मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का दिइएको भन्दै देशैभरि यो क्रम बढ्ने बताएका छन् ।
जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एमालेले काम छैन भनेर आलोचना गरेको पार्टीले नै अब धक्का दिन सुरुवात भएको बताएका हुन् ।
‘नेकपा एस कहाँ छ ? यसको काम छैन भनेर एमालेका नेताले भन्थे तर सुदुरपश्चिममा नयाँ सरकार बन्यो, नयाँ सरकारमा कांग्रेस र नेकपा एकीकृत समाजवादी छन्’ उनले भने, ‘हामीसँग मान्छेहरू खुशी नभएका होइनन् तर हामीले त देखायौं । सुदूरपश्चिमबाट उदायौं । यो एमालेलाई पहिलो धक्का हो । तर यो पहिलो सुरुवात मात्रै हो । यसो हुनाले हौसला बुलन्द गरौं कमरेडहरू । निर्वाचन हामीले सोचेजस्तो नभए पनि उठाएका ५० प्रतिशत उम्मेदवार जिताएका छौं ।’
२० सिट गठबन्धनमा मागे पनि पूरा नभएको तर आफूहरूको उपस्थिति सम्ममानजनक भएको बताए । समानुपातिकका थेरै मतले नचुकेको भए अर्को ४ सिट बढ्ने भन्दै नआत्तिकन संगठन सृदृढीकरणमा लाग्नसमेत उनले आग्रह गरे ।
सुदूरपश्चिममा एमालेका मुख्यमन्त्री विश्वासको मत नपाइ एक महिनामा हट्नुपरेको थियो । लगत्तै कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री भएका छन् ।
जसलाई नेकपा एसले समर्थन गरेको छ । ३० दिनभित्र उनले पनि विश्वासको मत लिनुपर्छ । कांग्रेस र नेकपा एस मिल्दा पनि २३ सिट मात्रै हुन्छ । तर बहुमतका लागि कम्तिमा २७ सिट आवश्यक पर्छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...