×

NMB BANK
NIC ASIA

अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकता दिन्छौं - अध्यक्ष बराल

माघ २९, २०७९

NTC
Premier Steels

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले २३ औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको छ ।

Muktinath Bank

महाधिवेशन तयारीबारे गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष सुनिता बरालले ७ वर्षपछि हुन लागेको अधिवेशनबाट सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयनको प्रयास गरिने बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सकेसम्म सर्वसम्मत बनाएर नेतृत्व चयनको  प्रयास गरिन्छ । नभएको ठाउँमा निर्वाचन गर्न तयार छौं’, बरालले भनिन्, ‘१९९ सदस्यीय केन्द्रीय कमिटीको केन्द्रीय सदस्यमा यसपटक नयाँ अनुहार र भूगोलसहितको प्रतिनिधित्वलाई मुख्य आधार बनाएका छौं ।’


Advertisment
Nabil box
Kumari

बरालले चुनाव हुँदा विद्युतीय मतदानबाट गरिने जानकारी पनि दिइन् ।

Vianet communication

अनेरास्वयिुको महाधिवेशन आगामी फागुन २ देखि ४ सम्म काठमाडौंमा हुँदैछ । अनेरास्ववियुले नि:शुल्क शिक्षा, स्वास्थ्य, पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार भन्ने नाराको साथ महाधिवेशन गर्दैछ ।

महाधिवेशनमा १५७३ महाधिवेशन प्रतिनिधि सहभागी हुने जनाइएको छ। 

अध्यक्ष बरालले ७ वर्षपछि हुन लागेको महाधिवेशनले संगठनको आन्तरिक जीवनमा नयाँ आयाम थप्ने जानकारी दिइन् ।

अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडाल मुख्य दाबेदार छन् ।

त्यस्तै उपाध्यक्ष झपिन्द्र खत्री, मोती विक र लोकेश निरौला पनि अध्यक्षका दाबेदार हुन् । महासचिवमा भाष्कर खनाल मुख्य दाबेदार छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x