×

NMB BANK
NIC ASIA

अनेरास्ववियुको २३औं महाधिवेशनमा यी हुन् अध्यक्षका मुख्य दाबेदार

फागुन २, २०७९

NTC
Premier Steels

नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुको २३औं महाधिवेशन शुरू भएको छ ।

Muktinath Bank

मंगलवारदेखि शुरू भएको महाधिवेशनबाट १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलवार अपराह्न महाधिवेशनको उद्घाटन गरेपछि अध्यक्ष मण्डलको घोषणा हुनेछ । त्यसपछि निर्वाचन प्रक्रिया शुरू हुने बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सकेसम्म अनेरास्ववियुले सहमतिमा नेतृत्व चयनको प्रक्रिया अघि बढाउने भएको छ । हुँदै नभए मात्रै निर्वाचनबाट नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउने जानकारी अध्यक्ष सुनिता बरालले दिइन् । मंगलवार प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गर्ने, मनोनयन कार्यक्रम र बिहीवार मतदान गर्ने कार्यक्रम रहेको अनेरास्ववियुले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

निर्वाचन हुँदा अनेरास्ववियुले विद्युतीय मतदान मशिनको प्रयोग गर्ने भएको छ । 

Vianet communication

को–को छन् अध्यक्ष सहितका दाबेदार ? 

२–२ वर्षमा हुनुपर्ने महाधिवेशन यसपटक ७ वर्षमा बल्ल हुन लागेको हो । लामो समयदेखि महाधिवेशन नहुँदा यसपटक १७ पदाधिकारी र १९९ केन्द्रीय सदस्यका लागि दाबेदार धेरै देखिएका छन् । 

अहिलेकी अध्यक्ष बराल प्रतिनिधि सभामा सांसद भइसकेकी छन् । यसैले उनी दाबेदार छैनन् ।

यसपटक वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडाल अध्यक्षका मुख्य दाबेदार छन् । सर्वसम्मत हुँदा बडाल नै अध्यक्ष हुने सम्भावना बढी रहेको बताइन्छ । निर्वाचन हुँदा पनि लामिछानेभन्दा बराल बलिया दाबेदार हुने अनेरास्ववियुका एक नेताले जानकारी दिए ।

बडाललाई नै अध्यक्ष बनाउने गरी अध्यक्ष ओली निकट नेताले तयारी गरेको बुझिएको छ । 

चुनाव हुँदा अहिलेका उपाध्यक्ष झपिन्द्र खत्री, मोती विक र लोकेश निरौला सहितका दाबेदार देखिएका छन् तर सहमति हुँदा खत्रीले आफू महासचिवमा तयार हुने बताएका छन् । 

महासचिवका लागि कल्पना वाइबा, सुदर्शन शिवाकोटी, नरेश रोकाया, भाष्कर खनाल, नारायण घर्ती, धर्म गिरी र गोविन्द गिरी सहितका विद्यार्थी नेताको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x