×

NMB BANK
NIC ASIA

अब प्रतिनिधि सभा बैठक संसद् भवनबाहिर पनि गर्न सकिने

माघ २६, २०७९

NTC
Premier Steels

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक संसद् भवनबाहिर पनि गर्न सकिने भएको छ।

Muktinath Bank

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सभाको भर्चुअल बैठकले पनि वैधानिकता पाउनेगरी नियमावलिमा नै स्पष्ट व्यवस्था गरेपछि प्रविधिबाट बैठक सञ्चालनको बाटो खुलेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मस्यौदा समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले कम्तीमा एक चौथाई सदस्यको सहमतिमा भर्चुअल बैठक बस्न सकिने प्रावधान सहितको व्यवस्थालाई सर्वसम्मति पारित गरेको हो ।


Advertisment
Nabil box
Kumari

भर्चुअल बैठक अनुमतिको सम्पूर्ण विशेषाधिकार भने सभामुखमा निहित राखिएको छ ।

Vianet communication

बैठकको कार्यविधि सभामुखले निर्धारण गरेबमोजिम हुने भन्ने व्यवस्था प्रस्तावित नियमावलीमा गरिएको छ ।

एक चौथाई सदस्यको सहमतिपछि कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले निर्णय गर्नसक्ने व्यवस्था नियमावलिमा गरिने भएको हो ।

प्रस्तावित व्यवस्थामा भनिएको छ- 'प्राकृतिक प्रकोप वा महामारीको कारण भौतिक उपस्थितिमा बैठक बस्न सम्भव छैन भन्ने कुरामा सभाका कम्तीमा एक चौथाई सदस्य सहमत भई सो कुरा सभामुखलाई जानकारी गराएमा आवश्यकता अनुरुप कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखको निर्णयअनुसार प्रविधि प्रयोग गरी भौतिक अनुपस्थितिमा बैठक बस्न सकिनेछ ।'

कोभिड महामारीको समयमा संसद बैठक बस्न सकेको थिएन ।

विश्वका कतिपय मुलुकले तत्काल संकटकालीन आवश्यक नियमावली बनाएर संसदको बैठक सञ्चालन गरी महामारी नियन्त्रण गर्न सरकारलाई आवश्यक ऐन नियम बनाएका थिए ।

तर नेपालमा भर्चुअल संसद् बैठक बस्न नियमावलीमा व्यवस्था नभएका कारण प्रविधिबाट बैठक सञ्चालन भएको थिएन ।

भर्चुअल बसेका समितिका बैठकहरुले पनि वैधानिकता पाएका थिएनन् । नियमावलीमा गर्न लागिएको यो व्यवस्थाले भौतिक रुपमा संसद बैठकमा उपस्थित हुन नसक्ने स्थितिमा पनि बैठक सञ्चालनको बाटो खुल्नेछ ।

नियमावलीले संसद् र मिडियाबीच सम्बन्धलाई थप मजबुत बनाउँदै संसदीय कारबाहीलाई पारदर्शी बनाउने उद्देश्यसाथ लबि रिपोर्टिङको व्यवस्था मिलाउने किसिमको प्रावधान राखिएको छ ।

'मिट द प्रेस' भनेर सभाभित्रै एउटा कक्ष बनाउने प्रस्ताव समितिमा उठे पनि भिन्नै कक्ष निर्माण गर्ने कुरा प्रस्तावित नियमावलीमा लेखिएको छैन ।

तर ‘सञ्चारकर्मीसँगको भेटघाट र लबि रिपोर्टिङको आवश्यक व्यवस्था मिलाइनेछ’, भन्ने उल्लेख गरिने भएको छ ।

यसअघि भौतिक उपस्थितिविना प्रविधिमार्फत बैठक सञ्चालन र लबि रिपोर्टिङको व्यवस्था नियमावलीमा उल्लेख गरिएको थिएन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x