×

NMB BANK
NIC ASIA

बागमती प्रदेशसभा : दुई वटा विधेयक छलफलका लागि प्रस्तुत

फागुन १०, २०७९

NTC
Premier Steels

बागमती प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुई वटा विधेयक छलफलका लागि प्रस्तुत गरेका छन् । ती विधेयकमा स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ रहेका छन् ।

Muktinath Bank

उक्त बैठकको शून्य समयमा सात जना प्रदेशसभाका सदस्यले जनजीविका र राष्ट्रिय सरोकारसँग सम्बन्धित समस्यालाई प्रदेश सरकारले पनि गम्भीरतापूर्वक ग्रहण गरेर कानुनी पक्षलाई सवल तुल्याउने कार्यमा सक्रियता बढाउनुपर्ने धारणा व्यक्त गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले शून्य समयलाई सदुपयोग गरी प्रदेशको विभिन्न सहरमा वित्तीय संस्था र सहकारीले सर्वसाधारणसँग बचत गर्ने भनेर असुल गर्ने र पछि ती रकम सम्बन्धित व्यक्तिलाई फिर्ता नगर्ने समस्याले सयौँ सर्वसाधारणको घरबारविहीन हुनु पुगेकोमा प्रदेश सरकारले ती व्यक्तिलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आग्रह गरे।


Advertisment
Nabil box
Kumari

काठमाडौँ उपत्यकालगायत प्रदेशका विभिन्न स्थानमा रहेको सडक भत्किएर खल्टाखुल्टी, कात्रोपत्रे उत्रने र सर्वसाधारणलाई यात्रा गर्न कठिनाइ हुनुका साथै जोखिम दुर्घटना बढ्ने भएकाले सरकारले समयमै त्यसतर्फ नियन्त्रण गर्ने प्रयास गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

Vianet communication

सभामा नेपाल मजदुर किसान पार्टीलाई बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्षको रुपमा घोषणा गर्न सरकारलाई माग गरिएको थियो । स्थानीय निकायमा सङ्घीय सरकारको तर्फबाट निजामती कर्मचारी सरुवा भई जाने र त्यहाँ नियमितरुपमा कार्यरत रहने अवस्था हुँदाहुँदै विभिन्न कारण तुरुन्त सरुवा गरिँदा सम्बन्धित नगरपालिका र गाउँपालिकाको नागरिकलाई सेवा दिन वञ्चित भएकोमा सङ्घीय सरकारलाई प्रदेश सरकारले समन्वय गरेर सेवा प्रवाहलाई चुस्त पार्न सल्लाह दिइएको थियो ।

उनीहरूले प्रदेशको राजधानी हेटौँडालगायत विभिन्न सहरमा स्वच्छ पिउने पानी उपलब्ध गराउन र बेरोजगार युवा समुदायलाई सीपमूलक तालिममार्फत रोजगारीमा लगाउन प्रदेश सरकारले गृहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
शून्य समयमा बोल्ने सदस्यमा क्रमशः मधुकुमार श्रेष्ठ, रामा आलेमगर, राजेन्द्र चित्रकार, वसन्तप्रसाद मानन्धर, सुरेन्द्रराज गोरसाईँ, रामकृष्ण प्रजापति र सृजना सैजु छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x