×

NMB BANK
NIC ASIA

बदलिँदो भूराजनीति

अमेरिकासामु कडा चुनौती– चीन र रुस दुई मोर्चामा एकैपटक प्रतिस्पर्धा

फागुन १०, २०७९

NTC
Sarbottam
Photo : Via CNN
Premier Steels
Marvel

राष्ट्रपति जो बाइडनले युक्रेन युद्ध एक वर्ष पुगेको अवसरमा त्यस देशको भ्रमण गर्दा अमेरिकामाथि आएको थप गम्भीर चुनौती उजागर भएको छ । आणविक हतियार भएका मुलुक रुस र चीनविरुद्ध अमेरिकी द्वन्द्वको नयाँ युग आरम्भ भएको संकेत बाइडन भ्रमणसँगै विकसित घटनाक्रमले दिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बाइडन सोमवार एयर रेड साइरनहरू बजिरहँदा नाटकीय रूपमा किएभको भ्रमणमा पुगेका थिए । त्यसको भोलिपल्ट पोल्यान्डको रानधानी वार्सामा उनले दमदार भाषण गर्दै रुसविरुद्ध युक्रेनको प्रतिकारलाई पश्चिमले गरिरहेको समर्थनलाई थप टेको दिए अनि राष्ट्रपति भ्लादिमिर पुटिनलाई सिधै आलोचना गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उता पुटिनले चाहिँ वार्षिक सम्बोधन कार्यक्रममा युक्रेन युद्धलाई पश्चिमविरुद्धको बृहत्तर अस्तित्वगत लडाइँका रूपमा प्रस्तुत गरे । युक्रेनलाई अमेरिकाले लामै समयसम्म साथ दिने भनी बाइडनले प्रतिज्ञा गर्दा पुटिनको सम्बोधनमा त्यो लामो समय कति लामो हुनेछ भन्ने कुरामा जोड दिइएको थियो । 


Advertisment
Nabil box
Kumari

वर्षौंसम्म युद्ध लम्बिइरहने सम्भावना यसबाट प्रकट भएको छ । यसले युक्रेनका पक्षमा पश्चिमी सरकार र जनताको प्रतिबद्धताको अग्निपरीक्षा लिनेछ । 

Vianet communication
Laxmi Bank

महाशक्ति प्रतिस्पर्धा चर्किंदै जाँदा चीनले आफ्नै रणनीतिक खेल खेल्न खोजेको देखिन्छ । उसले आफ्ना शीर्ष कूटनीतिकर्मी वाङ यीलाई उच्चस्तरीय वार्ताका लागि मस्को पठाएको छ भने यही बेलामा जासूसी बलूनका विषयमा चीन र अमेरिकाबीचको द्वन्द्व कायम छ । 

यस हप्तामा भएका यी घटनाक्रमले अमेरिकालाई बेइजिङ र मस्कोबाट भविष्यमा हुने राष्ट्रिय सुरक्षा जोखिम उस्तै हुनेछ भन्ने अर्थ निस्कँदैन । युक्रेन युद्धले रुसको कमजोरीलाई प्रायः उजागर गरेकै छ भने चीनको उदीयमान शक्तिले यस शताब्दीमा वाशिङटनलाई व्यस्त बनाइरहनेछ । 

यस हप्ता भएका घटनाक्रमले अमेरिकालाई बेइजिङ र मस्कोबाट भविष्यमा हुने राष्ट्रिय सुरक्षा जोखिम उस्तै हुनेछ भन्ने अर्थ निस्कँदैन । युक्रेन युद्धले रुसको कमजोरीलाई प्रायः उजागर गरेकै छ भने चीनको उदीयमान शक्तिले यस शताब्दीमा वाशिङटनलाई व्यस्त बनाइरहनेछ । 

अनि अमेरिकाका यी दुई प्रतिस्पर्धीहरूले अमेरिकाका विरुद्ध औपचारिक साझेदारी गरेका छैनन् । तर उनीहरूले सँगै मिलेर अमेरिकी स्वार्थ र शक्तिलाई क्षति पुर्‍याउने आफ्नो इच्छालाई अघि बढाउन सकिने सम्भावना देखेका छन् । 

