने भएकाले मौरी चरनका लागि व्यवसायी खत्रीले खेतको डिलमा मौरीसहितका घार राखिएकोे बताए । 


Advertisment
Lokantar App
Saurya island

बागलुङ –४ उपल्लाचौर, कुडुँले तथा रमेटारमा मौरीको चरन क्षेत्रका रूपमा लिन थालिएको सन्दर्भमा बागलुङमा ललितपुरबाट समेत यसपटक मौरी चराउनका लागि ल्याइएको छ । ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित माउन्टेन मौरी कन्सनले हालैमात्र मौरीको चरन क्षेत्रका लागि तोरीको फाँट बागलुङ –४ कुडुँलेलाई लिएको छ ।

विसं २०५१ बाट मौरीपालन व्यवसायमा लाग्नुभएका माउन्टेन मौरी कन्सनका प्रमुख धर्मराज श्रेष्ठले वार्षिक एक हजारभन्दा बढी मौरीसहितका घार बिक्री गरेको बताए । कन्सनले कुडुँले तोरीको फाँटको चर्चा सामाजिक सञ्जालमा देखेपछि आफूले व्यावसायिक प्रायोजनका लागि ७० मौरीका घार लिएर कुडुँलेको तोरीको फाँटमा राखिएको जनाएको छ । 

Vianet communication

झण्डै एक हजार दुई सय मौरीका घार रहेको कन्सनले पहाडी जिल्लामा चरनका लागि यो याममा मौरीका घार पठाउने गरेको छ । पहाडी जिल्ला मौरीको चरन क्षेत्रका लागि उपयुक्त भएको र अहिले तोरी फुल्ने सिजन भएका कारण पहाडी जिल्लामा मौरीका घार पु¥याउने योजनाअनुसार बागलुङमा पहिलोपटक मौरी चराउनका लागि ललितपुरबाट ल्याएको प्रमुख श्रेष्ठले जानकारी दिए ।  

“माउन्टेन मौरी कन्सनमार्फत उत्पादन भएको मह जापान निर्यात हुन्छ, हामीले ललितपुरसहित विभिन्न जिल्लामा मौरीका घार चरनका लागि पु¥याइन्छ”, उनले भने, “चरन क्षेत्रका लागि पहाडी जिल्लामा मौरीसहितका घार पु¥याउँदा व्यावसायिक प्रवर्धन हुने, घारसहितका मौरी बिक्री गर्ने र मौरीपालन व्यवसाय फस्टाउने लक्ष्यका साथ पहिलोपटक बागलुङको कुडुँले फाँटमा ल्याएको छु, झण्डै सय घारमध्ये बिक्री भएर अहिले कुडुँले फाँटमा ७० मौरीसहितका घार छन्, यहाँका कृषकलाई मौरीपालन व्यवसाय सिकाउनका लागि समेत सहयोग पु¥याइने छ ।” 

व्यावसायिक मौरीपालनका लागि मौरी चरनका लागि एक स्थानबाट अर्को स्थानमा लाने गरेको पाइन्छ । यतिखेर ललितपुर, म्याग्दी र जैमिनीका मौरीपालक किसना मौरी चरनका लागि बागलुङ बजार आसपासको क्षेत्रमा फैलिएको तोरी खेतमा आएका छन् । मौरीलाई आहारा पाइने र शान्त वातावरण भएका ठाँउमा लाने गरेको मौरीपालन किसानले बताउँदै आएका छन् । 

