×

NMB BANK
NIC ASIA

प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएपछि माओवादी केन्द्र लुम्बिनीले निकाल्यो विज्ञप्ति

फागुन २२, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएपछि प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

Muktinath Bank

सर्वाेच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त ईजलासले रिट दर्ता गर्न आदेश दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको माओवादीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले मुलुकको स्थायी शान्ति र अग्रगमनका लागि विगतका १२ बुँदे पक्षधर सम्पूर्ण गणतन्त्रवादी राजनीतिक दल, नागरिक समाज र न्यायप्रेमी जनसमुदायलाई यस्ता शान्ति र संविधान विरोधी गतिविधिप्रति सचेत रहन र आवश्यकता अनुसार प्रतिवाद गर्न अपिल गरेको छ ।


Advertisment
Nabil box
Kumari

समितिका अध्यक्ष सुदर्शन बरालले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता लगायतका उपलब्धिको जग १० वर्षे महान जनयुद्ध र २०६२/६३ को जनआन्दोलन हो भन्ने कुरा सर्वविदितै छ । तत्कालीन नेकपा माओवादी र ७ राजनीतिक दलका बीचमा बृहत् शान्ति सम्झौता सम्पन्न भई मुलुक उक्त प्रक्रियामा प्रवेश गरेको र विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान २०६३ को अभिन्न अंग बनिसकेको कुरा पनि स्पष्ट नै छ । द्वन्द्वकालीन अवस्थामा भएका घटनाहरूको छानबिन र निरुपणका लागि नेपालको संविधान बमोजिम सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग गठन भई काम कारवाही अगाडि बढेको कुरा पनि सार्वजनिक नै छ । यसका बाबजुद हालैको सर्वाेच्चको उक्त आदेशले हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको कुनै फरक प्रसंगमा दिइएको राजनीतिक अभिव्यक्तिलाई आधार बनाउँदै गलत उद्देश्यका साथ सम्मानित सर्वाेच्च अदालत दुरुपयोग हुने त हैन भन्ने आशंका जन्मेको छ ।’

Vianet communication

मुलुकमा शान्ति बहाल हुन नदिन, जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई नष्ट गर्न, यसको शुरूआतदेखि नै विभिन्न व्यक्ति र शक्ति केन्द्रहरू लागिपरेको जनाउँदै पार्टीले मुलुकलाई पुनः द्वन्द्वमा फसाएर आफ्नो आपराधिक स्वार्थको खेती गरिरहेका तत्वसँग सर्वाेच्च अदालत सचेत नै छ भन्नेमा विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x