अनि यस क्षणमा अमेरिकाले खराब हुँदै गएको परराष्ट्रनीति संकटको व्यवस्थापन गर्नुपर्ने भएको छ । विगतको शीतयुद्धको दुश्मन रुस र सी चिनपिङको नेतृत्वमा रहेको नयाँ महाशक्ति चीन दुवै अमेरिकाका चुनौतीका रूपमा रहेका छन् । यी दुवै प्रतिस्पर्धीहरूले अन्तर्राष्ट्रिय विधिको शासनलाई खुला चुनौती दिएका छन् । अनि दशकौंदेखि अन्तर्राष्ट्रिय प्रणालीलाई चलायमान बनाउने मूल्यमान्यतालाई अस्वीकार गरिरहेका छन् । 

बाइडनले राष्ट्रपति चुनाव लड्दै गर्दा लोकतन्त्र र निरंकुशतन्त्रबीचको विश्वव्यापी प्रतिस्पर्धा हुने बताउँथे र त्यो सैद्धान्तिक लाग्थ्यो । तर अहिले त्यो वास्तविक रहेको प्रमाणित भएको छ । 

परराष्ट्रनीतिको यो नयाँ तथा जटिल तस्वीर अमेरिकी कूटनीतिकर्मीहरूका लागि मात्र समस्या हैन । युक्रेनलाई हतियार दिएकाले अमेरिका र पश्चिमको हतियार भण्डार खाली हुँदै गएकाले सैन्य क्षमताका विषयमा प्रश्नहरू उठेका छन् । अनि अमेरिकाको अहिलेको रक्षा खर्च पर्याप्त छ कि छैन भनी प्रश्न पनि उठेको छ । 

आर्थिक तथा अन्य समस्या बेहोरिरहेका मतदातालाई बाइडनले बेवास्ता गरेको आरोप रिपब्लिकनहरूले लगाइरहेका छन् । बाइडन स्वयंचाहिँ सन् २०२४ को राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा डेमोक्रेटहरूलाई कामकाजी अमेरिकीहरूको संरक्षकका रूपमा प्रस्तुत गर्न खोज्दैछन् । 

पुटिन र बाइडन आमनेसामने

राष्ट्रपतीय प्रस्तुतिको सवालमा बाइडनले पुटिनलाई यो हप्ता छायाँमा पारे । उनी साहसका साथ रातिको ट्रेन चढेर किएभ पुगे अनि पोल्यान्डको राजधानीमा सम्बोधन गरे । नेटोको अग्रमोर्चामा रहेकाले उनले पोल्यान्डको चयन गरेका हुन् । 

रुसी संसदमा पुटिनको सम्बोधन साधारण किसिमको थियो । त्यसमा उनले पूर्वानुमान गर्न सकिने आणविक धम्की तथा पश्चिमविरुद्धका षड्यन्त्र सिद्धान्तलाई समावेश गरेका थिए । 

बाइडनले सम्बोधनका क्रममा पुटिनसँग सिधै कुराकानी गरेजस्तो छनक दिएका थिए । रुसी, युरोपेली र अमेरिकीहरूका सामु पुटिनको वास्तविकता उजागर गर्ने उनको उद्देश्य देखिन्थ्यो । युक्रेनमाथि आक्रमणको एक वर्षमा भएका विनाशकारी भूल तथा अमानवीयताका लागि जिम्मेवार तानाशाहका रूपमा उनले पुटिनलाई प्रस्तुत गरेका थिए । 

यस युद्धका कारण किएभ पश्चिमसँग थप निकट बनेको र नेटो झनै बलियो बनेको भनी उनले युद्धको रणनीतिक परिणामको चर्चा गरेका थिए । पुटिनले जुन लक्ष्यका साथ युद्ध शुरू गरेका थिए, यी घटना त्यसको ठीक विपरीत परिणाम हुन् । 

