×

NIC ASIA

हनुमन्ते खोलाको बहाव परिवर्तन गरी ड्राइभिङ सेन्टर सञ्चालन, पुल नै जोखिममा

काठमाडाैं | बैशाख २३, २०८१

Prabhu Bank
NTC
Premier Steels

अरनिको राजमार्गअन्तर्गत हनुमन्ते खोलाको पानी बग्ने रिभर कोर्स अतिक्रमण गरेर निजी ड्राइभिङ सेन्टर सञ्चालन भएको पाइएको छ ।

Muktinath Bank

भक्तपुरको हनुमन्ते खोलामा बनेको पुलको दायाँ किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी ईजी ड्राइभिङ ट्रेनिङ सेन्टर सञ्चालन हुँदै आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हनुमन्ते खोला पुलको एउटा स्पान नै कभर हुने गरी पानी बग्ने रिभर कोर्स अतिक्रमण भएको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

अतिक्रमित निर्माणका कारण पानीको बहाव परिवर्तन गरी पूर्वपट्टिको किनारलाई गम्भीर क्षति पुगेर पुलको संरचना नै जोखिममा परेको हो ।

Vianet communication

राष्ट्रिय सतर्कता केन्द्रले उक्त पुलको प्राविधिक परीक्षण गर्दा उक्त अतिक्रमणका कारण पुल नै जोखिमपूर्ण अवस्थामा रहेको पाइएको हो ।

खोलाको पानी बग्ने रिभर कोर्स अतिक्रमण गरेर ड्राइभिङ सेन्टर सञ्चालन हुनुका साथै दर्जनौं कच्ची र पक्की घरहरू निर्माण भएको प्राविधिक परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

null

'उक्त अतिक्रमणका कारण निर्माण गरिएका टेवा पर्खाल (ग्याब्लियन वाल)सहितका अन्य संरचनामा पनि गम्भीर असर देखिएको छ,' सतर्कता केन्द्रका एक इन्जिनीयरले लोकान्तरसँग भने, 'खोलाको दायाँपट्टिको भागलाई अतिक्रमण गरी पानीको प्राकृतिक बहावलाई परिवर्तन गरेर पूर्वपट्टिको किनारालाई समेत गम्भीर क्षति पुर्‍याइएको छ ।'

पुलको बहाव नै परिवर्तन गर्नेगरी अतिक्रमण गरेर बनाइएको संरचनाले पुल नै खतरामा परेको उनले बताए ।

'उक्त अतिक्रमणलाई नियन्त्रण तथा रोकथाम गरिएन भने पुल नै भत्किने जोखिम छ,' उनले थपे, 'पुलका पाइलहरू खोस्रिँदै गएका छन् । पुलको जग नै जोखिममा आइसकेको छ ।'

ढुंगाको गेभियन पर्खालको लोकेशन नमिल्ने ठाउँमा राखिएको छ । परिणामस्वरूप पानीको बहावको दिशाभित्र नै ती पर्खाल बनाइएकाले पुलको अन्य संरचनामा समेत जोखिम बढेको प्राविधिक परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

सडक विभागको पुल महाशाखाअन्तर्गत अरनिको राजमार्गमा निर्मित ३३ वटा पुलको मर्मतसम्भार गर्ने ठेक्कामा राष्ट्रिय सतर्कता केन्द्रले प्राविधिक परीक्षण गरेको हो, जसअन्तर्गत हनुमन्ते खोलाको पुल जोखिम पूर्ण अवस्थामा रहेको केन्द्रको प्राविधिक परीक्षण प्रतिवेदनबाट खुलेको हो ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x