चैत ८, २०७९
रुसको जलसेनाले क्राइमियाको सेभास्तोपोल बन्दरगाहमा बुधवार गरिएको ड्रोन आक्रमण रोकेको त्यहाँका गभर्नर मिखाइल राज्भोजाएभले बताएका छन् । युक्रेनमाथि रुसले आक्रमण शुरू गरेयता मस्कोको कृष्ण सागर बेडाको मुख्या...
मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गर्दै मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइललाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।
राजदूत पौडेलले मानव संशाधनमन्त्री भी. शिवकुमारसँग पनि भेट गरेका छन् । भेटमा नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
नेपाली युवाहरुका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा संख्यात्मकसँगै गुणात्मक वृद्धि गर्नेेबारे उनले विचारबिमर्स गरेका छन् । नेपाली श्रमिकहरु शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यन्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि कुराकानी गरेका छन् ।
उनले दुई पक्षीय, क्षेत्रीय तथा वहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवर्धन गर्न एक अर्कालाई सहयोग गर्दै अघी बढ्ने बारेमा छलफल भएको पौडेलले बताएका छन् ।
गृहमन्त्री इस्माइलसँग निकट भविष्यमा उनको नेतृत्वमा हुने उच्चस्तरीय नेपाल भ्रमणबारे कुराकानी भएको उनले बताए । भ्रमणका क्रममा मलेसियाको ’फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीहरुसँग छलफल गर्ने बताएका छन् ।
रुसको जलसेनाले क्राइमियाको सेभास्तोपोल बन्दरगाहमा बुधवार गरिएको ड्रोन आक्रमण रोकेको त्यहाँका गभर्नर मिखाइल राज्भोजाएभले बताएका छन् । युक्रेनमाथि रुसले आक्रमण शुरू गरेयता मस्कोको कृष्ण सागर बेडाको मुख्या...
संसारका दुई महाशक्ति मुलुक अमेरिका र चीनबीचको तनाव थप बढेको छ । अमेरिकी युद्धपोतले अनुमति नलिइकन दक्षिण चीन सागरमा चिनियाँ क्षेत्रभित्र प्रवेश गरेको आरोप चीनको सेनाले लगाएको छ । उक्त युद्धपोतमा अने...
गूगलले प्रयोगकर्ताहरूका लागि नयाँ घोषणा गरेको छ । उसले च्याटजीपीटीलाई चुनौती दिनका लागि आर्टिफिशियल इन्टेलिजेन्स मोडल बार्डको एक्सेस खुला गरेको छ । तत्कालका लागि अमेरिका र बेलायतका प्रयोगकर्...
भारतको पञ्जाब प्रहरीको फरार सूचीमा रहेका ‘वारिस पञ्जाब दे’का प्रमुख अमृतपाल सिंहले सिख धर्मको ‘सन्त’को भेषमा महिलामाथि अश्लील हर्कत गर्ने गरेको खुलासा भएको छ । भारतीय सञ्चारमाध्यम आ...
गायक सोनु निगमका बुवाको घरमा चोरी भएको छ। निगमका बुवा अगमकुमारको घरबाट ७२ लाख भारु चोरी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। उनका पुराना चालकलाई दोषी करार गरिएको छ। चाल...
अनलाइन माध्यमबाट भेटिएका युवायुवतीले विवाह गरे तर उनको वैवाहिक जीवन धेरै टिक्न सकेन । आइसल्यान्डमा भएको घटनामा सम्बन्धविच्छेदपछि महिलाले पुरुषलाई लगातार धम्की दिन थालिन् । ती महिलाले पूर्व पतिलाई म्यासेज प...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...