×

NMB BANK
NIC ASIA

एनसेलसँगको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै

माघ १०, २०७९

NTC
Premier Steels

शिक्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा कार्यरत महिलालाई लक्षित गर्दै ‘ह्याकिङ फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गर्दैछ ।

Muktinath Bank

ह्याकाथन माघ २७ देखि माघ २९ गतेसम्म आयोजना गरिँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुसन (डीईआई) प्रति आफ्नो प्रतिबद्धता अनुरूप एनसेलले शिक्वल फाउन्डेसनसँग नेपालमा हालसम्मकै ठूलो मानिएको यो ह्याकाथनका लागि सहकार्य गरेको छ । ‘यसको प्रमुख उद्देश्य महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको छ । यस कार्यक्रमको अन्य साझेदारहरूमा गर्ल्स इन टेक र वुमन इन बिग डेटा रहेका छन्,’ कम्पनीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

शिक्वल फाउन्डेसनका अनुसार छनोटमा परेका सहभागी महिलाका समूहले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइपहरू बनाउने छन् । हाल कार्यक्रमको तयारी स्वरूप काठमाडौं लगायत देशका विभिन्न ठाउँमा कजेल एक्टिभेसनका कार्यहरू भइरहेका जनाइएको छ ।

Vianet communication

ह्याकाथनले महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र विभिन्न सम्भावनासँग उनीहरूलाई जोड्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास एनसेलले लिएको छ । कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्याकरहरूलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नविन सोचलाई सोलुसन्समा परिवर्तन गर्न एक प्लेटर्फम प्रदान गर्ने जनाइएको छ ।

ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरहेका छात्रा तथा महिलाहरूले ३ जनाको समूह बनाउन सक्ने र सजिलै कार्यक्रमको रजिस्ट्रेसन कोड स्क्यान गरी एनसेल एपमार्फत समूह दर्ता गर्न सक्ने जनाइएको छ । दर्ता भएका समूहहरू मध्येबाट छानिएका समूहको लिस्ट माघ २० गते घोषणा गरिनेछ ।

कार्यक्रम पूर्व तयारी स्वरूप हाल विभिन्न कलेजमा डिजाइन थिंकिङ, इन्टरप्रेन्युरियल फाइनान्स, बिजनेस मोडल क्यानभास, स्टोरी प्रेजेन्टेसन आइडिया पिचिङ र डेलिभरीमा केन्द्रित हुँदै कार्यक्रमको आयोजना भइरहेका छन् ।

शिक्वल फाउन्डेसनका अनुसार महिला लक्षित पहलहरूले नेपालमा आईटी सम्बन्धित उद्योगहरूमा महिलाहरूको प्रतिनिधित्व र डिजिटल अर्थतन्त्रमा महिलाहरूको समान सहभागितालाई बढाउँछ भने महिलाहरूको व्यक्तिगत र परिवारलाई मात्र नभई समाज र अर्थतन्त्रलाई पनि फाइदा पुर्‍याउन मद्दत गर्दछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x