मौरीलाई यो सिजनमा डेढ महिना बागलुङसहितका पहाडी जिल्लामा पु¥याएको  कन्सनका प्रमुख श्रेष्ठले बताए । उनले बागलुङ जिल्ला पहिलो पटक मौरी लिएर आएको भए पनि अहिले हाम्रो मौरीका घार सिन्धुपाल्चोक, दाङ, चितवन, मकवानपुर, रुपन्देही, सर्लाही र काडमाडौँका विभिन्न स्थानमा पु¥याएको जानकारी दिए । “वर्षमा दुई पटक मौरी चरनका लागि उपयुक्त फूल फुल्ने र शान्त वातावरणमा पु¥याइन्छ, जहाँ मौरीका छाउरा उत्पादन र मह उत्पादनले तीव्रता पाउन सहयोग मिल्छ”, उनले भने, “मैले प्रत्येक ठाउँमा मह उत्पादनका विषयमा त्यहाँका किसानलाई समेत सिकाउँछु, मौरीपालनका विषयमा जागरुक बनाउँछु, नेपालको पहाडी जिल्लामा उत्पादन भएको मह विदेश निर्यात गर्न सकिन्छ ।”

यसरी मौरी चराउँदा मौरी घार राख्न जग्गाधनीसँग न्यूनतम भाडादरमा कतै नगद र कतै मह दिने गरी समझदारी गरिने श्रेष्ठको भनाइ छ । उपयुक्त हावापानी र वातावरणमा गरिएको मौरीपालनबाट एक घारबाट वर्षमा छदेखि सातपटक मह निकाल्न मिल्ने र वार्षिक ३० देखि ३५ केजीसम्म मह निकाल्न सकिन्छ ।

ललितपुरबाट पहिलो पटक मौरी चरनका लागि बागलुङ ल्याए पनि म्याग्दी सुर्केमेलाका डिलबहादुर खत्रीले विसं २०७२ देखि मौरीको चरन क्षेत्रका लागि यो स्थानलाई रोज्दै आएका छन् । खत्रीले गत वर्षमात्रै एक सय १० मौरीसहितको घार बिक्री गरेर रु १० लाख ४५ हजार आम्दानी गरेको र एक क्विन्टल मह बिक्रीबाट रु एक लाख १३ हजार आम्दानी गरेको बताए । खत्रीले कृषि ज्ञान केन्द्र बागलुङ र म्याग्दीले किसानलाई दिने मौरीसहितको घार अनुदानका लागि दिन आफ्नै केसी मौरीपालन स्रोत केन्द्रबाट मौरीका घार खरिद गरेर लैजाने गरेको बताए ।  

यस्तै जैमिनी –७ जैदी धुल्लुका मोहराज शर्माले आफ्नो घरमा सयभन्दा बढी मौरीका घार पाल्नुभएको छ भने ३० घार बागलुङ बजारको क्याम्पसरोडमा चरनका लागि राख्दै आएको जानकारी दिए । रासस

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ९, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन्।  बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री ड...

चैत ९, २०७९

नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।  चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको प्रतिनिधिमण्डलले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा ...

चैत ९, २०७९

काठमाडौंको महाराजगञ्ज चक्रपथ चप्पल कारखाना अगाडि बिहीबार दुर्घटना भएको छ।  दिउँसो ३ बजे २ वटा गाडी, २ वटा मोटरसाइकल र एक स्कुटर आपसमा जुधेका हुन्। चक्रपथ रुटमा चल्ने गाडी र भ्यान आपसमा ...

चैत ९, २०७९

प्रहरीको काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जनालाई हिजो बुधबार पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले काठमाडौं महानगरपालिका - २४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ ला...

चैत ९, २०७९

शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ। आयोगले आज ७७ वटै जिल्लाका लागि ६ हजार १३ जना प्रावि शिक्षक संख्या कोटा खुलाएको हो।  जसअनुसा...

चैत ९, २०७९

महँगो ड्राइ फ्रुटमा पर्ने काजु खानु स्वास्थ्यका लागि निकै लाभदायक छ। पछिल्लो समय त झन् यसको प्रयोग विभिन्न परिकारमा समावेश गर्न थालिएको छ।  नेपाली तथा भारतीय खानाका विभिन्न परिकारमा यसलाई समावेश ग...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x