×

NMB BANK
NIC ASIA

जनयुद्ध दिवसमा बिदा दिएपछि माओवादी पंक्तिको मनोबल बढ्योः रञ्जित तामाङ

फागुन २, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले माओवादीले लडेर ल्याएको व्यवस्थाले स्थापित गरेका अधिकार उपयोग गर्नेहरूले सरकारले जनयुद्ध दिवसमा दिएको सार्वजनिक बिदाको विरोध गर्न नसुहाउने टिप्पणी गरेका छन्। 

Muktinath Bank

२८औं माओवादी जनयुद्ध दिवसका अवसरमा गृहजिल्ला झापाको दमकमा आयोजित एक कार्यक्रममा सोमबार उनले माओवादीकै नेतृत्वमा राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथा समाजका सबै वर्ग, जाति, लिंग र क्षेत्रको अधिकार ग्यारेन्टी हुने गरी संविधानसभाबाट संविधान जारी भएको स्थापित इतिहास अबको सयौं वर्षसम्म पनि कसैले मेटाउन नसक्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादीले बलिदानबाट ल्याएको व्यवस्थामा हालीमुहाली गर्ने कांग्रेस र एमालेजस्ता दलले १ फागुनमा सार्वजनिक बिदा दिइएको विषयमा आपत्ति जनाउनु आश्चर्य भएको उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

माओवादीले लगाइदिएको बाली उठाएर त्यसको फल खाइरहेकाहरूले माओवादी जनयुद्धबारे जनतामा भ्रम फैलाउन खोजेको बताए ।

Vianet communication

३२ सिट ल्याएर पनि सरकारको नेतृत्व गर्न सफल आफ्ना अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएका कारण देशभर तथा रोजगारीका सिलसिलामा विदेशमा रहेका माओवादी कार्यकर्ता र समर्थकको मनोबल ह्वात्तै बढेको दाबी उनको थियो ।

मोहन वैद्य, डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्दसहित विभिन्न समूहमा विभक्त माओवादी समूहहरू एकै ठाउँमा उभिने वातावरण बनेको भन्दै बलियो माओवादी केन्द्र निर्माणको प्रक्रिया अघि बढेको उल्लेख गरे ।

विविध कारण औंल्याएर पार्टी विभाजन गरेर गएकाहरू र आफूहरूसमेत माओवादी विभाजनका कारण राजनीतिक परिवर्तनका एजेण्डा र देशै कमजोर हुनु पुगेको साझा निस्कर्षमा पुगेकाले सबै एकढिक्का हुने वातावरण निर्माण भएको तामाङले बताए ।

जनताको जीवनमा परिवर्तन ल्याउन तथा मुलुकको विकास र समृद्धिका लागि माओवादी समूहहरू एक हुनुको विकल्प नरहेको उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x