×

NMB BANK
NIC ASIA

महन्थलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव लिएर लोसपाका नेताले भेटे प्रचण्ड

फागुन ९, २०७९

NTC
Premier Steels

राष्ट्रपतिमा राष्ट्रिय सहमतिसहित राष्ट्रपतिको उम्मेदवार महन्थ ठाकुर पनि हुन सक्ने भन्दै सहयोगका लागि लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले विभिन्न राजनीतिक दलहरूसँग छलफल थालेका छन्।

Muktinath Bank

मंगलबार लोसपाका शीर्ष नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटेर राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवारका रूपमा ठाकुरलाई सार्न सहयोग मागेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिका लागि सहमतिको उम्मेदवारको रूपमा लोसपा अध्यक्ष ठाकुर पनि उपयुक्त पात्र हुने भन्ने विकल्प सुझाइएको भेटवार्तामा सहभागी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए।


Advertisment
Nabil box
Kumari

'प्रधानमन्त्रीले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्ने भनेर सार्नु भएको विचारलाई हाम्रो पार्टीले पनि सकारात्मक रूपमा लिएको छ,' महतोले लोकान्तरसँग भने,'सोही क्रममा त्यसका लागि उपयुक्त पात्र ठाकुरजी पनि रहेको भन्दै हामीले उहाँको ध्यानकार्षण गराएका थियौं।'

Vianet communication

जवाफमा प्रधानमन्त्रीले पनि सकारात्मक रूपमा लिएको उनले बताए।'तपाईं त पहिले देखि नै राष्ट्रिय सहमतिको लागि उपयुक्त पात्र हुनुहुन्छ,' प्रधानमन्त्री प्रचण्डको जवाफ उद्धृत गर्दै महतोले भने,'उहाँको नाम र प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै पनि स्थापित भएकाले उहाँ पनि एक उपयुक्त पात्र हो।'

अहिले नेकपा एमाले र नेपाली कांग्रेससहित विभिन्न दलहरूसँग राष्ट्रिय सहमतिका लागि छलफल थाले पनि पात्र भने नतोकिएको प्रधानमन्त्री प्रचण्डले लोसपाका नेताहरूलाई जानकारी गराएका थिए। 'तपाईंहरू पनि अन्य दलहरूसँग छलफल गर्नुहोस्, म त्यसमा सकारात्मक नै छु भनेर प्रधानमन्त्रीज्युले हामीलाई भन्नुभयो,' महतोले भने।

लोसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेताद्वय महतो, शरतसिंह भण्डारी, अनिल झासहित नेताहरूले मंगलवार प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए।

महतोले दिएको जानकारीअनुसार लोसपाका नेताहरूले ठाकुरलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउन मंगलवार साँझ ७ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने छन्। त्यसै गरी भोलि बुधवार बिहान ९ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने उनले बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x