×

NMB BANK
NIC ASIA

धौवादी फलाम कारखाना सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन ढकालको आग्रह

फागुन ३, २०७९

NTC
Premier Steels

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धौवादी फलाम खानीबाट व्यवसायिक रुपमा फलाम उत्पादनको सम्भावना भएपनि लामो समयदेखि काम अघि बढ्न नसकेको बताउँदै यसको जिम्मा निजीक्षेत्रलाई दिन आग्रह गरेका छन्।

Muktinath Bank

 बुधबारदेखि नवलपुरमा सुरुभएको सातौ नवलपुर महोत्सव २०७९ लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले भने, "लामो समयसम्म यस फलाम खानीबाट व्यवसायिक रुपमा उत्पादन हुन सकेन । अब बिलम्ब नगरी यसको सञ्चालनको जिम्मा लिई क्षेत्रलाई दिइयोस् । यसलाई सञ्चालन गर्न हामी तयार छौ । हामीले स्थानीय व्यवसायीसँग सहकार्य गरेर वा वैदेशिक लगानी भित्र्याएर यसलाई सञ्चालनमा ल्याउँछौं ।"


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सरकारले हरेक बजेट तथा कार्यक्रममा यो कारखाना संचालनका कार्यक्रमहरु राख्ने गरेको तर कार्यान्वयन हुन नसकेको कुरालाई औंल्याउँदै निजी क्षेत्रलाई जिम्मा दिन सकेमा तत्काल संचालनमा लैजान सकिने विश्वास समेत व्यक्त गरे।


Advertisment
Nabil box
Kumari

वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका केही सुचकहरु सकारात्मक हुँदै गएको बताउँदै छिट्टै अर्थतन्त्रमा सुधार आउने समेत विश्वास व्यक्त गरे।
“कोभिडको कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै अर्थतन्त्रमा समस्या देखिएको थियो । धेरै उद्योग व्यवसाय बन्द भएका थिए । हामी कहाँ विदेशबाट रेमिट्यान्स भित्रिनेक्रम पनि कम भयो । आयातमा धेरै पैसा बाहिरियो र यसले गर्दा बैंकमा लगानी योग्य पुँजीको अभाव भयो । तर, अहिले विस्तारै सबै कुरा सकारात्मक हुँदै छन् । यसले के भन्न सकिन्छ भने अबको केही समयभित्र अर्थतन्त्रमा सुधार आउछ । अर्थतन्त्र सहज बाटोबाट अगाडि बढ्छ” उनले भने ।

Vianet communication

नवलपुर जिल्ला कृषि, पर्यटन र औद्योगिक गतिविधिका लागि महत्वपूर्ण रहेको बताउँदै आफू यस क्षेत्रको विकास र समुन्नतिका लागि यहाँका स्थानीय व्यवसायीहरुसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।
“यो जिल्ला भारतसँग सिमाना जोडिएको र धेरै क्षेत्रमा सम्भावना भएको क्षेत्र हो । आउनुस्, तपाई हामी व्यावसायिक गतिविधिमा सहकार्य गरेर अगाडि बढौ । यहाँका व्यवसायी साथीहरुले कुनै प्रस्ताव ल्याउनुभयो भने त्यसमा म व्यक्तिगतरुपमा सहकार्य गर्न तयार छु,” उनले भने ।

आफू एउटा बैंकर भएको नाताले हरेक ठाउँमा जाँदा व्यवसायीहरुले बैंकसँग सम्बन्धित प्रश्नहरु उठाउने गरेको बताउँदै उहाँले निक्षेपको व्याजदर बढ्दा कर्जाको व्याजदर पनि स्वतः बढेको बताए । 
“कोभिड महामारीका कारण विश्व अर्थतन्त्र मै समस्या देखिएको छ । बैंकिङ्ग क्षेत्रमा लामो समयदेखि लगानी योग्य पुँजीको अभाव रह्यो । दुई तीन प्रतिशतको हाराहारीमा रहेको निक्षेपको व्याजदर ८/१० प्रतिशतमा पुगेको छ । यसले नै बैंकको लागत बढाई कर्जाको व्याज बढाएको हो । तर यसमा पनि क्रमश सुधार हुँदैछ । महासंघको तर्फबाट हामीले गरेको निरन्तर पैरवीका कारण नियामक निकायबाट केही विषयहरु सम्बोधन भएका छन्,” उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x