केजीबीका पूर्व कर्नेल पुटिनलाई व्यंग्य गर्दै बाइडनले उनको आक्रामकताका कारण कुनै समयमा सोभियत संघको प्रभुत्वमा रहेको स्क्यान्डिनेभियन राज्य अहिले पश्चिमी गठबन्धनमा जोडिन इच्छुक रहेको बताए । बाइडनले भने, ‘उनले नेटोको फिनल्यान्डीकरण हुने ठानेका थिए । त्यसको साटो उनले फिनल्यान्ड (तथा स्विडेन) को नेटोकरण पो हुन गयो ।’

त्यसपछि बाइडनले प्रतिज्ञा गरे, ‘भूमि र शक्तिका लागि राष्ट्रपति पुटिनले देखाएको लालसा विफल हुनेछ अनि आफ्नो मुलुकलाई माया गर्ने युक्रेनीहरू हावी हुनेछन् । युक्रेनमा कहिले पनि रुसको विजय हुने छैन ।’

अन्तिममा त्यही हुन सक्छ । तर पुटिनले आफ्नो सम्बोधनमा युद्ध तत्कालै नटुंगिने सम्भावना रहेको स्पष्ट पारे । देशको अस्तित्वका लागि यो द्वन्द्व महत्त्वपूर्ण रहेको र यो रुसमाथि आक्रमण गर्ने पश्चिमको प्रयास भएको पनि उनले रुसीहरूलाई बताए । यसो भनेर उनले महिनौंसम्म चल्ने थप रक्तपातको सम्भावना देखाए अनि रुसको विजय नभएमा पनि उसलाई पछि हट्नका लागि बहाना दिने सम्भावनाको ढोका थप साँघुरो बनाए । 

‘म दोहोर्‍याउन चाहन्छु, युद्ध शुरू गर्ने उनीहरू नै हुन्,’ पुटिनले बताए । ‘र हामीले यसलाई रोक्न बल प्रयोग गर्‍यौं र गरिरहनेछौं ।’

पश्चिमाहरूका लागि पुटिन एक वैकल्पिक संसारमा बसिरहेको प्रतीत हुन्छ । अनि बाइडनले पुटिनको पश्चिमी साम्राज्यवादको दाबीलाई खण्डन गर्दै भने, ‘म एकपटक पुनः रुसी जनतालाई सम्बोधन गर्छु । अमेरिका तथा युरोपेली मुलुकहरू रुसलाई नियन्त्रण वा नष्ट गर्न चाहँदैनन् । पुटिनले आज भने जस्तो गरी रुसमाथि आक्रमण गर्ने षड्यन्त्र पश्चिमले रचेको थिएन ।’

तर पुटिनको षड्यन्त्रमूलक दाबी तथा उनलाई अपदस्थ गर्नका लागि पश्चिमले लामो अभियान चलाइरहेको आभासलाई खारेज गर्नु भूल हुनेछ । युद्धमा परम्परागत हतियारको उपयोगमार्फत रुसले विजय पाउने कुरा सम्भव नहोला तर पुटिन लामो समयसम्म चल्ने कठिन युद्धका लागि तयार देखिन्छन् । यस युद्धले थप युक्रेनी शहरलाई ध्वस्त पार्नेछ, थप युक्रेनीको ज्यान लिनेछ, पश्चिमी सरकारहरूलाई अर्बौं डलर खर्च गराउनेछ अनि अमेरिका र युरोपका नेतालाई पछि हट्नका लागि क्रमशः दबाब बढाउनेछ । 

अमेरिकामा कन्जर्भेटिभहरूले युद्धमा बाइडनको संलग्नताको विरोध बढाउन थालेको स्थितिलाई पुटिनले हेरिरहेका हुन सक्छन् । उदाहरणका लागि, सोमवार फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले किएभमा युक्रेनीहरूसँग बाइडन उभिइरहेको बेलामै एउटा संकेत दिए । उनी राष्ट्रपति बनेमा युक्रेनको भविष्य उनका लागि प्राथमिकताको विषय हुने छैन भनी उनले संकेत दिए । 

