×

NMB BANK
NIC ASIA

भित्रिने-बाहिरिने दुवै बढे

पर्यटकको संख्यामा वृद्धि : ३ महिनामा डेढ लाख नेपाल आए, ४ लाख नेपाली बाहिरिए

फागुन १४, २०७९

NTC
Premier Steels

तीन महिनामा सवा ४ लाख नेपाली बाहिरिएका छन् ।

Muktinath Bank

अध्यागमनको तथ्यांकअनुसार यो आर्थिक वर्षको कात्तिक, मंसिर र पुस महिनामा मात्रै वैदेशिक रोजगारी, विद्यार्थी, पर्यटक लगायतका भिसामा नेपालबाट ४ लाख १४ हजार ९२८ जना नेपालीहरू बाहिरिएका हुन् । यही अवधिमा २ लाख ८४ हजार ६२१ जना नेपाल आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यागमन विभागको ३ महिनाको प्रगति प्रतिवेदनअनुसार सो ३ महिनामा अमेरिकन नागरिकहरू २६ हजार ७३७ जना नेपाल आएका छन् । नेपाल बसेर २१ हजार १६५ जना फर्केका छन् । यस्तै बेलायतबाट १६ हजार ३३७ जना आएका छन् । भियतनामबाट ४ हजार ७३२, संयुक्त अरब इमिरेट्सबाट ९३९ जना, अस्ट्रेलियाबाट ११ हजार २१८ जना, अष्ट्रियाबाट १ हजार २४३ जना, बंगलादेशबाट ७ हजार ७६६ जना, बेल्जियमबाट १ हजार ७१० जना, भुटानबाट १ हजार ५९४ जना, ब्राजिलबाट ७६० जना, क्यानडाबाट ३ हजार ८७९ जना, चीनबाट ३ हजार ५९० जना नेपाल आएका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै चेक रिपब्लिकबाट १ हजार ५१३ जना, जर्मनीबाट ८ हजार २५२ जना, भारतबाट ५८ हजार ३३५ जना, इरानबाट ३३३ जना, इराकबाट २० जना, आयरल्यान्डबाट ८४० जना, इजरायलबाट २ हजार ४९२ जना, इटालीबाट ३ हजार ३९ जना, मलेसियाबाट ४ हजार ४७९ जना, म्यानमारबाट २ हजार ३२० जना, नेदरल्यान्डबाट ३ हजार ५७३ जना, पाकिस्तानबाट १ हजार ६५ जना, फिलिपिन्सबाट १ हजार ४३९ जना, पोल्यान्डबाट १ हजार ८०८ जना, रसियाबाट ३ हजार ४२ जना, सिंगापुरबाट २ हजार ४२५ जना, साउथ कोरियाबाट ४ हजार ५१२ जना, स्पेनबाट ३ हजार ५६३ जना, श्रीलंकाबाट २ हजार ३२५ जना, थाइल्यान्डबाट ७ हजार ८३ जना, टर्कीबाट १ हजार १६ जना विदेशीहरू नेपाल आएका छन् । विश्वभरका १९६ देशबाट २ लाख २५ हजार ८६५ जना विदेशीहरू नेपाल आएका छन् । नेपालबाट २ लाख २ हजार ६२८ विदेशीहरू फर्केका छन् । 

Vianet communication

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै विदेशी पर्यटक नेपालमा घुम्न आउनेक्रम ठप्पजस्तै भएको थियो । यसको प्रभाव घटेसँगै विमानस्थलबाट आउने पर्यटकको संख्यामा वृद्धि भएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ । 

यो अवधिमा १ लाख ३८ हजार ६२६ जना विदेशीहरू पर्यटक भिसामा आएका छन् । त्यसबाहेक व्यावसायिक, डिपेन्डेन्ट व्यावसायिक र अस्थायी व्यावसायिक भिसामा ७८४ जना, ट्रान्जिट भिसामा ३७२ जना, वैवाहिक भिसामा ३२४ जना, विद्यार्थी भिसामा २१० जना, आवासीय भिसामा ४ जना, एनआरएन भिसामा ६८१ जना, रिलेसन भिसामा १ हजार ६७१ जना, ३९० जना, कूटनीतिक भिसामा २७० जना, अफिसियल भिसामा ४२८ जना लगायतमा नेपालमा आएको अध्यागमनको तथ्यांक छ ।

कोरोना कालपछि सन् २०१९ को तुलनामा सन् २०२२/०२३ मा ७५ देखि ८० प्रतिशत बढेको पर्यटन बोर्डका सहप्रवक्ता मनिराज लामिछानेले बताए । 

‘पछिल्लो समयमा पर्यटकको संख्या उत्साहजनक वृद्धि भएको छ,’ सहप्रवक्ता लामिछानेले लोकान्तरसँग भने ।

उनका अनुसार मार्च महिनामा पर्यटकहरू धेरै आएका छन् । नेपालमा सेमिनार गर्ने पर्यटकहरूको संख्या पनि वृद्धि भएकाले अधिकांश ठूला होटलहरू बूक भएको उनको दाबी छ ।​

हेर्नुहोस्, तथ्यांक :

nullnull

हेर्नुहोस्, थप तथ्यांक :

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x