×

NMB BANK
NIC ASIA

कर्मचारीबारे निर्णय

कर्मचारी सरुवाबारे सामान्य प्रशासनको परिपत्र, सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय बनाउने प्रयास

माघ २७, २०७९

NTC
Premier Steels

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवाबारे परिपत्र जारी गरेको छ । बिहीबार मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार सबै मन्त्रालय, आयोग र सचिवालयलाई प्रचलित कानुनबमोजिम मात्र सरुवा, कामकाज र जिम्मेवारी तोक्न आग्रह गरिएको छ । 

Muktinath Bank

मन्त्रालयले यसबारे जानकारी दिन शुक्रबार जारी गरेको विज्ञप्तिमा विद्यमान कानूनको पूर्ण परिपालना गरी सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय तथा थप प्रभावकारी बनाउन आवश्यक परिपत्र गरिएको उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विज्ञप्तिमा निजामती सेवा ऐन, २०४९ को दफा १५ (१) बमोजिम राजपत्राङ्कित प्रथम श्रेणीको विभागीय प्रमुखको पदमा कुनै पनि कर्मचारीलाई पदस्थापन गर्नुपर्दा मन्त्रालयको अनिवार्य सहमति लिनु भनिएको छ ।  यो व्यवस्था हाल कायम रहेपनि कतिपय निकायहरूले उक्त व्यवस्थाको परिपालना नगरेको पाइएकाले अब उप्रान्त सो प्रकृतिको कार्यको लागि अनिवार्य रुपमा मन्त्रालयको सहमति लिन आग्रह गरिएको छ । 


Advertisment
Nabil box
Kumari

यसैगरी निजामती कर्मचारीलाई तोकिएको न्यूनतम् सेवा अवधि नपुगी सरुवा गर्नु परेमा मन्त्रालयको सहमति लिन पनि भनिएको छ । यस्तै  कतिपय निकायमा स्वीकृत दरवन्दीको पदमा सो स्वीकृत पद भन्दा मुनिको श्रेणी तथा तहको कर्मचारीलाई खटाइएको पाइएकाले ७ भित्र स्वीकृत दरबन्दी अनुसार कै कर्मचारी खटाई जानकारी गराउन पनि मन्त्रालयले भनेको छ । 

Vianet communication

यसबाहेक केही निकायले कर्मचारीको पदस्थापना तथा व्यवस्थापन नगरी जिम्मेवारी नदिई राखेको पाइएकाले त्यस्ता कर्मचारीको दरबन्दी भएको अवस्थामा ७  दिन भित्र दरबन्दी भएको निकायमा खटाई सोको जानकारी यस मन्त्रालयमा दिने, यदि कर्मचारी आवश्यक नपर्ने वा दरबन्दी आवश्यक नपर्ने भएमा समेत सोको विवरणसमेत पठाउने, कुनै कर्मचारी कार्यक्षेत्रमा हाजिर नभएको भए हाजिर हुन पठाउने, सम्बन्धित निकायले हाजिर गराउने, कुनै कर्मचारी सो बमोजिम हाजिर हुन नगएको भएमा सोको विवरण समेत पठाउन मन्त्रालयले भनेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x