‘रुसले नेटो सदस्यहरूमाथि आक्रमण गर्ने अनि सजिलै विजय पाउने डर थियो तर त्यसको छेउछाउमा पनि ऊ पुग्न सकेको छैन,’ डिसान्टिसले फक्स टीभीलाई बताए । ‘उनीहरू तेस्रो दर्जाका सैन्य शक्ति भएको कुरा आफैं प्रमाणित गरिसकेका छन् ।’

डिसान्टिस र अन्य रिपब्लिकनहरूको टिप्पणी महत्त्वपूर्ण छ । सभामुख केभिन मककार्थीले किएभलाई ‘खाली चेक’ दिने कामका विरुद्ध चेतावनी दिएका छन् । यसबाट थाहा हुन्छ– बाइडनले अमेरिका किएभसँग लामो समयसम्म साथ रहन्छ भने पनि उनले त्यसको प्रत्याभूति गर्न सक्दैनन् । सन् २०२४ को राष्ट्रपति निर्वाचन अमेरिकासँगै युक्रेनका लागि पनि महत्त्वपूर्ण छ । 

रुस र अमेरिकाबीच सम्पर्क विच्छेद

अमेरिका र रुसबीचको दूरी कायम रहने सम्भावना विश्व राजनीतिलाई वर्षौंसम्म आकार दिने घटना हो । यस सम्भावनालाई बाइडनको युरोप भ्रमणले प्रमाणित गरेको छ । 

उदाहरणका लागि, पुटिनले मंगलवार अमेरिकासँगको न्यु स्टार्ट आणविक सन्धिमा रुसको सहभागितालाई निलम्बन गरिएको घोषणा गरे । मस्कोले यस सम्झौतालाई पूर्णरूपमा कार्यान्वयन गर्न छाडिसकेको अवस्थामा यस घोषणाको कस्तो व्यावहारिक असर पर्छ भन्ने कुरा स्पष्ट छैन । 

रुसको अर्थतन्त्रले संघर्ष गरिरहेको छ अनि उसको परम्परागत सैन्यशक्ति चरम दबाबमा छ । यस्तो अवस्थामा वाशिङटनसँग नयाँ आणविक हतियारको दौड शुरू गर्ने स्रोतसाधन उससित छैन । तर शीतयुद्धपछि रुस र अमेरिकाबीचको शान्तिको एक प्रतीकका रूपमा रहेको यो सन्धि पनि भत्किने स्थितिमा पुग्नुले यी दुई प्रतिस्पर्धीबीच संवादको नितान्त अभाव रहेको स्पष्ट पारेको छ । 

बाइडन प्रशासनले गत साता रुसबाट मानवताविरुद्धको अपराध भएको आरोप लगायो । युक्रेन युद्ध अन्त्य भएपछि पनि वाशिङटन र मस्कोबीचको सम्बन्ध सामान्य अवस्थामा नफर्किने कुरा यसबाट पक्का भएको छ । 

शीर्ष दुई आणविक शक्तिहरूले कुराकानी नगर्नु आफैंमा डरलाग्दो हो । त्यसैले मंगलवार अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले जस्तो परिस्थिति विकसित भइरहेको भए पनि वाशिङटन रुससँग आणविक स्थितिका विषयमा कुरा गर्न इच्छुक रहेको बताए । 

वाशिङटनको चेतावनीलाई चीनको बेवास्ता

युक्रेनमा रुसको सामना गरिरहेको भए पनि अमेरिकाले चीनसँगको पछिल्लो संकटलाई मत्थर बनाउन खोजेको छ । अमेरिकी आकाशमा चीनको जासूसी भनिएको बलून आएर त्यसलाई खसाइएपछि दुई देशबीच तनाव बढेको हो । वाङ मस्को जान लाग्दा अमेरिकाले रुसलाई युक्रेन युद्धमा उपयोग हुन सक्ने हतियार उपलब्ध नगर्न चीनलाई चेतावनी दिँदा चीन र रुससँग अमेरिकी प्रतिस्पर्धाको सम्पर्क सूत्र फेला परेको जस्तो देखिएको थियो । 

