×

NMB BANK
NIC ASIA

जजिराले फागुन २५ बाट फेरि भैरहवामा उडान गर्दै

फागुन ७, २०७९

NTC
Premier Steels

दुई महिनादेखि रोकिएको गौतमबुद्ध विमानस्थलको अन्तर्राष्ट्रिय उडान फेरि शुरू हुने भएको छ ।

Muktinath Bank

सात महिना कुवेत–भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले खराब मौसमको कारण देखाउँदै पुस ६ गतेबाट बन्द थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी मार्च ९ गते (फागुन २५) देखि जजिराले पुनः उडान शुरू गर्ने विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । त्यसका लागि टिकट बुकिङसमेत भइसकेको झाको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न शुरू गरे पनि सात महिनापछि रोकेको थियो । उडान रोकेपछि भैरहवामा रहेका निजी क्षेत्रका संघसंस्था, पर्यटन व्यवसायी लगायतले पुनः उडान शुरू गर्न माग गर्दै आएका थिए ।

Vianet communication

विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले मार्चदेखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नियमित उडान गर्न सक्ने बताए ।

हाल हुस्सुका कारण अन्तर्राष्ट्रिय उडान नभए पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि भारतको अनुमति पहिलो विषय बनेको छ । केही दिनअघि भारतीय विदेश सचिव विनय क्वात्रा २ दिने नेपाल भ्रमणमा आएको अवस्थामा पनि नयाँ हवाई रुट र भारतीय अनुमतिको विषयले प्राथमिकता पाउन सकेन ।

भारतीय नागरिकलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकेट दिने व्यवस्था नभएको र इन्स्टुमेन्ट ल्याण्डिङ सिस्टम सञ्चालनमा ल्याउन पनि भारतबाट सहमति लिनुपर्ने हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित बनेका हुन् ।

विमानस्थल लक्षित गरेर यहाँ धेरै पर्यटन क्षेत्रमा लगानी भएको छ । विमानस्थलबाट उडान बन्द हुँदा व्यवसायीहरू अहिले निराश छन् । त्रिभुवन  विमानस्थलजतिकै गौतमबुद्ध विमानस्थललाई पनि चलायमान बनाउनुपर्ने यहाँको निजी क्षेत्रको माग छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x