×

NMB BANK
NIC ASIA

संसदमा को प्रमुख प्रतिपक्षी ? कांग्रेस एमालेको आआफ्नै दाबी

फागुन १७, २०७९

NTC
Premier Steels

संसदका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षी दल आफू दाबी गरेका छन् । 

Muktinath Bank

प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदको पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा (एमाले) ले विश्वासको मत दिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारलाई विश्वासको मत दिए पनि आफू सरकारमा सहभागी नभएको भन्दै नेपाली कांग्रेस प्रतिपक्षी बेन्चमा बस्दै आएको थियो ।


Advertisment
Nabil box
Kumari

राष्ट्रपतिको उम्मेदवारको विषयमा तत्कालीन सत्तारुढ गठबन्धन विभाजित भएपछि गत सोमवार नेकपा एमालेले सरकार छोडेको थियो भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

Vianet communication

यससँगै एमालेले आफूहरू प्रमुख प्रतिपक्ष भएको दाबी गरेको छ ।

कुन–कुन दल सत्तापक्ष र कुन–कुन दल प्रतिपक्ष हुन् भन्ने यकिन नभइसकेको अवस्थामा बुधवारका लागि तय भएको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गतेसम्मका लागि स्थगित भएको छ ।

कांग्रेस र एमाले भने आफूलाई प्रमुख प्रतिपक्षी भएको तर्क पेस गरिरहेका छन् ।

यसै सन्दर्भमा बुधवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस पार्टी प्रमुख प्रतिपक्षी दल भएको बताए।

उनले प्रमुख प्रतिपक्ष दलको नेता शेरबहादुर देउवा रहेको पनि उल्लेख गरे।

कांग्रेस सरकारमा नजाँदासम्म संसदको प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहने उनको भनाइ छ । एमाले पनि सरकारमा नरहेको अवस्था भएमा संख्यात्मक हिसाबले कांग्रेस अगाडि रहेकाले कांग्रेस नै प्रमुख प्रतिपक्षी दल हुने उनले बताए। 

उहाँले भन्नुभयो – ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस हो । प्रमुख प्रतिपक्षी दलको अथवा विपक्षी दलको नेता माननीय शेरबहादुर देउवाजी हुनुहुन्छ । यसमा कुनै आशंका, यसमा कुनै दुविधा हुनुपर्ने कुनै कुरा छैन । कुनै ठाउँ छैन । हामी सरकारमा नजाँदासम्म, हामी भोलिका दिनमा सरकारमा जाउँला, सत्ता पक्ष बनुँला, त्यो बेग्लै पाटो भो । त्यो भविष्यमा होला । तर हामी सरकारमा नजाँदासम्म हामी प्रतिनिधि सभामा विपक्षी दल हो ।'

उनले शेरबहादुर देउवा विपक्षी दलको नेता भएका बताए। 

त्यस्तै न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा एमाले सचिव तथा सांसद छविलाल विश्वकर्माले एमाले सरकारमा नरहेको र समर्थन पनि नगरेकाले प्रमुख प्रतिपक्षी भएको बताए।

उनले आफूहरूले औपचारिक रुपमै प्रमुख प्रतिपक्षी भएको दाबी गरिसकेको स्पष्ट पारे। यद्यपि को प्रमुख प्रतिपक्षी दल हो भन्ने कुरा निरुपण गर्ने काम संसद सचिवालयको भएको उनले बताए। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x