बाइडन प्रशासनले गत साता रुसबाट मानवताविरुद्धको अपराध भएको आरोप लगायो । युक्रेन युद्ध अन्त्य भएपछि पनि वाशिङटन र मस्कोबीचको सम्बन्ध सामान्य अवस्थामा नफर्किने कुरा यसबाट पक्का भएको छ ।  शीर्ष दुई आणविक शक्तिहरूले कुराकानी नगर्नु आफैंमा डरलाग्दो हो । त्यसैले मंगलवार अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले जस्तो परिस्थिति विकसित भइरहेको भए पनि वाशिङटन रुससँग आणविक स्थितिका विषयमा कुरा गर्न इच्छुक रहेको बताए । 

रुसले पोहोर साल युक्रेनमाथि आक्रमण गर्नुअघि चीन र रुसले सीमारहित मित्रताको सहमति गरेका थिए । मस्को र बेइजिङको संयुक्त मोर्चा बन्ला भनी अमेरिकाले लामो समयदेखि मान्दै आएको डरलाई त्यसले थप बलियो बनाएको थियो । युक्रेनमा उच्च प्रविधिका हतियारको जत्था पठाइरहेको वाशिङटनले यस विषयमा चीनलाई लेक्चर दिने हैसियत नराख्ने भनी चीनको परराष्ट्र मन्त्रायले आक्रोशपूर्ण प्रतिक्रिया दिएको थियो । 

युक्रेन युद्धमा चीनले हतियार आपूर्तिको प्रयास गर्दैमा युद्धभूमिको रणनीतिक सन्तुलन परिवर्तन हुँदैन । तर अमेरिका–चीन प्रतिस्पर्धामा यो गम्भीर र शत्रुतापूर्ण नयाँ मोर्चा साबित हुनेछ । 

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा टमस–ग्रीनफील्डले यस्तो कदमबाट अमेरिकाको लक्ष्मणरेखा पार हुने चेतावनी सीएनएनको स्टेट अफ द युनियनमा दिइन् । तर यसबाट के परिणाम निस्कन्छ भनी उनले स्पष्ट पारिनन् । 

चीनले युक्रेन युद्धका सन्दर्भमा रुसलाई शाब्दिक सहयोग गरेको भए पनि चीनलाई घातक हतियार उपलब्ध गराएको कुनै सार्वजनिक प्रमाण छैन । अनि रुस र चीनले वाशिङटनविरुद्ध औपचारिक साझेदारी गर्ने सम्भावना पनि न्यून छ किनकि बेइजिङ र मस्कोबीचको शक्ति असन्तुलन चीनको पक्षमा रहेको छ । 

चीन आफैं पनि आर्थिक समस्यामा छ र उसले मस्कोलाई हतियार पठाउँदा निम्तिन सक्ने अमेरिकी प्रतिबन्धको जोखिम उठाउन नचाहला । तर युद्ध लम्बियोस् भन्नेमा बेइजिङको पनि रुचि हुन सक्छ किनकि त्यसो हुँदा एसियामा चीनको प्रभुत्व रोक्न बाइडनले गरिरहेको प्रयासबाट अमेरिकाका सैन्य स्रोतसाधनहरू विमुख भइरहनेछन् । 

युद्ध लम्बिइरहेमा अमेरिका र युरोपबीचको विभाजन पनि गहिरिनेछ र त्यसले चीनको परराष्ट्रनीति लक्ष्यलाई थप सफल बनाउनेछ । अनि त्यसले वाशिङटनमा थप राजनीतिक विमति बढाउनेछ । त्यसबाट विश्व मञ्चमा आफ्नो परराष्ट्रनीति लक्ष्य पूरा गर्ने बाइडनको सामर्थ्य कमजोर बन्नेछ । 

त्यसैले युक्रेन युद्धलाई अमेरिकासँगको प्रतिस्पर्धाको नजरबाट हेरिरहेको चीनलाई यो युद्ध छिट्टै टुंगियोस् भन्ने कुनै हतार छैन । 

बाइडनले सामना गर्नुपर्ने अर्को परराष्ट्रनीति समस्या यही हो । 

सीएनएनका स्टिफन कोलिन्सनले गरेको विश्लेषण लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x