×

NMB BANK
NIC ASIA

स्थायी कमिटी बैठकको निष्कर्ष

राष्ट्रपतिमा कांग्रेससँग पनि सहमति खोज्नुपर्ने माओवादीको निष्कर्ष

माघ १२, २०७९

NTC
Premier Steels

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे नेपाली कांग्रेससँग पनि सहमति गरेर जानुपर्ने निष्कर्ष निकालेको छ ।

Muktinath Bank

कुनै पार्टीलाई बाइपास गरेर राष्ट्रपति चयन गर्न नहुने माओवादीको धारणा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र राष्ट्रपति निर्वाचनबारे पार्टीको धारणा बनाउन बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारलाई समर्थन गरेको कांग्रेससँग समेत सहमति गरेर बढ्ने निर्णय गरेको हो । 


Advertisment
Nabil box
Kumari

बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले कांग्रेस र एमाले दुवैलाई मान्य हुने व्यक्तिमा सहमति खोज्नुपर्ने पार्टीको धारणा रहेको जानकारी दिए । ‘कुनै पार्टीलाई बाइपास गरेर राष्ट्रपति छान्न ठीक हुँदैन भन्नेबारे छलफल गर्‍यौं’, पौडेलले भने, ‘एमालेलाई बाइपास गरेर पनि सहमति हुँदेन, कांग्रेसलाई बाइपास गरेर पनि सहमति हुँदैन ।’

Vianet communication

प्रतिनिधि सभाको कार्यकालको सुनिश्चितता र संविधानको रक्षाका लागि राष्ट्रपतिमा सहमति गर्नुपर्ने माओवादी धारणा आएको हो । 

पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री माओवादीले लिने तथा राष्ट्रपति र सभामुख एमालेले लिने भद्र सहमति भएको थियो । नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले उसलाई समेत सहमतिमा लिएर जानुपर्ने माओवादीको नयाँ लाइन आएको हो । 

पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठकअघि बालुवाटारमा एमाले अध्यक्ष केपी शर्माले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x